काठमाडौं— चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति नबन्दासम्म नयाँ मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन प्रधानमन्त्रीले निर्देशन दिए पनि शिक्षा मन्त्रालयले यससम्बन्धी पत्र पठाउन आलटाल गर्दै आएको छ। प्रधानमन्त्री सुशील कोइरालाले गत कात्तिक २४ गते विभिन्न उच्च अधिकारीको बैठक बोलाएर त्रिभुवन र काठमाडौं विश्वविद्यालयअन्तर्गत नयाँ मेडिकल कलेजको सम्बन्धन प्रक्रिया रोक्न निर्देशन दिएका थिए।प्रधानमन्त्रीको निर्देशन र त्यसपछि विभिन्न चरणमा भएका उच्चस्तरीय बैठकले सम्बन्धित विश्वविद्यालयलाई पत्राचार गर्न ताकेता गरे पनि शिक्षा मन्त्रालयले बुधबार दिउँसोसम्म काठमाडौं विश्वविद्यालय (केयु) लाई पत्राचार नगरेको प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यले बताए ।
मंगलबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकमा समेत केयुलाई सम्बन्धन प्रक्रिया रोक्न निर्देशन दिने सहमति भएको जानकारी दिँदै आचार्यले बुधबार नागरिकसँग भने, 'हिजै चिठी पठाउँछु भन्नुभएको थियो, मैले आज दिउँसो २ बजे चिठीको प्रति फ्याक्स गर्नुस् भन्दा त पठाएकै रहेनछन् ।'
प्रधानमन्त्रीको निर्देशनकै आधारमा त्रिविले कात्तिक २५ को फ्याकल्टी बोर्ड बैठकबाटै सम्बन्धन प्रक्रिया स्थगित गरिसकेको छ । केयुअन्तर्गतका विराट र देवदह मेडिकल कलेजले भने मंगलबार नयाँ भर्ना खोलेका छन् ।
शिक्षा मन्त्रालयले नै निर्णय कार्यान्वयनमा आलटाल गरिरहेको प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार आचार्यको भनाइ छ । 'मैले मुख्य सचिवलाई फोन गरेर सोधेँ,' उनले थपे, 'उहाँले पनि थाहा छैन भन्नुभयो ।'
मुख्यसचिव लीलामाणि पौडेलले भने पत्र पठाउने निर्णय भए पनि गए÷नगएको बारे यकिन नभएको बताए । शिक्षा मन्त्रालयका अधिकारीले यसबारे औपचारिक प्रतिक्रिया दिन मानेनन् ।
मन्त्रालय स्रोतका अनुसार दुई कलेजलाई सम्बन्धन दिने सिनेट बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन् । सहकुलपतिको हैसियतमा शिक्षामन्त्री चित्रलेखा यादव नेतृत्वकै बैठकले सम्बन्धन दिने निर्णय गरेकाले उनी प्रक्रिया रोक्ने पक्षमा छैनन् ।
टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग पूरा गराउन कात्तिक २४ गते प्रधानमन्त्री कोइरालाले बालुवाटारमा बैठक बोलाएर चारबुँदे निर्देशन जारी गरेका थिए । त्यसअनुसार चिकित्सा शिक्षासम्बन्धी नीति निर्माण गर्न कार्यदल बनाउने, केयुलाई सम्बन्धन र एवं भर्ना प्रक्रिया रोक्न निर्देशन दिने, यसअघिका सहमति कार्यान्वयन स्वास्थ्य मन्त्रालयमार्फत गर्ने, मेडिकल विश्वविद्यालय र मेडिकल कलेज स्थापनासम्बन्धी मापदण्ड बिहीबारको मन्त्रिपरिषदमा लैजाने र तत्काल सिनेटमार्फत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई थप स्वायत्तता दिने प्रतिबद्धता गरिएको थियो ।
शिक्षा मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनअनुसार चिकित्सा शिक्षा नीति बनाउन त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाको संयोजकत्वमा सोमबारै कार्यदल गठन गरिसकेको छ । कार्यदल गठनको निर्णयलाई डा. केसीले 'सकारात्मक' बताएका छन् ।