काठमाडौं- गढीमाई मेलामा हुने पशुवध व्यवस्थापन गर्न नसक्दा २०५५ सालमा महामारी रोग 'पिपिआर' भित्रिएर धेरै संख्यामा भेडाबाख्रा सखाप भए। सरकारले भ्याक्सिनै उत्पादन गर्नुपर्योा। त्यस्तै अर्को घटना भयो २०६६ मा। परम्परागत रूपमा वध गरिएका रांगाको छाला काटेर मासु व्यवस्थापन गर्दै आएको समुदायले त्यो काम छाडेको सार्वजनिक घोषणा गर्योि। यसले गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिलाई बलि चढाइएका रांगा व्यवस्थापन गर्न हम्मेहम्मे पर्योि। सिनो कुहिएर हैजा फैलिने अवस्थासम्म आएको समितिकै पदाधिकारी बताउ“छन्।
पाँच–पाँच वर्षमा हुने गढीमाई मेला यसपालि सोमबारबाट सुरु भएको छ। २०५५ मा फैलिएको पिपिआर रोगको प्रकोप अझै ६८ जिल्लामा कायमै रहेको पशु चिकित्सक बताउँछन्। उनीहरूका अनुसार पशुहरूलाई लाग्ने चार रोगमध्ये यो सबभन्दा ठूलो हो।
'विगतका घटनाक्रम हेर्दा पनि पशुवध व्यवस्थित गर्नुपर्छ, हामीले गढीमाईमा बलि दिन ल्याइएका पशुको स्वास्थ्य परीक्षण गर्न नसक्दा पिपिआरजस्तो महामारी फैलियो,' पशुसेवा निर्देशनालयका पूर्व क्षेत्रीय निर्देशक डा. बोधप्रसाद पराजुलीले मंगलबार नागरिकसँग भने, 'राज्यले धेरै क्षति बेहोर्नुपर्योा, अहिले पनि त्यो रोग निर्मूल भइसकेको छैन।'
यसका लागि सरकारले पशुवन व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाए पनि कार्यान्वयनमा नलगी कृषि मन्त्रालयमा थन्काएर राखिएको उनले बताए।
केन्द्रीय पशु स्वास्थ्य निर्देशनालयले पशु कल्याण सञ्जालको पहलमा कार्ययोजना बनाएको हो। अमेरिकी संस्था एचएसआईको आर्थिक सहयोगमा लागू गर्ने भनिएको उक्त कार्ययोजनाको मस्यौदा गत कात्तिक १७ गते पशु सेवा विभाग पठाइएको थियो। विभागले तत्काल उक्त मस्यौदा कृषि मन्त्रालय पठायो।
'हामीले कार्ययोजनाको मस्यौदा तयार पारी विदेशी संस्थास“ग सम्झौता गर्ने अनुमति मागेर विभागलाई पत्र पठाइसकेका छौं,' निर्देशनालयका वरिष्ठ पशु चिकित्सक तथा कार्ययोजना तयारी समितिका सदस्य–सचिव डा. उमेश दाहालले नागरिकस“ग भने, 'त्यो फाइल विभागले मन्त्रालय पठाएको सुनेको छु। फिर्ता आए–नआएको बारे कुनै जानकारी छैन।'
पशु सेवा विभागका निमित्त महानिर्देशक विजयकान्त झाले फाइल मन्त्रालयमै थन्किएको जानकारी दिए। कृषिसचिव जयमुकुन्द खनाल भने कार्ययोजनाको फाइल पर्यटन मन्त्रालयमा पठाएको संक्षिप्त जानकारी दिएर पन्छिए। 'फाइल आए–नआएको थाहा भएन,' उनले भने।
भक्तजनको आस्थामा खलल नपुग्ने गरी बलिका लागि ल्याइने पशु जाँच्ने, स्थानीय पशुलाई भ्याक्सिन दिने र रोग फैलिनेबारे स्थानीयलाई सजग बनाउने कार्यक्रम ल्याउन जरुरी भएको डा. पराजुली बताउँछन्। 'रोगी पशु वध गरियो भने कुनै पनि बेला घातक जीवाणु र रोग देखिनसक्छ,' उनले भने।
कार्ययोजनाले पशुबलि व्यवस्थापनका समग्र पक्ष समेटेको छ। विभिन्न स्थानमा स्वास्थ्य जा“च, भ्याक्सिन, पशु बलि दिने ठाउँ व्यवस्थापन, बलिपछिको व्यवस्थापन र पशु कल्याणका केही मुद्दा कार्ययोजनामा समेटिएको डा. दाहालले बताए। यसमा जनचेतना कार्यक्रमअन्तर्गत सरसफाइ, खानेपानी र बास व्यवस्थापन तथा मापदण्डसमेत छन्।
स्थानीय संस्था मुनलाइट युवा क्लबका संयोजक पवन व्याहुतले केन्द्रमा कार्ययोजना बनेको जानकारी प्राप्त भए पनि त्यसबारे स्थानीय तहमा कुनै काम नभएको बताए। 'सरकारले योजना बनाएर बलि व्यवस्थापन गर्नुपर्छ, अनि मात्र प्रभावकारी हुन्छ,' उनले भने, 'सरकारले यसपटक पनि लापरबाही गरिरहेको छ।'
व्याहुतका अनुसार स्थानीयले बलि दिन पशुचौपाया ल्याएर राख्न थालिसकेका छन्। बाहिरबाट आउने भक्तजन पनि पशुचौपाया लिएर आइरहेका छन्। 'यी पशुको स्वास्थ्य परीक्षण भएको मैले पाएको छैन,' उनले भने।
स्वास्थ्य निर्देशनालयका चिकित्सक डा. दाहालले भने गढीमाई वरपरको बस्तीका पशु चौपायालाई रोग नफैलियोस् भनेर भ्याक्सिन लगाउने काम भइसकेको जानकारी दिए। 'हामी नियमित कार्यक्रम र बजेटअनुसार काम गरिरहेका छौं,' उनले भने, 'कार्ययोजनाका लागि गर्ने भनिएको वित्तीय सम्झौताको अनुमति आयो भने मात्र विशेष कार्यक्रम सञ्चालन गर्न सकिन्छ।'
यसपटक बलिका लागि ल्याइने पशु भने कम हुनसक्ने उनले बताए। उनका अनुसार अघिल्ला मेलाको तुलनामा बलि झन्डै आधा घट्नसक्छ। 'भारतका केन्द्रीय र राज्य सरकारले बलिका लागि नेपालमा पशु निर्यात गर्न प्रतिबन्ध लगाउँदै सिमाक्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ,' उनले भने, 'यसले पनि बलि कम हुने सम्भावना छ।'
'बलिमा करकाप छैन'
गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव तथा मेला व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहले भक्तजनले इच्छाअनुसार मात्र बलि दिने र कसैलाई करकाप नभएको बताएका छन्।
पशुचौपायाको कान अलिकति काटेर पनि बलि दिने चलन रहेको उनले बताए। 'कान काट्दा पनि बलि नै मानिन्छ,' उनले भने, 'धेरै भक्तजनले कान काटेर रांगा र पाडा आफूस“गै लैजाने गरेका छन्।' कुशवाहले भक्तजनको आस्थामा खलल नपुग्ने गरी पूजा व्यवस्थापनको तयारी गरेको जानकारी दिए।
'पशु कल्याणबारे गढीमाई मेलाको पूर्वसन्ध्यामा मात्र होइन, नियमित जनचेतना जगाउनुपर्छ,' उनले भने, 'मेला आउन थालेपछि मात्र हल्ला गरेर हुँदैन। विस्तारै जनचेतना जगाइयो भने मात्र प्रभावकारी हुन्छ।'