पोखरा विश्वविद्यालयमा फेरि किचलो
२७ कार्तिक २०७१
•
७ मिनेट पाठ
पोखरा विश्वविद्यालयमा फेरि किचलो
पोखरा- भ्रष्टाचार आरोपमा उपकुलपतिसहित २४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएपछि अन्योल बनेको पोखरा विश्वविद्यालयमा नयाँ उपकुलपति आएसँगै किचलो सुरु भएको छ। रिक्त उपकुलपति पदमा वरिष्ठताका आधारमा कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले कात्तिक १८ गते विष्णुराज तिवारीलाई नियुक्त गरेका थिए।नवनियुक्त उपकुलपति तिवारीले रजिस्ट्रारलगायत पदाधिकारीमा गरेको नियुक्तिलाई एमाओवादी र नेकपा—माओवादी समर्थित प्राध्यापकले नियमविपरीत भन्दै विरोध गरेका हुन्। उनीहरु पढाउन छोडेर दुई दिनदेखि आन्दोलनमा उत्रिएका छन्। बुधबारदेखि रिले अनसन थालेका उनीहरुले नियुक्ति खारेज नभए अनशन बस्ने चेतावनी दिएका छन्। 
कात्तिक १८ मा नियुक्ति पाएका विष्णुराज तिवारी विश्वविद्यालयका एकमात्रै स्थायी प्राध्यापक हुन्। भिसी, रजिस्ट्रारलगायतलाई अख्तियारले पक्रेर उनीहरु स्वतः निलम्बनमा परेपछि विश्वविद्यालय ऐनअनुसार प्रधानमन्त्रीले वरिष्ठताका आधारमा तिवारीलाई नियुक्त गरेका थिए। उनको नियुक्तिमा विवाद थिएन। तर, उनले गरेको रजिस्ट्रार, डिन र परीक्षा नियन्त्रकको नियुक्ति विवादमा परेको हो। 
तिवारीले उपप्राध्यापक राजेश ठकुराठीलाई रजिस्ट्रार, सहप्राध्यापक दीपक भण्डारीलाई व्यवस्थापन संकायको डिन, सहप्राध्यापक तथा विज्ञान संकायकी निर्देशक निर्मला जमरकट्टेललाई विज्ञान संकायको डिन, अजय थापालाई मानविकीको डिन र उपप्राध्यापक अनुप आचार्यलाई परीक्षा नियन्त्रक नियुक्त गरेका छन्। ‘सहप्राध्यापक हुँदाहुँदै उपप्राध्यापकलाई नियुक्ति दिनु ऐनविपरीत हो,' आन्दोलनमा रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष गोविन्द लामिछानेले नागरिकसँग भने, ‘त्यो खारेज नभएसम्म आन्दोलनमा हुन्छौं। रिले अनशनले नटेरे पूर्ण अनशन बस्छौं।'
पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार रिक्त पदमा कुनै वरिष्ठ प्राध्यापकलाई नियुक्त गर्ने व्यवस्था गरेको छ। नयाँ भिसीले ऐनको दफा २८ बमोजिम भनेर गरेको नियुक्ति मर्मविपरीत भएको लामिछानेले बताए। उनीहरुले आन्दोलन गरेका कारण विश्वविद्यालयका थुप्रै कक्षामा पढाइ हुन पाएको छैन। ‘हामीले विद्यार्थीको भविष्य नबिग्रियोस् भनेर छात्रवृत्तिलगायतका काम रोकेका छैनौं,' उनले भने, ‘सिस्टमै बिगारेर जाँदा विद्यार्थीको भविष्य पनि राम्रो हुँदैन भनेर आन्दोलनमा उत्रिएका हौं।' 
भिसी तिवारीले भने सहमतिका आधारमा अगाडि बढ्ने बताएका छन्। ‘वार्ता गरिराखेको छु,' उनले नागरिकसँग भने, ‘सहमतिमै जान्छु।' उनले ऐनमा कुनै वरिष्ठतम प्राध्यापकबाट नियुक्त गर्न सकिने भनेकाले सोहीअनुसार गरेको पनि बताए। 
नयाँ नियुक्ति पाएका प्राध्यापक सत्तारुढ नेपाल कांग्रेससँग आबद्धमात्रै परेकाले एमाओवादी र वैद्य माओवादीले विरोध जनाएका हुन्। राजनीतिक भागबन्डा नभएकाले उनीहरु आन्दोलनमा उत्रेको कतिपयको भनाइ छ। तर, स्वतन्त्र प्राध्यापकले पनि आन्दोलनकर्मीलाई साथ दिएका छन्। ऐनअनुसार गठित सबै प्राध्यापकको साझा संस्था पोखरा विश्वविद्यालय प्राध्यापक संघले पनि आन्दोलनमा समर्थन जनाएको छ। आफू कांग्रेसनिकट भएकाले सबै आफ्नो पार्टी पक्षकालाई नियुक्त गरेको आरोप भिसी तिवारीलाई लागेको छ। एमाले समर्थक प्राध्यापकले भने आन्दोलन र भिसी दुवैतिर समर्थन जनाएका छन्। 
भिसी, रजिस्ट्रार, परीक्षा नियन्त्रकलगायतलाई अख्तियारले कात्तिक ११ गते पक्रेको थियो। उनीहरुलाई विशेष अदालतले बिनाधरौटी रिहा गरिसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका पदाधिकारीविरुद्ध कात्तिक ११ गते विशेष अदालत काठमाडौंमा मुद्दा हाल्दा कलेजलाई जथाभावी सम्बन्धन बाँडेको, गैरकानुनी रुपमा चन्दा वितरण गरेको कर्मचारीलाई नियमविपरीत आर्थिक सुविधा दिएको र परामर्श सेवाको भुक्तानीमा अनियमितता गरेको, सवारीसाधान हुँदाहुँदै नियमविपरीत ट्याक्सी भाडामा लिएको लगायत आरोप लगाएको छ। विश्वविद्यालयले नर्सिङ विषय पढाउन भन्दै सातजनालाई विशेष करारमा राखी विश्वविद्यालयका प्राध्यापकले पाउने तलब स्केलभन्दा दोब्बर बढी दिएको छ। 
स्थानीय बुद्धिजीवीले नयाँ विकल्प व्यवस्था गरी विद्यार्थीको पठनपाठन सुचारु गर्न माग गरेका छन्। अख्तियारले साउन १५ देखि विश्वविद्यालयमा छानबिन थालेको थियो। अख्तियारको केन्द्रबाटै खटिएका र पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारीले लगातार एक साता विश्वविद्यालयमै बसेर कागजात नियन्त्रणमा लिई छानबिन गरेका थिए। 
अख्तियारले विश्वविद्यालयमा निर्माणाधीन ६ वटा भवनमा आर्थिक अनियमितता भएको भन्दै पनि खोजबिन सुरु गरी त्यससम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन ८ करोडमा ठेक्का लगाइएको तर समयमा पूरा नगरिएको आरोपसहितको उजुरी अख्तियारलाई आएको थियो। समयमा पूरा नगर्नेलाई जरिवाना लगाउनुको सट्टा ठेक्का रकम फेरबदल गरी बढाइएको आरोप पनि पोखरा विश्वाविद्यालयलाई लागेको छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस