प्रधानमन्त्रीले थामथुम मात्र पार्न खोज्नुभो : डा. केसी
२९ कार्तिक २०७१
•
७ मिनेट पाठ
प्रधानमन्त्रीले थामथुम मात्र पार्न खोज्नुभो : डा. केसी
काठमाडौं- त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले पूर्वसहमतिसहित आफूले उठाएका माग पूरा नभए फेरि अनशन बस्ने दसदिने अल्टिमेटम दिएको नवौं दिनसम्म आफूले उठान गरेका कुनै पनि माग सरकारले पूरा नगरेको बताएका छन्।




अल्टिमेटमको पाँचौं दिन नै प्रधानमन्त्री सुशील कोइरालाले चासो दिँदै बृहत बैठक डाकेर माग पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको डा. केसीको भनाइ छ।
'बिहीबार र आज (शनिबार) बिहान पनि प्रधानमन्त्रीले फोन गर्नुभएको थियो,' डा. केसीले नागरिकसँग भने, 'त्यो थामथुम पार्नका लागि मात्रै थियो।'
प्रधानमन्त्री कोइरालाले टेलिफोनमा केसीले उठाएका माग अत्यन्तै राम्रा भन्दै प्रशंसा गरेको तर कार्यान्वयनको ठोस उपलब्धि देखाउन नसकेको केसीले बताए। 
'तपाईं कोशिस मात्रै गरिरहेको छु भन्न फेरि टेलिफोन नगर्नुस्,' केसीले कोइरालालाई शनिबार गरेको आग्रह सुनाए, 'प्रधानमन्त्रीले नै कोशिस गर्ने हो भने पूरा गर्न नसकिने कुन माग छ र?' 
डा. केसीले भेटेरै कुरा गरौं भन्दा प्रधानमन्त्री तत्पर नदेखिएको बताए। थामथुम पार्ने नियत भएकाले नै प्रधानमन्त्री माग पूरा गर्न तत्पर नदेखिएको उनको भनाइ छ। डा. केसीले २० गते पत्रकार सम्मेलन गरी पुराना सहमति कार्यान्वयनसहित राष्ट्रिय चिकित्सा शिक्षा नीति नबन्दासम्म कुनै सम्बन्धन दिन नहुने र दिएको सम्बन्धन पनि स्थगित गर्नुपर्ने माग अघि सारेका थिए। 
प्रधानमन्त्री कोइरालाले २४ गते सरोकारवालाको बैठक बोलाएर चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तयार नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन शिक्षा मन्त्रालयलाई निर्देशनसमेत दिएका थिए। सरकारले त्यही दिन नीति मस्यौदाका लागि तत्काल कार्यदल बनाउने प्रतिबद्धता गरे पनि हालसम्म बनाउन नसकेको केसीले जनाए। 
उनले सम्बन्धन बन्द गर्ने निर्णय भइसकेको अवस्थामा सम्बन्धित विश्वविद्यालयलाई पत्राचार गरी यसबीचका निर्णय कार्यान्वयन नगर्न पत्रसमेत नदिइएको उनले गुनासो गरे। हालसम्म तयार भएका प्रतिवेदन संसदमा लानुपर्ने उनको माग छ।
प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई दिएको निर्देशनका आधारमा २५ गते चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्डले समेत सम्बन्धन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो। यो निर्णयसँगै गत वैशाखमा काठमाडौ विश्वविद्यालयअन्तर्गतका विराट र देवदहलाई सम्बन्धन दिने निर्णयसमेत कार्यान्वयन नहुने बताए पनि ती कलेजले भर्ना सुरु गरिसकेका छन्।
'प्रधानमन्त्री सम्बन्धन बन्द भयो भन्नुहुन्छ, कलेजहरु मनपर्दी गरिरहेका छन्, कुलपतिको रुपमा पत्राचार गरेर सम्बन्धन प्रक्रिया कार्यान्वयन नगर्न किन निर्देशन दिन सक्नुहुन्न?,' केसीले प्रश्न गरे।
डा. केसीले फागुनमा सरकारसँग सम्झौता हुँदा २१ दिनभित्र सिनेट बोलाउने भनेकोमा हालसम्म नबोलाइएको र तत्परतासमेत नदेखाइएको बताए। 'नीति बनाउँछु भनेपछि यसअघिका कार्यदलले दिएका प्रतिवेदन मन्त्रिपरिषदले स्विकारेर संसदमा लान त सकिन्छ नि?,' डा. केसीले भने, 'सरकार इमानदार देखिएन।' 
थप कलेजलाई सम्बन्धन दिन नहुने, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति बन्नुपर्ने, ग्रामीण क्षेत्रमा सरकारी लगानीमै मेडिकल कलेज खोल्नुपर्ने, छुट्टै मेडिकल विश्वविद्यालय बन्नुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थानलाई थप स्वायत्तता दिनुपर्ने लगायत माग राख्दै आएको छ। 
सरकारले ती मागबारे पटकपटक सहमति गरे पनि कुनै पनि कार्यान्वयन नगरेको केसीको भनाइ छ। सरकारले सम्बन्धन नदिने निर्णय र सम्झौता गरे पनि मेडिकल कलेज सञ्चालकले कहिले राजनीतिक बल तथा कुनै बेला प्रशासनिक निकायका बलमा सम्बन्धन खोल्न प्रयत्न गर्दै आएका छन्। यसविरुद्ध डा. केसी चारपटक अनशन बसे भने पटकपटक शिक्षण अस्पतालसहित देशभरका स्वास्थ्य संस्था बन्द भएका थिए। 
डा. केसीले गत वर्ष पुस र माघमा गरी २२ दिन अनशन बस्दा मेडिकल कलेजलाई सम्बन्धन बन्द गर्नुपर्ने प्रमुख माग राखेका थिए। सरकारले चिकित्सक संघसँग नीति बनाउन समिति गठन गर्ने सहमतिसमेत गरेको थियो। त्यसका लागि मापदण्ड सिफारिस गर्न समिति बनाए पनि त्यसले दिएको सुझाव कार्यान्वयन नगरी गत वैशाखमा केयुमार्फत देवदह र विराट मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो। 
चौथो अनशनपछि गठन भएका मेडिकल कलेज मापदण्ड निर्धारण समिति र छुट्टै विश्वविद्यालय गठनसम्बन्धी कार्यदलको सुझावसमेत त्यसै थन्किएर राखिएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस