हिमाली क्षेत्रः जोखिम बढ्दै, हेर्ने निकाय छैन
२६ मंसिर २०७८
•
६ मिनेट पाठ
हिमाली क्षेत्रः जोखिम बढ्दै, हेर्ने निकाय छैन
मुस्ताङको थासाङमा एक महिना अघिको हिमपहिरो। फाइल तस्बिरः नागरिक
२०७३ पुस पहिलो साता वर्षा बिना नै हिमालपारिको जिल्ला मुस्ताङको घमीमा भीषण बाढी आयो। बेमौसमी बाढीले भीषण रुप लिँदा त्यो बेला ढाकमर खोलाका आठवटा काठेपुल बगेका थिए। गाउँमा खानेपानी ल्याएको पाइप बाढीमा बगेका थिए। बाढीसँगै खोलाका पानीघट्ट बगे। स्थानीय घरमा बाढीसँगै लेदो पस्यो। गाउँमा बढेमानका ढुंगा खसे। बाढीपछि त्रसित बनेका घमीका बासिन्दाले बाढी आउनुको कारण पहिल्याइदिन त्यत्तिबेलै सरकारसँग अनुरोध गरेका थिए।




गत असारमा अर्काे हिमाली जिल्ला मनाङमा भीषण वर्षा भयो। वर्षाले धेरै मनाङीको उठिवास लगायो। महिनौं सडक अवरुद्ध हुँदा आउजाउ सकसपूर्ण बन्यो। मस्र्याङदी नदी आसपासका बासिन्दा निदाउन सकेनन्। गाडी रोकिँदा हेलिकप्टरको महंगो ढुवानीबाट खाद्यान्न सहित दैनिक उपभोग्य बस्तु भिœयाएर स्थानीयले दैनिकी गुजारे। अहिलेसम्म यो आकारको भीषण वर्षा कहिल्यै नदेखेका स्थानीयले वर्षाको कारण पहिल्याउन उत्तिबेलै अनुरोध गरेका थिए। तर, उनीहरुको त्यो गुनासो वर्षा सकिएसँगै सेलायो।  

गत कात्तिक अन्तिममा मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित टुकुचे पिक (६९२० मिटर) को केही खण्ड एकाएक खस्यो। करिब ६ हजार मिटर माथिबाट खसेको अनुमान गरिएको भीषण हिमपहिरोले हिमाली जिल्लामा त्रास निम्त्यायो। मानवीय क्षति नभएपनि हिमपहिरो खसेको ठाउँको अवस्था हेर्दा अझै जोखिम निम्तिनसक्ने स्थानीयको अनुमान छ। पहिरो झरेको ठाउँमा तलबाट हेर्दा खस्ने अवस्थाको ढिस्को र चिरिएको भाग देखिएको स्थानीयले बताएका थिए। पहिरोको थप जोखिम अवस्थाबारे पहिल्याइदिन स्थानीयले अनुरोध गरेका थिए।  

हिमाली क्षेत्रमा निम्तिएका बाढीपहिरोका यी केही उदाहरण हुन्। यी मध्ये केही मौसमी बाढीपहिरो र केही बेमौसमी थिए। तर, कम वर्षा हुने हिमाली जिल्लाका पछिल्लो समय यस्तै प्रकृतिका विपद् निम्तिँदा क्षति हुने गरेको छ। 

हत्तपत्ति प्राकृतिक विपद् नभोगेका हिमाली जिल्लाका बासिन्दाले पछिल्लो समय विपद् निम्तिनुको कारण पहिल्याइदिन बारम्बार आग्रह गर्दै आएका छन्। तर, उनीहरुको आग्रह कतै सुनुवाई हुने गरेको छैन। घटनापछि केही समय सबैतिर चर्चा पाउने यस्ता विपद्का घटना केही महिनापछि सेलाउने गरेका छन्।  
हिमाली भेगका स्थानीयले आगामि दिनमा यस्ता चूनौती थप निम्तिन सक्ने भन्दै सचेत हुनुपर्ने अवस्था आएकोले जोखिम पहिल्याइदिन आग्रह गरेपनि कतै सुनुवाई नभएको गुनासो गर्छन। जलवायु परिवर्तको असरले यस्ता प्राकृतिक विपद् आउन थालेको भन्दै विज्ञले भनिरहँदा हिमाली भेगका नागरिक भने भविश्यप्रति चिन्तित छन्। आगामि दिनमा यस्ता विपद्को सामना गर्नुपर्ने अवस्था थाहा पाएका स्थानीयले वास्तविकता पहिल्याउन अनुरोध गरिरहेपनि त्यसको सुनुवाई नभएको उनीहरु बताउँछन्।  

मुस्ताङको थासाङ गाउँपालिकाकाकी उपाध्यक्ष बालकुमारी शेरचन भन्छिन, ‘वास्तवमा यो विषयमा खासै पहल भएको छैन, चर्चा पनि कम हुन्छ । अध्ययन गर्न जरुरी हो। तर, चाँसो कम देखिएको छ।’ उनका अनुसार यस्ता खालको अध्ययनमा स्थानीय तहसँग उत्तिसारो विज्ञ पनि हुँदैनन। जतिखेर हिमपहिरो आयो, त्यो बेला मान्छे सक्रिय हुने र अरुबेला निस्कृय हुने गरेको उनले बताईन। ‘हिउँ पर्ने समय अझै धेरै छ। हिउँ परेपछि अझै पनि पहिरो आउने हो की भन्ने त्रास छ,’ उनले भनिन, ‘तर, यसबारेमा स्थानीयमा उत्तिसारो जानकारी छैन।’  

थासाङमै रहेको स्थानीय जनआदर्श अमरसिंह माविका शिक्षक प्रकाश सुवेदी पनि थासाङमा पहिरो झरेपछि बल्ल स्थानीयले हिमाली क्षेत्रको जोखिमका बारेमा थोरै चर्चा गर्न थालेका छन्। आगामि दिनमा यस्ता सम्भावित क्षतिको बारेमा अध्ययन गर्न जरुरी रहेको भन्ने स्थानीयको आवाज रहेको उनले बताए। विगत पाँचवर्ष देखि थासाङमा रहेर अध्यापन गराईरहेका उनले आफु कार्यरत क्षेत्रको मौसमी गतिविधि नियालीरहेका छन्।

‘जलवायु परिवर्तनको असर भनेर एकछिनका लागि पन्छिने काम भएको छ। तर, हरेक वर्ष यस्ता खाले चुनौती थपिँदै गएका छन,’ उनले भने, ‘अब यो बारेमा अध्ययन गर्न जरुरी छ। हामी घटनापछि राहत र उद्धारमा खटिएका छौ । तर सम्भावित घटनाप्रति सचेत छैनौ।’
उनका अनुसार पहिरो झर्ने, बाढी आउने, खोला थुनिने, हिमपात हुने, अधिक वर्षा हुने खालका गतिविधि अहिले हिमाली क्षेत्रमा भईरहेका छन्। तर, यसबाट क्षति कम गर्ने र कारक पहिल्याउने विषयमा भने खासै चाँसो कसैको छैन। ‘यो बारेमा गहन रुपमा अध्ययन गर्न जरुरी छ। बस्ती पनि जोखिममा छन्। तर यहाँका बासिन्दाले पनि बिर्सन थालेका छन,’ उनले भने, ‘स्थानीयले घटना बिर्से भनेर सरोकारवाला चुप लागेर बस्नु हुँदैन। सरकारले आगामि दिनका चुनौतीबारे अध्ययन गर्नुपर्छ।’

वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ पनि गाउँपालिकाभित्र हिउँदमा नपत्याउने खालका बाढीका घटना हुन थालेकोले सचेत हुन जरुरी रहेको बताउँछन्। ‘जलवायु परिवर्तनबारे चाँसो कम भएकै हो। हामीसँग विज्ञ पनि छैनन। हामीसँग बाढी नियन्त्रण गर्ने भन्ने प्राविधिक समेत छैनन,’ उनले भने, ‘खोलानालामा एकाएक बाढी आउने क्रम बढेको छ। तर, सबै निकाय जलवायु परिपर्तनको असर भनेर पन्छिएका छन्। वास्तविक कारण के हो कतै खोजि हुँदैन।’ स्थानीयले कारण पहिल्याउन अनुरोध गरेपनि सुनुवाई गर्ने कसले भन्ने नै नभएको उनले बताए।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षण अधिकृत समेत रहेका मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङका स्थानीय सन्तोष शेरचन जलवायु परिवर्तनको कुरा आउँदा अब जोखिम न्यूनिकरण गर्ने तर्फ नलाग्ने हो भने क्षति बढी हुन सक्ने बताउँछन। बागलुङ, म्याग्दी, गोरखाको उपल्लो भेग सहित मनाङ र मुस्ताङमा अहिले धेरै समस्या निम्तिन थालेको उनले बताए। ‘मुहान संरक्षण गर्नमा ध्यान दिन जरुरी छ। अहिले मुहानमा दिनहुँ हिमपहिरो झर्न थालेका छन, त्यसले बाढीपहिरो निम्तिन थालेका छन,’ उनले भने, ‘मुहानको समस्या समाधान नखोज्ने, तर, तटीय क्षेत्रको अवस्थाबारे चर्चा बढी हुने गरेको छ, यो समाधान होईन।’  

प्रदेश सरकारले पनि ती भेगमा अधिकतम अध्ययन अनुसन्धान गर्न जरुरी रहेको उनले बताए। ‘हिमाली भेगबाट हुने जोखिम न्यूनिकरण गर्न जरुरी छ। हिमाली क्षेत्र जोगिन सके तटीय क्षेत्र सुरक्षित हुनेछ,’ एक्यापका शेरचनले भने, ‘हिमाली क्षेत्रको जोखिम क्षेत्रबारे चाँसो कम छ। जलवायु परिवर्तन मागि खाने भाँडो मात्र भएको छ। आगामि दिनमा जलवायु परिवर्तनका जोखिम बढिरहनेमा दुईमत छैन। तर, भएका घटनाको क्षति बिर्सदै गइएको छ।’ 
हिमाली भेगबारे सचेत हुनुपर्ने जरुरी रहेको उनले सुनाए। संरक्षण क्षेत्रको जिम्मेवारी एक्यापसँग पनि भएकोले विभिन्न निकायसँग मिलेर काम गरिरहेको उनले बताए।

भूगर्भबिद् श्रीकमल द्विवेदी हिमाली क्षेत्रमा भईरहेका प्राकृतिक विपद्बारे के गर्ने भन्ने निकाय नै नभएको उनले बताए। यो बारेमा अध्ययन गर्ने भिन्दै निकाय आवश्यक रहेपनि यो विषयलाई कसले अध्ययन गर्ने भन्ने नै नभएको उनले बताए। ‘जलवायु परिवर्तनको छलफल हुन्छन, तर  समस्या निराकरणको उपायबारे हेर्नसक्ने नेपालमा निकाय नै छैन। तत्काल रेस्पोन्स गर्ने बाहेक यो बारेमा ध्यान दिने भिन्दै निकाय आवश्यक हो,’ द्विवेदीले भने, ‘तर कस्तो रणनीति के बनाउने भन्ने कोही छैन। विज्ञ सहितको टिम आवश्यक भएपनि यो क्षेत्र कम प्राथमिकतामा परेको छ।’  

हिमाली क्षेत्रमा नयाँ प्रकोप आइसकेको भएपनि यसलाई कसले हेर्ने भन्ने नै निकाय नभएको उनले बताए। ‘स्थानीयले सरकारसँग गुहार गर्न थालेका छन्। तर, गुहार सुन्ने निकाय कोही छैन,’ उनले भने, ‘अब भिन्दै निकाय यसका लागि आवश्यक छ। जसले अध्ययन पनि गरोस र समस्या समाधान गर्न रणनीति पनि बनाउन सकोस। घटनापछि उद्धार र राहतमा जुट्ने निकाय बाहेक अरुबेला सबै मौन छन्।’
अर्को समाचार
भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै
१७ मंसिर २०७९
•
२ मिनेट पाठ
भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै
बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन्। व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन्।  




अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताए।  

बोगटीसँग हाल ७० भेडा रहेका छन्। बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन्। उनीहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिए। चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनीहरु बताउँछन्।  

बूढीनन्दा–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भन्छन्, ‘भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो, त्यसैलाई हामीले निरन्तरता दिएका हौँ।’ थापासँग हाल ६० भेडा छन्। उनी एक छोरा र श्रीमतीसहित सँगै बस्छन्।  

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा–९ का शिवा गुरुङसँग भने छुट्टै अनुभव छ। उनी सुरुमा अरुको गोठालो भएर काम गर्थे। पछि उनी बिस्तारै आफैँ व्यावसायिकरुपमा भेडापालन गर्दै आइरहहेका छन्। उनी भन्छन्, ‘के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भइयो, जसको गोठालो भइयो उनीहरुका अहिले कसैका काठमाडौँ, कसैका धनगढी र नेपालगञ्ज घर छन्, आफ्नो भने उही जिन्दगी छ।'

उनी अहिले उमेरले ४९ वर्षको भए। पाँच वर्षको हुँदादेखि नै अरुको भेडा हेर्ने काम सुरुआत गरेको उनी बताउँछन्। हाल उनीसँग एक सयभन्दा बढी भेडा छन्। उनी एक छोरा र श्रीमतीसहित आएका हुन्। उनी भेडाबाट वार्षिकरुपमा ६÷७ लाख आम्दानी हुने गरेको बताउछन्।  

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन्। हिउँदको चिसो छल्न बेंसी झरेका भेडा व्यवसायीले भेडा बिक्रीवितरण गर्नाका साथै राडीपाखी, डसना पनि बिक्री गर्दै आएका छन्। प्रतिभेडा रु १५ हजारदेखि ३५ हजारसम्म र राडीपाखी रु दुई हजारदेखि पाँच हजारसम्म बिक्री गर्ने गरेको व्यवसायी बताउँछन्।

भेडा राखेबापत सामुदायिक वनलाई मासिकरुपमा रु छ÷सात हजार रोयल्टी तिर्ने गरेकोसमेत उनीहरु बताउँछन्। बाजुराका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन्। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस