चन्दा बढी दिएर विद्यालयमा पिताको नाम लेखाउँदा विवाद
०२ मंसिर २०७१
•
६ मिनेट पाठ
चन्दा बढी दिएर विद्यालयमा पिताको नाम लेखाउँदा विवाद
गुल्मी—विद्यालय नामको बिषयलाई लिएर विवाद उत्पन्न भएको छ। स्थानीय र विद्यालय ब्यवस्थापन समितिबीच मच्चिएको खैलाबैलाको प्रभाव विद्यार्थीहरूको पठनपाठन र शिक्षकहरूको सेवा सुविधामा समेत परेको छ। नामको विषयलाई लिएर विवाद बढेपछि बलिथुम नरहरि कँडेल मावि समस्याग्रस्त बनेको हो।पछिल्लो समय बिद्यालयले सञ्चालन गरेको स्वर्ण महोत्सवमा कबुल भएको रकम बिद्यालयको नामकै बिषयलाई लिएर उठ्न सकेको छैन्। स्थानीयले कबोल गरेको रकम नउठेपछि विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुले १४ महिनादेखि र स्थायी शिक्षकहरुले ९ महिनादेखि तलब खान पाएका छैनन् ।

पछिल्लो पटक आर्थिक संकटमा परेपछि विद्यालयले स्वर्णमहोत्सवका अवसरमा ४२ लाख रुपैंया संकलन गरेको थियो। स्थानीयले विद्यालयको नाम नरहरी मावि मात्र गराउनु पर्ने माग राख्दै कबोल गरेको रकम दिन अस्विकार गरेपछि विद्यालय समस्यामा परेको हो। स्थानीय समाजसेवी नारद कँडेलले ७ लाख ५० हजार रूपैँया दिएर बिद्यालय आफ्नो बाबुको नाममा बनाएका थिए।

नामाकरणबाट शुरु भएको विवाद अहिले विद्यालयले प्राप्त गरेको महिला राहत कोटासम्म पुगेको छ। राहत कोटामा समेत विवाद हुँदा विद्यालयले राहत कोटामा शिक्षक नियुक्ति गर्न समेत नसकेको पूर्व प्रधानाध्यापक माधव गौतमले बताए। विवाद बढ्दै गएपछि अहिले प्रधानाध्यापकको नियुक्ति र विद्यालय व्यवस्थापन समितिमा समेत विवाद शुरु भएको छ।

विवादका कारण समयमै तलब खान नपाएपछि निजी स्रोतका शिक्षकहरुले तीनदिनसम्म विद्यालय नै बन्द गरेका थिए। व्यवस्थापन समितिले तत्काल विवादको समाधान गर्ने र रकम संकलन गरेर तलब खुवाउने प्रतिबद्धता जनाएपछि विद्यालय नियमित भएको शिक्षक चिरञ्जीवी पोखरेलले बताए।

पोखरलेलका अनुसार विद्यालयको खातामा अहिले २ लाख ५० हजार रुपैंया मात्र छ। महोत्सवमा कबोल गरेको रकम संकलन गरेर नीजि स्रोतका शिक्षकलाई तलब खुवाउने बाचा व्यवस्थापन समितिले गरेपनि अहिलेसम्म राजिनामा दिएका प्रधानाध्यापक गौतमले विद्यालयलाई हिसाबकिताब बुझाएका छैनन् । उनले नबुझाएसम्म नया" प्रअले तलब खुवाउन सक्ने अवस्था छैन् । विद्यालयमा नीजि स्रोतबाट ९ शिक्षक रहेको र महिनामा कम्तिमा १ लाख २५ हजार रुपैंया तलबमै जाने पोखरेलले बताए ।

विवाद बढेपछि शिक्षाले सिफारिस गरी पठाएको करारकी शिक्षिका यमा ज्ञवालीलाई समेत हाजिरी गराएको छैन् । विद्यालयले दुई वर्ष देखि महिला राहत कोटामा शिक्षिका नियुक्त गर्न नसकेपछि शिक्षाले ज्ञवालीलाई सिफारिस गरी पठाएको थियो । तर त्यसमा विद्यालयमा नीजि स्रोतबाट कार्यरत शिक्षकहरुले आफुहरुले नियुक्ति पाउनुपर्ने भन्दै विवाद गरेर आफुलाई हाजिर हुन नदिएको ज्ञवालीले बताईन । 'महिला कोटामा पुरुष शिक्षकहरुले पढाउन पाउनेपर्ने माग छ', ज्ञवालीले भनिन्, 'शिक्षा कार्यालयको सिफारिस समेत विद्यालयले नमान्दा म अन्यायमा परें ।'

विद्यालयमा महिला राहत कोटा र विद्यालयको नामले दुई वर्ष देखि विवाद शुरु गरेको शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराज गौतमले बताए । महिला कोटामा कार्यरत पुरुष शिक्षकहरुले समेत दावी गर्ने र व्यवस्थापन समिति अध्यक्षले आफुखुशी बाबुको नाम र थरबाट विद्यालयको नामाकरण गरेपछि शुरु भएको विवादले जटिल रुप लिंदै गएको गौतमले बताए । 'महिला कोटा र नामले नै विद्यालय अस्तव्यस्त बन्दै गएको छ', गौतमले भने, 'महिला कोटामा महिला नै नियुक्ति गर्ने र विद्यालयको नाम बलिथुम नरहरी मावि बनाएमा सबै समस्या समाधान हुन्छ ।' विद्यालयको आन्तरिक विवादले अध्ययनरत १ सय ६५ विद्यार्थीको भविश्य नै अन्धकार हुन थालेको गौतमले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारद कंडेलले भने विद्यालयको नाम अब कुनै पनि हालतमा परिवर्तन नहुने बताए । '५ वर्ष अघि ७ लाख ७५ हजार बुझाउ"दा नाममा विरोध नहु"ने अनि अहिले विरोध गर्ने', कंडेलले भने, 'अन्य जे सुकै होस, नाम परिवर्तन हु"दैन ।' स्वर्णमहोत्सवमा कबोल गरेको पैसा नामकै कारण स्थानीयले दिन नमाने आपैmले पैसा दिएर भएपनि विद्यालय संचालन गर्ने कंडेलले बताए । शिक्षा अधिकारी डाक्टर भोजराज काप्mलेले विद्यालय समस्याग्रस्त भएको आफुले जानकारी पाएको र त्यसको समाधानका लागि प्रयास गरिरहेको बताए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस