सार्क सुरक्षा तयारी : चारैतिर आधुनिक सिसिटिभी
२० कार्तिक २०७१
•
७ मिनेट पाठ
सार्क सुरक्षा तयारी : चारैतिर आधुनिक सिसिटिभी
काठमाडौं- राजधानीका मुख्य सडकमार्ग, पुरातात्विक तथा संवेदनशील स्थल र अति महत्वपूर्ण व्यक्तिका आवास क्षेत्रमा सुरक्षा निगरानी बढाउन 'क्लोज सर्किट टेलिभिजन' (सिसिटिभी) जडान गरिँदैछ।
सरकारले यही मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनको सुरक्षा तयारी क्रममा राजधानीलाई २४ घन्टै सिसिटिभीको निगरानीमा राख्न लागेको हो। यसका लागि २ सय ३ वटा आधुनिक प्रणालीका सिसिटिभी जडान भइरहेको छ।गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार सम्मेलनमा सहभागी हुन आउने विशिष्ट अतिथिले प्रयोग गर्ने मुख्य मार्ग, निवासस्थल र संवेदनशील स्थलमा सिसिटिभी जडान गरिँदैछ। सार्कको मुख्य कार्यक्रम हुने राष्ट्रिय सभागृह, सहभागी राष्ट्रका पाहुना बस्ने सोल्टी होटल र पाहुना आवागमन हुने सवारी मार्ग सिसिटिभीको सुरक्षा जालोभित्र पर्नेछन्।
सिसिटिभी जडानका लागि अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ छुट्ट्याएको छ। गृहले जडानको जिम्मा नेपाल प्रहरीलाई दिएको छ। यसको सञ्चालनका लागि विद्युत अवरोध हटाउन सडक किनारमा राखिएको सोलार विद्युतसमेत प्रयोग गरिने एक अधिकारीले बताए।
सिसिटिभीले खिच्ने दृश्य अनुगमनका लागि चीन सरकारको सहयोगमा महानगरीय प्रहरी आयुक्त कार्यालयमा आधुनिक प्रविधिसहितको अनुगमन कक्ष स्थापना भइसकेको छ। सबै क्यामराका दृश्य सोझै त्यही अनुगमन कक्षमा लिंक गरिनेछ। नेपाली सेनाले समेत उक्त लिंकमार्फत सुरक्षा अनुगमन गर्ने ढकालले जानकारी दिए।
आयुक्त कार्यालयले यसअघि नै राजधानी भित्रिने नाकाको गतिविधि निगरानी गर्न नागढुंगा र दक्षिणकाली क्षेत्रमा सिसिटिभी जडान गरी सञ्चालनमा ल्याइसकेको छ। उक्त क्षेत्रमा ८ वटा सिसिटिभी जडान गरिएका छन्। सहरभित्र जडान गरिन लागेका सिसिटिभी तीभन्दा अत्याधुनिक हुन्। यसलाई आवश्यकताअनुसार चारैतिर घुमाउन सकिन्छ। यसको क्षमता पनि उच्च छ।
सिसिटिभीका अतिरिक्त सम्मेलनमा सहभागी हुने राष्ट्रप्रमुख र पाहुनाको सुरक्षाका लागि गृह मन्त्रालयले मोबाइल जामर, भेइकल स्क्यानर, वाकथु्रु गेट, आधुनिक सञ्चार सेट, डिजिटल परिचयपत्र लगायत आधुनिक प्रविधि प्रयोगमा ल्याउँदैछ। यसमध्ये धेरै नेपालका लागि नयाँ प्रविधि हुन्।
ढकालका अनुसार कार्यक्रमस्थल, राष्ट्रप्रमुख बस्ने आवास र सवारीमार्गमा चारवटा मोबाइल जामर प्रयोग गरिनेछ। यसले दुई सय मिटर क्षेत्रभित्र रेडियो तरंग निस्त्रि्कय पार्नेछ, ताकि उक्त क्षेत्रमा कुनै पनि मोबाइल तरंगले काम नगरोस्। यसले विस्फोटक पदार्थ निस्त्रि्कय पार्न सहयोग पुर्यायउनेछ। नेपालसँग यस्तो जामर एउटै छैन। यसअघि नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँगै मोबाइल जामर ल्याएका थिए। गृहले मोबाइल जामर किन्न मन्त्रिपरिषदमा प्रस्ताव पठाए पनि स्वीकृत भएको छैन। 
गृहका अधिकारीका अनुसार मोबाइल जामर किन्न दुईवटा मूल्यको प्रस्तावमाथि छलफल जारी छ। चीनमा निर्मित जामरको मूल्य प्रतिगोटा १ करोड २५ लाख र स्विट्जरल्यान्डमा बनेको जामरको मूल्य ७ करोड पर्ने देखिएको छ।
गृहले भिभिआइपीको सुरक्षा प्रबन्ध चुस्त बनाउन सुरक्षाकर्मीका लागि ४ सय आधुनिक सञ्चार सेट खरिद गर्ने तयारीसमेत गरेको छ। चीन सरकारले केही समयअघि प्रहरीलाई डिजिटल ट्र्याकिङ प्रणाली जडान गरी आधुनिक सञ्चार सेट दिएको थियो। ४४ करोडको सहयोगमा आएको यो सञ्चारसेट उपत्यकामा एक वर्षअघि नै जडान भइसकेको छ। नयाँ माग गरिएको सञ्चार सेट त्योभन्दा आधुनिक रहेको प्रवक्ता ढकालले बताए। 
त्यस्तै, कार्यक्रमस्थल र निवास क्षेत्रमा भेइकल स्क्यानर र वाकथु्र गेटसमेत जडान हुनेछन्। कार्यक्रमस्थलमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न राष्ट्राध्यक्ष र कार्यक्रममा सहभागी हुन पाउने अधिकारीको प्रयोगका लागि बारकोडसहितको आधुनिक परिचयपत्र प्रयोग गरिने ढकालले जानकारी दिए।




यातायात जोरबिजोर, बिदा छलफलमा
मुख्य कार्यक्रम दुई दिनको भए पनि उपत्यकाको सवारी आवागमन कात्तिक ९ देखि १२ गतेसम्म प्रभावित हुनेछ। उपत्यकामा ७ लाख सवारी साधन दर्ता छन्। सडकको सवारी चाप कम गर्न गृहले जोर–बिजोर प्रणाली अपनाउने तयारी गरेको छ।
सम्मेलन अवधिभर सरकारी बिदा दिने प्रस्ताव गरिए पनि निर्णय भइसकेको छैन। गृह प्रवक्ता ढकालका अनुसार सुरक्षा निकायले यसबारे विश्लेषण गरिरहेको छ। 
सार्कको सुरक्षा तयारीअनुसार कार्यक्रमस्थल प्रदर्शनी मार्गदेखि सोल्टीमोडको सडक आवागमन प्रभावित हुनेछ। भिभिआइपीको सवारीमा सडक खाली गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार एक घन्टाअघि सडक खाली गराएर सवारी चलाउने गृहको तयारी छ।
प्रभावित क्षेत्र कम गर्न अतिविशिष्ट र विशिष्ट अधिकारीलाई सकेसम्म एकै क्षेत्रको होटलमा राख्ने प्रयास भइरहेको छ। यसका लागि सोल्टी होटलसँगै प्लाटेनियम, दरबारमार्गको अन्नपूर्ण र यात एन्ड यतीको प्रस्ताव गरेको छ। यीबाहेक हायत होटलसमेत सूचीमा छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस