ढाका- 'तपाईं कुन लेभल अध्ययनरत?'
'खोइ, थर्ड हो या फोर्थ, था'छैन।'
नागरिककर्मीको सोधाइमा बडियापट्टी, सिरहाका श्याम यादवले दिएको जवाफ हो यो। ढाकास्थित बडीधाराको नेपाली दूतावासमा भेटिएका अल्लारे यादव गहिरो तनाबमा देखिन्थे। डाक्टर बन्ने सपना बोकेर चिकित्साविज्ञान पढ्न बंगलादेश आएका उनको मुहारमा कान्ति र बोलीमा नम्रपन थिएन। यादव हिँडिसकेपछि दूतावासका काउन्सिलर सुशीलकुमार लम्सालले भने, 'बंगलादेशमा अध्ययनरत आधाजसो नेपाली विद्यार्थी प्रायः यस्तै तनाबमा भेटिन्छन्।'सन् १९७१ मा स्वतन्त्र हुनुअघि नै चिकित्साविज्ञानमा ख्याति कमाएको बंगलादेशको शिक्षा डाक्टर बन्न चाहने नेपाली विद्यार्थीका लागि कुनै समय औधी आकर्षक थियो। तर, शिक्षामा व्यापारीकरण हुँदै जाँदा बग्रेल्ती खुलेका मेडिकल कलेज, तिनको घट्दो विश्वसनीयता, कमजोर पूर्वाधार र व्यवस्थापनले नेपाली विद्यार्थी मर्कामा छन्। डाक्टर बन्ने लालसा बोकेका कतिपय युवा घरका न घाटका हुँदैछन्।
दूतावासका अनुसार बंगलादेशका विभिन्न कलेजमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। तीमध्ये चिकित्साविज्ञान अध्ययन गर्नेको संख्या झन्डै ९५ प्रतिशत छ। कृषि, फार्मेसी, इन्जिनियरिङ अध्ययन गर्ने नगण्य छन्। सिलहटस्थित राजीव रवैया मेडिकल कलेजमा सबैभन्दा धेरै (झन्डै २ सय ५०) नेपाली विद्यार्थी छन्। चटगाउँको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (युएसटिसी) मा २ सय, रङपुर डेन्टल कलेजमा १ सय ५० र ढाका मेडिकल कलेजमा १ सयजति विद्यार्थी छन्।
'पहिले ख्याति कमाएका कलेजमा मात्रै नेपाली विद्यार्थी पढ्न आउँथे, अहिले नयाँ खुलेकामा पनि फाट्टफुट्ट भेटिन्छन्,' काउन्सिलर लम्सालले भने, 'स्तरीयमा पढ्न आउन्जेल खासै समस्या थिएन, नयाँमा आउन थालेपछि समस्या देखापर्न थालेको हो।' विद्यार्थी आकर्षित गर्न विभिन्न नारा लिएका त्यस्ता कलेजको पढाइ स्तरीय नहुने र विद्यार्थी उत्तीर्ण नहुने प्रमुख समस्या छन्। ख्याति कमाएका कलेजमा जोकोही विद्यार्थीले सजिलै भर्ना पाउँदैनन्।
वर्ल्डवाइड नेप्लिज स्टुडेन्ट अर्गनाइजेसन बंगलादेशका पूर्वअध्यक्ष अमित गिरीका अनुसार यहाँ २८ हजारदेखि ४५ हजार डलरसम्म खर्चिएर चिकित्साविज्ञान अध्ययन गर्ने नेपाली विद्यार्थी छन्। कलेजैपिच्छे शुल्क र सुविधा फरक छ। कुनैमा होस्टल बसेबापत अलग्गै खर्च बेहोर्नुपर्छ, कुनैले शुल्कमै समाहित गरेका हुन्छन्। नेपालका कन्सल्ट्यान्सीमार्फत आउने विद्यार्थी दलालबाट ठगिएको गुनासो दूतावासमा आइरहन्छ। पहिल्यै शुल्क बुझेका कलेजले सम्झौताबमोजिम पढाउ“दैनन्। नतिजा– विद्यार्थी अनुत्तीर्ण हुन्छन्।
'पढाइमा तेज हुँदाहुँदै पनि सबै विद्यार्थी त्यतिका पैसा खर्चेर डाक्टर पढ्ने हैसियतमा हुँदैनन्,' गुल्सन मार्केटको साहब उद्दिन मेडिकल कलेज अध्ययनरत गिरीले भने, 'दलालले सस्तोमै पढाइदिने आश्वासन दिँदा घरजग्गा बेचेर आएका थुप्रै विद्यार्थी बिलखबन्दमा पर्छन्।'
चार वर्षदेखि एउटै कक्षा दोहोर्याेइरहने नेपाली विद्यार्थीसमेत भेटेका उनी पैसा खर्चेकै भरमा डाक्टर बन्न चाहनेहरू समस्यामा परेको बताउँछन्। एसएलसी र प्लसटुमा सामान्य अंक ल्याएका विद्यार्थीसमेत दलाललाई पैसा बुझाएर डाक्टर पढ्न आउँदा अनुत्तीर्ण भइरहेका हुन्। 'क्षमता भएकालाई ख्यातिप्राप्त कलेजको परीक्षा पनि सामान्यै लाग्छ, पास भइहाल्छन्,' गिरीले नागरिकलाई सुनाए, 'पैसाकै भरमा सर्टिफिकेट हात पार्ने योजना बुनेका विद्यार्थीलाई भने निजी कलेजको परीक्षाले पनि सधैं भूत बनेर तर्साइरहन्छ।'
चटगाउँको युएसटिसीमा चार वर्षअघि विद्यार्थीबीच भएको हिंसात्मक घटनाले पनि बंगलादेश अध्ययन गर्न आउने नेपालीको संख्या घटेको हो। होस्टल बस्ने र डेरामा रहने विद्यार्थीको समूहबीच आक्रमण हुँदा उक्त एक नेपालीको ज्यान गएको थियो। १४ जना घाइते थिए। 'बंगलादेशमा नेपाली विद्यार्थीको छवि त्यो घटनापछि बिग्रियो,' गिरीले सुनाए, 'त्यसै बेलादेखि निजी कलेज छ्यापछ्याप्ती खुल्न थाले र क्षमता नभएका विद्यार्थीसमेत आउन थाले। त्यसपछि नेपाली विद्यार्थीले झनै दुःख पाउन थाले।'
कुनै बेला ३ हजारभन्दा बढीको संख्यामा अध्ययनरत नेपाली विद्यार्थी उक्त घटनापछि स्वदेश फर्किन थालेको अर्का विद्यार्थी यादव बताउँछन्। 'बंगलादेशमा मेडिकल साइन्स पढ्ने मात्रै ३ हजारजति थिए, चट्गाउँको झडपपछि पुराना विद्यार्थी पनि फर्किए भने नयाँ आउने घटे,' यादवले भने, 'स्वदेशमै सस्तो पैसामा पढाइ हुने कलेज खुलेकाले पनि बंगलादेशप्रतिको आकर्षण कम भयो।' ढाका युनिभर्सिटीको पढाइप्रति भने आकर्षण उस्तै छ। त्यहा“बाट एमबिबिएस सक्ने विद्यार्थीको अझै सबैतिर माग छ।
नेपाल मेडिकल काउन्सिलले 'ब्ल्याक लिस्ट'मा राखेका कतिपय मेडिकल कलेजको सूचीमा बंगलादेशका समेत केही परेको जनाउँदै बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ 'नराम्राका कारण राम्रा कलेजले पनि साख गुमाउनुपरेको' बताउँछन्। 'बंगलादेशको चिकित्साविज्ञान धेरै देशमा नामुद छ,' श्रेष्ठ भन्छन्, 'तर, पैसाको लोभमा जस्तासुकै विद्यार्थी भर्ना गरेर अंग्रेजी माध्यममा समेत नपढाउने कलेजको बिगबिगीले प्रतिष्ठित कलेजको साख बर्सेनि गुम्दैछ।'