काठमाडौं- सार्क सम्मेलन क्रममा सदस्यराष्ट्रका सरकार प्रमुखसँगै आउने व्यक्तिगत सुरक्षागार्डले मुख्य कार्यक्रमस्थलमा प्रवेश नपाउने भएका छन्। उनीहरूले कार्यक्रम भवनसम्म प्रवेश पाए पनि मुख्य कार्यक्रम हलमा प्रवेश नदिने गरी सरकारले सुरक्षा तयारी गरेको छ।
गृहले बनाएको सार्क सम्मेलनको सुरक्षा योजनामा भित्री हलको सम्पूर्ण सुरक्षा जिम्मा आयोजक राष्ट्रको सुरक्षा संगठनलाई तोकिएको छ। 'विशिष्ट पाहुनासँगै आउने बडिगार्ड कार्यक्रम भवनभित्र जान सक्छन् तर मुख्य कार्यक्रम हलमा प्रवेश गर्न पाउँदैनन्,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बिहीबार नागरिकसँग भने, 'सुरक्षाकर्मी कार्यक्रम हलबाहिरै रहन्छन्।'
योजनाअनुसार सार्क सम्मेलन अवधिभर कार्यक्रमस्थल, अतिथिको आवासगृह, कारकेड, भ्रमण क्षेत्रलगायत सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका २८ हजार सुरक्षाकर्मी परिचालित हुने प्रवक्ता ढकालले जानकारी दिए।
'सार्क सम्मेलन अवधिभर बन्ने कार्यक्रमको सुरक्षा प्रबन्धका लागि सबै सुरक्षा संगठनका करिब २८ हजार सुरक्षाकर्मी परिचालित हुनेछन्,' ढकालले भने, 'त्यसैअनुसार सुरक्षा योजना बनाएर अभ्याससमेत सुरु भइसकेको छ।'
योजनाअनुसार सम्मेलनमा भाग लिन आउने विशिष्ट अतिथि र अतिथिको सुरक्षाका लागि गृह मन्त्रालयमा कमान्ड पोस्ट खडा गरी सुरक्षाकर्मी परिचालित हुनेछन्। कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीलाई आवश्यक परिचालन र निर्देशन सोही कमान्ड पोस्टबाट जानेछ।
गृह मन्त्रालयको शान्ति–सुरक्षा महाशाखा प्रमुखले लिड गर्ने कमान्ड पोस्टमा सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रहनेछन्।
सार्क सम्मेलन तयारीकै क्रममा गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा तथा यातायात समिति बनिसकेको छ। उक्त समितिभन्दा तल गृह र रक्षामन्त्रीसहित सबै सुरक्षा संगठनका प्रमुख रहेको केन्द्रीय निर्देशन समिति बनिसकेको छ। कमान्ड पोस्टले निर्णय गर्न नसक्ने कुनै सुरक्षा संकट आए निर्देशन समिति सक्रिय हुनेछ।
सुरक्षा प्रबन्धमा चारै संगठनका सुरक्षाकर्मी एकीकृत रूपमा परिचालित हुने प्रवक्ता ढकालले जानकारी दिए। उनका अनुसार सम्मेलन अवधिभर सार्क सुरक्षामा परिचालित सैनिकसमेत गृह मातहत नै रहनेछन्।
नेपाल सरकारले सार्क सम्मेलनको तयारी सुरु गरेलगत्तै सुरक्षा प्रबन्धबारे जानकारी दिन भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका सुरक्षा अधिकारी नेपाल आएर अवलोकन गरेका थिए।
सुरक्षा योजनामा कार्यक्रमस्थल, निवासस्थल, कारकेड, भ्रमणस्थलसँगै खाद्यको समेत छुट्टाछुट्टै सुरक्षा रणनीति बनाइएको छ। सुरक्षा संवेदनशीलता हेरेर भान्छा र व्यक्तिगत सवारी चालकको जिम्मेवारीसमेत सुरक्षा संगठनले नै लिएको छ।
राष्ट्रप्रमुख र पाहुनाको सुरक्षामा सेनाको विशेष सुरक्षा बलका सुरक्षाकर्मी खटिनेछन्। कारकेडको सुरक्षामा भिभिआइपी सवार गाडीलाई उनीहरूले नै मुख्य सुरक्षा दिनेछन्। कार्यक्रमस्थल, निवास र भिभिआइपीको सुरक्षामा दुवै प्रहरी संगठनबाट विशिष्ट सुरक्षा तालिम लिएका सुरक्षाकर्मी खटिनेछन्।
जानकार अधिकारीका अनुसार नेपाल प्रहरीले सुरक्षा महाशाखामा रहेका करिब २ सय भिभिआइपीको सुरक्षामा पोख्त प्रहरी कर्मचारीसँगै विशेष कार्यदलका करिब १ हजार ५ सय प्रहरी परिचालनलाई प्राथमिकता दिएको छ।
विशिष्ट अतिथिको भौतिक सुरक्षासँगै सम्मानको सुरक्षासमेत उत्तिकै महत्वपूर्ण हुने भएकाले सम्मानमा कहीँ, कतैबाट कमी नहोस् भन्नेमा समेत सुरक्षा योजना केन्द्रित रहेको एक जानकार अधिकारीले बताए।
विरोध प्रदर्शन, नाराबाजी, कालोझन्डा प्रदर्शनजस्ता गतिविधि हुनसक्ने भन्दै लक्षित समूहको निगरानीलाई समेत उत्तिकै महत्व दिइएको छ। मोदीको यसअघिको भ्रमणताका गृहले ६ घेराको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो। सार्कमा सहभागी हुने आठ राष्ट्रका सरकार प्रमुखका लागि चार घेराको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकार स्रोतले बतायो।
चुस्त सुरक्षाका लागि सरकारले भिभिआइपीको आवागमन हुने स्थानमा प्रविधिमार्फत निगरानीको प्रबन्ध गरिसकेको छ। नेपाल प्रहरी र नेपाली सेनाले अनुगमन गर्ने गरी ३ सय २ वटा सिसिटिभी जडान भइसकेका छन्।
जानकार अधिकारीका अनुसार विमानस्थलदेखि सोल्टी होटल, सोल्टीबाट राष्ट्रिय सभागृह, सभागृहबाट शीतलनिवास क्षेत्रमा सिसिटिभी जडान भइसकेको छ। कार्यक्रमस्थलभित्र र बाहिर तथा होटल परिसरको निगरानीमा सुरक्षाकर्मीसँगै सिसिटिभीसमेत जडान गरिएको छ।
सम्मेलनमा सहभागी राष्ट्रप्रमुखको कारकेड, सम्मेलनस्थल र निवासमा फ्रिक्वेन्सीमार्फत हुनसक्ने सुरक्षा खतरा कम गर्न चारवटा मोबाइल जामर प्रयोग हुँदैछ। मोबाइल जामर किन्न सरकारले चार करोड निकासा गरेपछि प्रहरी प्रधान कार्यालयले चीनमा निर्मित चारवटा जामर ल्याउने प्रक्रिया अघि बढाइसकेको छ। सरकारले सुरक्षामा भेइकल स्क्यानर, वाकथु्र गेट, आधुनिक सञ्चार सेट, डिजिटल परिचयपत्रलगायत आधुनिक प्रविधिसमेत प्रयोगमा ल्याउँदैछ।
सवारी चाप र भिड व्यवस्थापनका लागि सरकारले सम्मेलन हुने १० र ११ गते सार्वजनिक बिदा दिने, सवारी जोर र बिजोरमा चलाउने र विद्यालय बन्द गर्ने सरकारले निर्णय गरिसकेको छ।