इटहरी-सुनसरी जिल्लाको धरान सडकखण्डमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।धरानबाट इटहरीतिर आउँदै गरेको को९प ९८९० नम्बरको मोटरसाइकले धरान–८ स्थित भोटेपुल क्षेत्रको सडकमा पैदल हिँडिरहेको अवस्थामा अन्दाजी ५५ वर्षीय मानिसलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएको र उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो।
मृतकको सनाखत हुन नसकेको र ठक्कर दिने मोटरसाइकल तथा त्यसका चालक सुनसरी अमडुवा–७ का आमोद चौधरीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। रासस
मृतकको सनाखत हुन नसकेको र ठक्कर दिने मोटरसाइकल तथा त्यसका चालक सुनसरी अमडुवा–७ का आमोद चौधरीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। रासस