काठमाडौं— नक्कली भारतीय रूपैयाँ कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कामाडौं महानगरपालिका, महाँकाल-७ घर भइ बिष्णु बुढानिलकण्ठ-४ बस्ने अनिल भन्ने दिनेश कोइराला र विराटनगर पोखरिया र कलंकीका स्थायी बासिन्दा अनिल भन्ने मणिराज निरौलालाई नक्कली भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो।मणिराजले नक्कणली भारतीय रुपैयाँको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा ब्युरोको टोली पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। प्रहरीलाई बयान दिने क्रममा उनले १ लाख ४१ हजार नक्कली भारु दिनेशलाई राख्न दिएको र काठमाडौंमा सटही गर्ने लक्ष्य रहेको बताएपछि प्रहरीले कात्तिक १७ गते दिनेशको घर खानतलासी गर्दा १ लाख ४१ हजार नक्कली भारु बरामद गरेको हो। बरामद नक्कली भारुमध्ये १ हजार दरका नोट १५ थान (१५ हजार) , ५ सय दरका २५२ थान (१ लाख २६ हजार) छन्।
नक्कली भारु कारोबारी संलग्न कोइराला र निरौला दुवै जना काठमाडौंका जग्गा दलाल हुन्।
पक्राउ दुवैलाई प्रहरीले मंसिर ७ गते अदालत समक्ष पेश गरेको छ। खोटाचलन मुद्दाको तयारी भइरहेका दुवै जना पुर्वपक्षका लागि थुनामा छन्।