काठमाडौं- राजधानीको रत्नपार्कमा करिब चार महिनाभित्र बाल तथा अपाङ्गमैत्री शौचालय निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिका र युनिसेफ नेपालले शौचालय संयुक्त निर्माण गर्नका लागि बिहीबार शिलन्यास गरिएको हो।
सफा, हराभरा र बालमैत्री काठमाडौं अवधारणअनुरुप युनिसेफले सहयोग गर्न लागेको जनाएको छ। साथै रत्नपार्कको दक्षिण-पश्चिम कुनामा शौचालय एवं उत्तर-पूर्व र उत्तर-पश्चित कुनामा बाल बगैंचा निर्माण गरिने महानगरपालिकाले जनाएको छ।
बिहीबार रत्नचपार्क परिसरमा युनिसेफ र नेपाल सरकारका प्रतिनिधिहरुले शौचालयको शिलन्यास गरेका थिए। बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको २५ वर्ष पुगेको भन्दै यस्तो पहल सुरु गरिएको कार्यक्रममा जानकारी गराइयो। साथै सहरी क्षेत्रमा सार्वजनिक शौचालयको प्रवर्दन गर्नका लागि पनि शौचालय निर्माण गर्न थालिएको युनेस्कोले जनाएको छ।
बालबालिकाका लागि सहरी क्षेत्रमा खाली ठाउको अभाव भएकाले उनीहरुका लागि खुला ठाउँको रुपमा रत्नथपार्कलाई व्यवस्थित गरिन लगिएको महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले जानकारी दिए।