काठमाडौं– र्याडिसन होटलको महाप्रबन्धक अनिल मल्लिक यौन दुर्व्यवहारको अभियोगमा पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनले बुधबार बेलुका एक युवकलाई मुग्लिनपारिको एक होटलमा लगेर 'जबर्जस्ती करणी'को प्रयास गरेका थिए। बिहीबार प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाएको काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी दिनेश आचार्यले बताए। मल्लिक भारतीय नागरिक हुन्।