बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यकक्षमा लागेको ताला खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अदालतले मंगलबार प्रतिष्ठानमा लागेको ताला खुलाएर प्रतिष्ठानको काम कारबाही सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले बिपी प्रतिष्ठान जस्तो नियमति स्वास्थ्य उपचारको कार्य गरिरहनुपर्ने संस्थामा हडताल, घेराउ र तालाबन्दीको कार्य सार्वजनिक हितको लागि शोभनीय नभएको पनि जनाएको छ। साथै, प्रतिष्ठानमा लागेको खुलाउन र कुनै पनि संघसंगठनबाट तालाबन्दी, घेराउ जस्ता गैरकानुनी कार्य रोक्न पनि सर्वोच्चले अन्तरिम आदेश दिएको छ।
प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा गत असार १६ गते संयुक्त संघर्ष समितिले ताला लगाएको छ। वार्ताको क्रममा अघिल्लो दिन उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा पिएर आएको भन्दै आन्दोलनकर्मीले वार्ता बहिस्कार गरेका थिए भने मदिरा पिएको अवस्थामा वार्ताको लागि उपकुलपतिलाई ल्याएको भन्दै अन्य पदाधिकारीको पनि राजीनामा माग गर्दै भोलिपल्ट चारैजनाको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तालाबन्दीविरुद्ध नवराज विष्ट नाम गरेका व्यक्तिले नेपाल सरकार, गृह मन्त्रालय सिंहदरबारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले सर्वोच्च अदालतको अन्तरिम आदेश प्रतिष्ठानलाई बुधबार प्राप्त भएको जानकारी दिए। उनले तालाबन्दी गर्ने पक्ष संयुक्त संघर्ष समिति भएकोले समितिबाट आदेशको कार्यान्वयन हुने अपेक्षा लिएको पनि बताए। सहप्रवक्ता डा.पोखरेलले भने, ‘ताला संघर्ष समितिले लगाएको हो, त्यसैले आदेशको कार्यान्वयन उहाँहरूबाट हुन्छ होला।’ आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा. सूर्यप्रसाद(एसपी) रिमालले भने पदाधिकारीको कार्यकक्षमा आफूहरूको तालाबन्दी नै नभएको बताए। समितिले लगाएको ताला व्यवस्थापन पक्षले पहिल्यै तोडिसकेको जिकिर गर्दै उनले पदाधिकारीको कार्यकक्षमा व्यवस्थापन पक्षको मात्र ताला रहेको बताए। ‘तालाबन्दी त हाम्रो सिम्बोलिक कुरा हो, अहिले छैन। उहिल्यै उहाँहरूको मान्छेहरूले तोडेर खोलिसकेको हो, हाम्रो ताला छैन,’ डा. रिमालले भने, ‘मुख्य कुरा उहाँहरू कार्यकक्षमा आएर काम गर्ने नैतिक हिम्मत छैन।’
संघर्ष समितिका संयोजक डा. रिमाल छानबिन प्रतिवेदनलाई कार्यान्वयन गर्न तत्काल सिनेट बैठक बस्नुपर्ने भएकाले त्यसअघि कार्यकक्षमा प्रवेश गर्ने नैतिक हैसियत पदाधिकारीमा नभएको बताउँछन्। सिनेट बैठकले फूलमाला लगाएर पदाधिकारीलाई फर्काएमा त्यसपछि थप अर्को कदम चालिने पनि उनले बताए। ‘पदाधिकारीलाई कारबाही गर्ने भनेर सरकारले भनिसकेको छ, छानबिन प्रतिवेदनले पनि त्यही भनेको छ,’ उनले भने, ‘यो अवस्थामा अहिलेका पदाधिकारीहरू आफ्नो कार्यकक्षमा प्रवेश गर्ने नैतिक हिम्मत नै छैन।’
प्रतिष्ठानमा अनियमितता र बेथिति बढेको भन्दै चिकित्सक डा. विष्णु पोखरलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखलाई ध्यानकर्षण गराउँदै एसएमएस गरेका थिए भने अन्यलाई पनि सन्देश पठाउन आग्रह गर्दे सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। त्यसको प्रतिशोध लिन उपकुलपति डा. गिरीले कारबाही प्रक्रिया अघि बढाउँदै स्पष्टीकरण सोधेपछि प्रतिष्ठानमा शुद्धीकरण आन्दोलन चर्किएको थियो। असार १५ गते वार्ताको क्रममा उपकुलपति डा. गिरी मदिरा पिएर आएपछि वार्ता बिथोलिएको थियो।
त्यस घटनापछि आन्दोलनकर्मीले उपकुलति डा. गिरी, रेक्टर प्राडा गुरु खनाल, तत्कालीन रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्राडा गौरीशंकर साहको राजीनामा माग गर्दै असार १६ गते चारैजनाको कार्यकक्षमा ताला लगाएका थिए। रजिष्ट्रार पदबाट डा. रेग्मीले भने राजीनामा दिइसकेका छन्। अन्य पदाधिकारीले भने सिनेट बैठक कक्षबाट दैनिक कार्य सञ्चालन गर्दै आइरहेका छन्। आन्दोलन चर्किएपछि सरकारले सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय छानबिन कार्यदल गठन गरेको थियो। कार्यदलले चारैजना पदाधिकारीलाई कारबाही गर्न सिफारिश गरेको थियो भने स्वास्थ्य मन्त्रालयले पनि पदधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाउने लिखित सम्झौता आन्दोलनकारीसँग गरेको थियो।
प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) अनुसार पदाधिकारीलाई पदमुक्त गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको छानबिन समितिले पनि पदाधिकारीलाई बर्खास्त गर्न सिनेटमा सिफारिश गरेको छ भने पदीय मर्यादा र आचरणविपरीत व्यवहार एवं आर्थिक अनियमितता गरेको विषयमा चारै जनामाथि राज्यको स्थापित निकायले छानबिन गर्ने र दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न सिफारिश गरेको छ। समितिले प्रधानमन्त्री एवं कुलपतिसमक्ष प्रतिवेदन बुझाएको महिना दिन बितिसक्दा पनि सिनेट बैठक बस्न सकेको छैन।
दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेक काम नगर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानका पदाधिकारीलाई दैनिक प्रशासनिक र अनिवार्य दायित्वबाहेकका अन्य आर्थिक दायित्व सिर्जना हुने कार्य नगर्न पुनः निर्देशन दिएको छ।
मन्त्रालयले यस्तो निर्देशन दिएको यो तेस्रोपटक हो। निर्देशनविपरीत निर्णय भइरहेको कारण मन्त्रालयले पुनः बुधबार प्रतिष्ठानलाई पत्र पठाउँदै सचेत गराएको छ। उपसचिव प्रकाश अधिकारीले पठाएको पत्रमा निर्देशनविपरीत आर्थिक दायित्व सिर्जना हुने कार्य भइरहेको उजुरी मन्त्रालयमा पुगेकोले त्यस्तो कार्य नगर्न पुनः बुधबार मन्त्रीस्तरीय निर्णय गरेर सचेत गराइएको उल्लेख छ। मन्त्रीस्तरीय निर्णय र निर्देशनविपरीत काम, कारबाही भएमा त्यसबाट सिर्जना हुने आर्थिक दायित्वको जिम्मेवारी निर्णय गर्ने स्वयम पदाधिकारीको हुने पनि निर्देशनमा उल्लेख छ।
मन्त्रालयका अनुसार छानबिन समितिको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा सिनेट बैठकबाट निर्णय नभएसम्मको लागि यो निर्णय भएको हो। यसअघि प्रतिष्ठानको दैनिक प्रशासनिक र तलबभत्ता, पानी, बिजुली जस्ता अनिवार्य दायित्व सिर्जना हुनेबाहेक प्रतिष्ठानलाई आर्थिक दायित्व सिर्जना हुने कार्य गर्न नगर्न गत भदौ ५ गते सचिवस्तरीय निर्णय भएको थियो। त्यसपछि पनि निर्देशन अटेर भएपछि मन्त्रालयले दोस्रोपटक पत्र पठाएको थियो भने बुधबार मन्त्रीस्तरीय निर्णय गरेर तेस्रोपटक पत्र पठाएको हो।