सिलिगुढी- अलग राज्य माग गर्दै लामो समयदेखि संघर्षरत गोर्खाली नागरिकको आवाज बनेर उदाएका नेपाली भाषाका अखबार धमाधम बन्द हुँदैछन्। १५ लाखभन्दा बढी नेपालीभाषीको बसोबास रहेको दार्जिलिङमा नेपाली अखबार नै संकटमा पर्दा त्यसको असर स्थानीय समुदायलाई नै बढी पर्ने यहाँका लेखकको अनुभव छ।पूर्वोत्तर भारतमा बस्ने नेपालीभाषीलाई लक्ष्य गरेर सुरु भएका नेपाली भाषाका अखबार टिक्न नसकेर बन्द भएका हुन् । पश्चिम बंगालको नेपालीभाषी बाहुल्य भएको दार्जिलिङ जिल्लाभरि कुनैबेला बाक्लो उपस्थिति जनाउने नेपाली भाषाका दैनिक तथा साप्ताहिक पत्रिका अहिले हराएका छन्।
दार्जिलिङको मुख्य व्यापारिक नगर सिलिगुढीलाई आधार बनाएर निस्कने ती पत्रिकामध्ये पछिल्लो दशक एक दर्जनभन्दा बढी बन्द भइसकेका छन्। 'यहाँबाट निस्कने नेपालीभाषाका अखबार टिकाउनै सकिएन,' सिलिगुढीका पुराना पत्रकार युवराज काफ्ले भन्छन्, 'अधिकांश ब्रोडसिट दैनिक थिए, धेरैजसो बन्द भइसके।'
सिलिगुढीबाट निस्केका नेपालीभाषाका केही अखबारमा लामो समय सम्पादकको जिम्मेवारी सम्हालेका काफ्लेका अनुसार 'सधैं राज्यको उपेक्षामा परेका नेपालीभाषीको अस्तित्व रक्षाका लागि आवाज उठाउने' लक्ष्य राखेर नेपाली भाषाका अखबार निस्कने गर्थे। 'जातीय एकतालाई मजबुत पार्न र गोर्खाल्यान्ड आन्दोलनका पक्षमा जनमत बटुल्न यी पत्रिकाले ठूलो भूमिका खेलेका छन्,' उनले थपे, 'तर नेपालीभाषी बाहुल्य भएकै ठाउँमा नेपाली तेस्रो भाषाजस्तो भयो। यसले नयाँ पुस्ताको पाठकलाई आकर्षित गरेन। त्यसैले पत्रिका धमाधम बन्द भए।' उनले यसको परोक्ष असर यहाँको गोर्खा आन्दोलनमा पर्ने उल्लेख गरे।
दार्जिलिङ पहाडलाई मुख्य बजार ठानेर निस्किएको नेपाली भाषाको पहिलो दैनिक अखबार थियो– हिमालचुली दैनिक। सुवास तालुकदार प्रकाशक रहेको उक्त अखबारको सम्पादक शिवकुमार राई थिए। चर्चित कथा 'पालाको पैंचो' का लेखक राईको नेतृत्वमा निस्किएको सोही अखबारले पूर्वोत्तर भारतमा नेपाली भाषाको पत्रकारिताको ढोका उघारेको यहाँका पाका पत्रकार बताउँँछन्। सुरु मिति यकिन भन्न नसकेका उनीहरुले सन् १९९० मा सो अखबार बन्द भएको जानकारी दिए। त्यसयता अन्य दैनिक र साप्ताहिक अखबार आउने र बन्द हुने क्रम निरन्तर छ।
'पाँच–सात वर्षअघिसम्म यहाँको बजारमा नेपाली भाषाको पत्रिकाको चार्म थियो,' दि इको अफ इन्डियाका दार्जिलिङ व्युरो चिफ प्रशान्त आचार्य भन्छन्, 'तर अचेल त्यो छैन।' उनका अनुसार पश्चिम बंगालका अधिकांश स्कुल कलेजमा यतिबेला पहिलो भाषाका रुपमा अंग्रेजी पढाइ हुन्छ। दोस्रो भाषामा हिन्दी वा बंगाली। तेस्रो प्राथमिकतामा मात्रै नेपाली भाषा पर्ने उनले बताए। 'यसले गर्दा नयाँ पुस्ताको आकर्षण अंग्रेजी अखबारमा छ,' आचार्यले भने, 'यसले पत्रिकाको ग्राहक संख्या घटायो। जसले विज्ञापन बजारमा असर गर्यो्। अनि धान्न नसकेर अखबार धमाधम बन्द भए।' यहाँका अखबारले विज्ञापन पाउने आधार कोलकाताको अखबारसम्बन्धी मूल्यांकन गर्ने सरकारी कार्यालयमा भर पर्छ। उक्त कार्यालयले अखबारको बजारबारे नियमित अनुगमन गर्ने, त्यसबारे रिपोर्ट सार्वजनिक गरिरहने र विज्ञापनदाताले सोहीअनुसार विज्ञापन दिने गरेको पत्रकार विजय रुचाल बताउँछन्।
सन् १९९२ मा प्रसिद्ध इतिहासकार डा. कुमार प्रधानको नेतृत्वमा सुनचरी दैनिक प्रकाशन सुरु भएको थियो। तर, यो अखबार पनि सन् २०१० सम्म मात्रै टिक्न सक्यो। लगत्तै सोही अखबारको टिमले सन् २०१० मै सुनाखरी दैनिक पनि निकाल्यो। तर, त्यो पनि वर्षदिनभन्दा बढी चलेन। सिक्किमलाई मुख्य प्रभाव क्षेत्र बनाउने भन्दै ठूलो लगानीका साथ सन् २००६ मा प्रभात पाठकको सम्पादकत्वमा सुरु हाम्रो पहाड दैनिक पनि चानचुन एक वर्षमात्रै निस्कियो। यसबाहेक अब दैनिक, सगरमाथा दैनिक, हिमाली आमा दैनिकलगायत अखबार केही समय निस्कँदै बन्द हुँदै गरेका छन्। सन् २०१० यता कुनै पनि नयाँ नेपाली अखबार बजारमा आएका छैनन्। यही अवस्थामा आउन नसक्ने अनुमान यहाँका नेपाली पत्रकारको छ।
दैनिकबाहेक दार्जिलिङमा साप्ताहिक अखबारको 'क्रेज' पनि कुनैबेला राम्रै थियो। तर, ब्रेाडसिट दैनिक नै धमाधम थला पर्न थालेपछि सानो लगानीका साप्ताहिकले पनि विरासत जोगाउन सकेनन्। कवि तथा पत्रकार राजा पुनियानी सम्पादक रहेर सन् १९९९ मा सुरु भएको आत्मनिर्णय साप्ताहिक एक वर्षमात्रै टिक्यो। त्यसबाहेक कालचक्र, भारतीलगायत आधा दर्जन साप्ताहिक पनि निस्कँदै बन्द हुँदै गरे।
सिलिगुढी तथा दार्जिलिङ, सिक्किमलाई आधार बनाएर नेपाली भाषामै पत्रकारिता गरिरहेका पत्रकारको संख्या डेढ सयभन्दा बढी रहेको अनुमान यहाँका पत्रकारको छ। 'आफ्नो मातृभाषामा पत्रकारिता गर्न पाउँदा गौरवबोध हुन्छ,' अंग्रेजीका अलावा नेपाली भाषामा पनि कलम चलाइरहेका आचार्य थप्छन्, 'तर बजार हाम्रो इच्छाअनुसारको छैन। यो चिन्ताको विषय हो।' उनका अनुसार अहिले सिलिगुढीबाट निस्कने हिमालय दर्पण दैनिक भारतभरिकै सबैभन्दा धेरै बिक्री हुने नेपाली भाषाको अखबार हो। त्यसबाहेक सिक्किमबाट प्रकाशित हुने आजको सिक्किम र सिलिगुढीकै स्वर्णभूमि दैनिक पनि चलेका अखबार हुन्। 'यीबाहेक अन्य बजारमा छैनन्,' उनले भने, 'भए पनि अस्तित्वमा छैनन्।'