इटहरी प्रहरीले दुई जनाविरुद्ध मानव वेचविखनको मुद्दा दर्ता गरेको छ।
होटल सञ्चालन गर्दा आर्थिक फाइदाका लागि युवतीलाई अनेक प्रलोभन दिएर ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउने र युवतीसँग शारीरिक सम्पर्क गर्नेलाई प्रहरीले मुद्दा चलाएको जनाएको छ। प्रहरीले इटहरी वडा न. ९ मा रिभरसाईड होटल एण्ड लजमा व्यवस्थापकको काम गर्ने इटहरी वडा नं. ४ कै ३६ वर्षे गौतम लेप्चा र संखुवासभा नुम गाउँपालिका वडा नं. ५ का २० वर्षे मिनराज पराजुलीलाई मुद्दा चलाएको हो।
होटलका व्यवस्थापक गेल्चाले युवतीलाई होटलमा ल्याएर राखी आउने ग्राहकसँग यौन सम्पर्क गर्न लगाउने गरेको अनुुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका सई गोविन्द खवासले बताए। उनका अनुसार काम विशेषले काकासँग संखुवासभबाट पराजुली इटहरी आएका थिए। काका कामले अन्यत्र गएका बेला उनी भने होटलमा पुगेर तोकेजति पैसा तिरेर युवतीसँग शारीरिक सम्पर्क गरेको खुलेको छ।
विशेषगरी, होटल सञ्चालन गर्दा आर्थिक फाइदाका लागि युवतीलाईं अनेक प्रलोभन दिएर ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउने क्रम बढ्दो छ। यस्ता कार्य गर्नमा होटल सञ्चालकले नै युवतीलाई ग्राहकसँग बसाएर शारीरिक सम्पर्क गर्न लगाउन उद्यत हुने गरेका छन्।
पूर्व पश्चिम तथा कोसी राजमार्ग आसपासका सुनसरीका विभिन्न स्थानमा सञ्चालित केही होटल सञ्चालकले युवती राखेर यौनधन्दा गर्ने गर्छन्। जिल्लाका विभिन्न स्थानभन्दा सबैभन्दा बढी इटहरी क्षेत्रमा सञ्चालित होटल सञ्चालकलाई मानव बेचबिखन मुद्दा चलाउँदै आएको छ।
पछिल्लो समय इटहरी तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ। तर, पनि बेला बेलामा घटना दोहोरिने गरेको छ। प्रहरीले कडाई गर्न छाडे पुनः यौनधन्दा मौलाउने हुँदा चेकजाँच भने रोकेको छैन।