काठमाडौं- सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठनका विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच उत्पन्न विवाद मिलाउन केन्द्रदेखि जिल्ला तहसम्म एक उपाध्यक्ष पद थप्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुकुम्बासी समस्या समाधान आयोग गठन आदेशमा संशोधन गरी केन्द्रमा एक उपाध्यक्ष र एक सदस्य तथा जिल्लामा एक उपाध्यक्ष थप गर्ने व्यवस्था गरेको हो।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले आयोग गठन आदेशमा संशोधन गर्नेलगायतका सम्पूर्ण निर्णय सहमतिमा सर्वसम्मतले गरिएको जानकारी दिए। आयोग गठनका विषयमा केही समयअघि देखिएको विवाद मिलाउन केन्द्रीय तहमा एक उपाध्यक्ष र एक सदस्य तथा जिल्लामा एक उपाध्यक्ष थप्ने निर्णय भएको हो। एमालेले एकलौटी आयोग गठन गरेको भन्दै विवाद भएपछि उपाध्यक्ष कांग्रेसले पाउने गरी पद थपिएको हो।
बैठकले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा चिन्तन पौडेल, कोसी अञ्चल अस्पतालको अध्यक्षमा एकराज भट्टराई, सेती अञ्चल अस्पतालको अध्यक्षमा यज्ञराज पाण्डेय, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अध्यक्षमा खुम्बराज थानी र मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा श्रीधर शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै, नेपाल औषधि लिमिटेडको अध्यक्षमा बाबुराम हुमागाईं, नेपाल मेटल कम्पनीको अध्यक्षमा नेत्रराज पौडेल, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट लिमिटेडको अध्यक्षमा वसन्तराज कार्कीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।