काठमाडौं- चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति नबन्दासम्म मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन प्रधानमन्त्रीले दिएको निर्देशनविपरीत काठमाडांै विश्वविद्यालयले हालै सम्बन्धन पाएका दुई मेडिकल कलेजको भर्ना खुला गरेको छ।
वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएको माग सम्बोधन गर्ने गरी गत कात्तिक २४ गते प्रधानमन्त्री सुशील कोइरालाले शिक्षा मन्त्रालयमार्फत त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयु) लाई प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए। निर्देशन दिएको एक साता नबित्दै केयुले मंगलबारै सूचना जारी गरेर हालै सम्बन्धन पाएका विराट र देवदह मेडिकल कलेजका लागि भर्ना खुलाएको हो।
विश्वविद्यालयका प्रतिनिधि, उच्च सरकारी अधिकारी र वरिष्ठ चिकित्सक सम्मिलित बैठकले चिकित्सा शिक्षा राष्ट्रिय नीति बनाउन उच्चस्तरीय कार्यदल गठन गर्ने, नीति नबन्दासम्म सम्बन्धन नदिने र सम्बन्धन प्रक्रिया अघि बढाइएको भए कार्यान्वन नगरी यथास्थितिमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको थियो। बोधार्थ र कायार्थ त्रिवि, केयु र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई समेत पठाइएको थियो। यसैका आधारमा आइओएमको कात्तिक २५ को फ्याकल्टी बोर्डले तत्कालका लागि सम्बन्धन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो।
केयुका रजिस्ट्रार डा. भोला थापाले भने प्रक्रिया जेठमै सुरु भएको जनाउँदै भर्ना खोलिएको बताए। 'काउन्सिलले सिट तोकेर भर्ना गर्न पत्राचार गरिसक्यो, शिक्षा मन्त्रालयले छात्रवृत्तिबारे पनि निर्णय गरिसकेको अवस्थामा सूचना आएको हो,' डा. थापाले मंगलबार नागरिकसँग भने, 'अहिले पनि कन्फ्युजन नै छ, शिक्षाले यो वर्ष भर्ना नगरौं भनेर पत्राचार गर्यो भने रोक्न पनि सकिन्छ।'
शिक्षा सचिव विश्वप्रकाश पण्डितले केयुको बचाउ गर्दै निर्णय जेठमै भएकाले निर्देशनले कार्यान्वयनमा बाधा नपर्ने व्याख्या गरे।
त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले भने केयुका कुलपति प्रधानमन्त्री नै भएकाले निर्देशन पालना गर्नुपर्ने बताए। 'म पनि केयु फ्याकल्टी बोर्डमा छु, यो निर्णय त उहाँले कार्यकारी परिषदबाट गर्नुभएको होला,' माथेमाले भने, 'तर, कुलपतिले दिएको निर्देशन केयुले मान्नुपर्छ।'
केयुले भर्ना खोल्न जारी गरेको सूचनामा गत सेप्टेम्बर १३ मा सञ्चालन गरिएको प्रवेश परीक्षामा पास भएका विद्यार्थीबाट भर्नाका लागि दरखास्त दिन आह्वान गरिएको छ। विश्वविद्यालयले विराटका लागि ७५ र देवदहका लागि ४० सिटमा भर्ना खोलेको हो।
सरकारले अघिल्लो माघमा डा. केसीको आमरण अनसन तोडाउने क्रममा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति नबन्दासम्म नयाँ कलेजलाई सम्झौता नदिने सहमति गरेको थियो। तर, केयुको ६० औं सिनेटले केयु सिनेट सम्बन्धन तथा विस्तारित कार्यक्रमसम्बन्धी नियम, २०७१ पास गरेर वैशाख पहिलो साता दुई कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो। केयुको पछिल्लो कदमसँग डा. केसीले १२ दिनअघि सरकारसँग राखेका माग पूरा गर्न अझै कठिन भएको छ। डा.केसीले आफूले उठाएका कुनै पनि माग पूरा गरिएको ठोस जानकारी नभएको नागरिकलाई बताए।
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए। 'नीतिसम्बन्धी कार्यदल गठनसहित सम्बन्धन प्रक्रिया रोक्ने, आइओएमलाई थप स्वायत्त बनाउने निर्णय कार्यान्वयन गर्ने र अन्य माग पनि पूरा गर्ने सहमति भइसकेको छ,' सुवेदीले भने।
डा. केसीले बटमलाइन पूरा नहुँदासम्म अडान कायम रहने बताएका छन्। उनले सरकारले नीति बनाउने कार्यदल गठन गर्नुपर्ने, केयुबाट सुरु भएको सम्बन्धन प्रक्रिया स्थगित गर्नुपर्ने, आइओएमलाई थप स्वायत्तता दिनुपर्ने र यसअघि बनेका दुई प्रतिवेदनलाई सरकारले स्वीकार गर्नुपर्ने बताए।
डा. केसी चौथोपटक अनसन बसेका बेला सरकारले डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा छुट्टै मेडिकल विश्वविद्यालय स्थापना सम्भाव्यता अध्ययन कार्यदल र मेडिकल कलेज स्थापनासम्बन्धी मापदण्ड बनाउन पूर्व शिक्षा सचिवको संयोजकत्वमा दोस्रो कार्यदल बनाएको थियो। दुवै समितिले शिक्षामन्त्रीलाई बुझाएको प्रतिवेदन मन्त्रालयमा थन्किएको छ। ती प्रतिवेदनलाई स्वीकार गरेर कानुन बनाउन संसदमा लानुपर्ने डा. केसीको भनाइ छ।