काठमाडौं- १८ औ सार्क शिखर सम्मेलनको लागि रङगाइएका काठमाडौका भित्तामा फोहोर गर्नेलाई कारबाही गरिने मुख्य सचिव लीलामणी पौडेलले बताएका छन्। सुशासन तथा अनुगमन समितिको बैठकमा बोल्दै पौडेलले वाल पेन्टिङ गर्ने, पोष्टर टाँस्नेलाई कारवाही सहित क्षतिपूर्ती भराइने बताए। सार्क सकिए पछि पनि त्यस्तो कार्य गर्नेलाई कारबाही गरिने पौडेलको भनाई थियो।
पौडेलले सुरक्षाका कारण उपत्यकामा २ दिन सार्वजनिक विदा र शैक्षिक संस्थालाई ४ दिन विदा दिएको बताए। व्यक्तिगतरुपमा आफूलाई विदा दिने कुरा चित्त नवुझे पनि सुरक्षा निकायको सुझावका कारण दिनु परेको पौडेलको भनाई थियो। सानो सुरक्षा कमजोरीले गर्दा पनि ठूलो समस्या आउन सक्ने हुँदा त्यता ध्यान दिइएको पौडेलले बताए। विदा नदिएर जोर र विजोर गाडी चलाएर चाप कम गर्ने आफ्नो सुझाव भएको पौडेलले बताए। सार्क तयारीको विषयमा बुझ्न समितिले मुख्य सचिवलाई बोलाएको थियो।
समितिको बैठकमा सार्क शिखर सम्मेलनको लागि बरिव २ अर्व खर्च हुने अर्थ मन्त्रालयका सह-सचिव रामशरण पुडासैनीले बताए।