काठमाडौं- सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन ऐन द्वन्द्वपीडितको भावना, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुन अनुरूप नभएको भन्दै द्वन्द्वपीडितका तर्फबाट दायर भएको निवेदनमा सर्वोच्चले अन्तिम सुनुवाइ सुरु गरेको छ।सुमन अधिकारी, मञ्जीमा ढकाल, सावित्री श्रेष्ठ लगायत २ सय ३४ जनाले ऐन त्रुटिपूर्ण रहेकाले केही दफा संशोधन हुनुपर्ने जिकिर गर्दै जेठ २० गते रिट दर्ता गराएका थिए। दुई महिनापछि द्वन्द्वपीडित राष्ट्रिय महासंघका तर्फबाट ज्ञानेन्द्र आरणलगायतले अर्को रिट दर्ता गराएका थिए।
गम्भीर अपराधमा क्षमादानलाई निषेध गर्नुपर्ने, क्षमादानको सिफारिस हुन सक्ने अपराधमा पनि पीडितको सहमति अनिवार्य लिनुपर्ने, गम्भीर प्रकृतिका अपराधमा मेलमिलाप हुन नसक्ने पीडितको सुसूचित सहमतिबिना मेलमिलाप हुन नसक्ने र आयोगद्वारा सीधै महान्यायाधिवक्तासमक्ष सिफारिस गर्ने व्यवस्था हुनुपर्ने जिकिर गर्दै उनीहरूले रिट दायर गरेका थिए।
निवेदनमा हाल जारी ऐनमा बेपत्ता तथा यातना जस्ता गम्भीर अपराधमा दण्डनीय व्यवस्था हुनुपर्ने लगायतका व्यवस्थालाई बेवास्ता गरिएको र अन्तर्राष्ट्रिय कानुन तथा सर्वोच्च अदालतको फैसला पालना नभएकाले संशोधन गर्न परमादेश जारी हुनुपर्ने माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल सरकार, कानुन तथा मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, सभामुख र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।
न्यायाधीश कल्याण श्रेष्ठ, वैद्यनाथ उपाध्याय र चोलेन्द्रशमर राणाको विशेष इजलासले बिहीबारको सुनुवाइपछिका पेसीमा निरन्तर सुनुवाइ गरेर किनारा गर्ने निर्णय सुनाएको थियो। बिहीबारको बहसमा पीडितका तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस गरेका थिए। त्यसपछि न्यायाधीश श्रेष्ठले निवेदनमा उठाइएको विषय तत्काल निरूपण हुुनुपर्ने देखिएकाले 'हेर्दाहेर्दै' मा राखेर सुनुवाइ गर्ने निर्णय सुनाएका हुन्।
व्यवस्थापिका संसदले २०७१ वैशाख १२ गते दुइटा आयोग गठन हुने गरी ऐन जारी गरेको थियो। उक्त ऐनको दफा १३, २२, २४, २५, २६, २७ र २९ संशोधन हुनुपर्ने द्वन्द्वपीडितको माग छ।