काठमाडौं— राजधानीका मुख्य सडकमार्ग, पुरातात्विक तथा संवेदनशील स्थल र अति महत्वपूर्ण व्यक्तिका आवास क्षेत्रमा सुरक्षा निगरानी बढाउन 'क्लोज सर्किट टेलिभिजन' (सिसिटिभी) जडान गरिँदैछ। सरकारले यही मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनको सुरक्षा तयारी क्रममा राजधानीलाई २४ घन्टै सिसिटिभीको निगरानीमा राख्न लागेको हो । यसका लागि २ सय ३ वटा आधुनिक प्रणालीका सिसिटिभी जडान भइरहेको छ।गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार सम्मेलनमा सहभागी हुन आउने विशिष्ट अतिथिले प्रयोग गर्ने मुख्य मार्ग, निवासस्थल र संवेदनशील स्थलमा सिसिटिभी जडान गरिँदैछ । सार्कको मुख्य कार्यक्रम हुने राष्ट्रिय सभागृह, सहभागी राष्ट्रका पाहुना बस्ने सोल्टी होटल र पाहुना आवागमन हुने सवारी मार्ग सिसिटिभीको सुरक्षा जालोभित्र पर्नेछन् ।
सिसिटिभी जडानका लागि अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ छुट्ट्याएको छ । गृहले जडानको जिम्मा नेपाल प्रहरीलाई दिएको छ । यसको सञ्चालनका लागि विद्युत अवरोध हटाउन सडक किनारमा राखिएको सोलार विद्युतसमेत प्रयोग गरिने एक अधिकारीले बताए ।
सिसिटिभीले खिच्ने दृश्य अनुगमनका लागि चीन सरकारको सहयोगमा महानगरीय प्रहरी आयुक्त कार्यालयमा आधुनिक प्रविधिसहितको अनुगमन कक्ष स्थापना भइसकेको छ । सबै क्यामराका दृश्य सोझै त्यही अनुगमन कक्षमा लिंक गरिनेछ । नेपाली सेनाले समेत उक्त लिंकमार्फत सुरक्षा अनुगमन गर्ने ढकालले जानकारी दिए ।
आयुक्त कार्यालयले यसअघि नै राजधानी भित्रिने नाकाको गतिविधि निगरानी गर्न नागढुंगा र दक्षिणकाली क्षेत्रमा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याइसकेको छ । उक्त क्षेत्रमा ८ वटा सिसिटिभी जडान गरिएका छन् । सहरभित्र जडान गरिन लागेका सिसिटिभी तीभन्दा अत्याधुनिक हुन् । यसलाई आवश्यकताअनुसार चारैतिर घुमाउन सकिन्छ । यसको क्षमता पनि उच्च छ ।
सिसिटिभीका अतिरिक्त सम्मेलनमा सहभागी हुने राष्ट्रप्रमुख र पाहुनाको सुरक्षाका लागि गृह मन्त्रालयले मोबाइल जामर, भेइकल स्क्यानर, वाकथु्रु गेट, आधुनिक सञ्चार सेट, डिजिटल परिचयपत्र लगायत आधुनिक प्रविधि प्रयोगमा ल्याउँदैछ । यसमध्ये धेरै नेपालका लागि नयाँ प्रविधि हुन् ।
ढकालका अनुसार कार्यक्रमस्थल, राष्ट्रप्रमुख बस्ने आवास र सवारीमार्गमा चारवटा मोबाइल जामर प्रयोग गरिनेछ । यसले दुई सय मिटर क्षेत्रभित्र रेडियो तरंग निस्क्रिय पार्नेछ, ताकि उक्त क्षेत्रमा कुनै पनि मोबाइल तरंगले काम नगरोस् । यसले विस्फोटक पदार्थ निस्क्रिय पार्न सहयोग पु¥याउनेछ । नेपालसँग यस्तो जामर एउटै छैन । यसअघि नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँगै मोबाइल जामर ल्याएका थिए । गृहले मोबाइल जामर किन्न मन्त्रिपरिषदमा प्रस्ताव पठाए पनि स्वीकृत भएको छैन ।
गृहका अधिकारीका अनुसार मोबाइल जामर किन्न दुईवटा मूल्यको प्रस्तावमाथि छलफल जारी छ । चीनमा निर्मित जामरको मूल्य प्रतिगोटा १ करोड २५ लाख र स्विट्जरल्यान्डमा बनेको जामरको मूल्य ७ करोड पर्ने देखिएको छ ।
गृहले भिभिआइपीको सुरक्षा प्रबन्ध चुस्त बनाउन सुरक्षाकर्मीका लागि ४ सय आधुनिक सञ्चार सेट खरिद गर्ने तयारीसमेत गरेको छ । चीन सरकारले केही समयअघि प्रहरीलाई डिजिटल ट्र्याकिङ प्रणाली जडान गरी आधुनिक सञ्चार सेट दिएको थियो । ४४ करोडको सहयोगमा आएको यो सञ्चारसेट उपत्यकामा एक वर्षअघि नै जडान भइसकेको छ । नयाँ माग गरिएको सञ्चार सेट त्योभन्दा आधुनिक रहेको प्रवक्ता ढकालले बताए ।
त्यस्तै, कार्यक्रमस्थल र निवास क्षेत्रमा भेइकल स्क्यानर र वाकथु्र गेटसमेत जडान हुनेछन्। कार्यक्रमस्थलमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न राष्ट्राध्यक्ष र कार्यक्रममा सहभागी हुन पाउने अधिकारीको प्रयोगका लागि बारकोडसहितको आधुनिक परिचयपत्र प्रयोग गरिने ढकालले जानकारी दिए।