पोखरा- पोखरा विश्वविद्यालयको कामु उपकुलपतिमा प्रा.विष्णुराज तिवारी नियुक्त भएका छन्। रिक्त उपकुलपति पदमा विश्वविद्यालयका वरिष्ठ प्रध्यापक तिवारीलाई बिहिबार कोइरालाले नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकास अधिकारीले नागरिकलाई जनकारी दिए।
उपकुलपति खगेन्द्र भट्टराईलाई भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्तिक ११ गते पक्राउ गरेपछि भट्टराई सोतह निलम्बनमा परेका थिए। अख्तियारले उपकुलपति भट्टराई सहित पदाधिकारी, प्रशासक र कर्मचारी गरी २३ जनालाई भ्रष्टाचार आरोपमा थुनामा राखेको छ। उनिहरुको थुनछेक वहस जारी छ। २३ जना विरुद्ध सवा २ करोड रुपैयाँ आर्थीक भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा चलाइएको थियो।