जुम्लाको राहदेव मावि मोफ्लामा सधै जसो खानेपानीको निकै समस्य भइरहन्थ्यो। पानी प्रयाप्त थिएन। भएको पानी पनि हिउँदको समयमा जमेर आउदैनथ्यो।
खानेपानीको काकाकुल नै हुने गरेको थियो। घरबाट पानी बोकेर ल्याउनु पर्ने विद्यार्थीको बाध्यता थियो। तर प्लानइन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणमा विद्यालयमा बालमैत्री धारो बनेपछि निकै सहज भएको छ। विद्यालय नजिकै सानो मुल थियो। पाइप जोडेर र टयांकी राखेर धारा बनाएर अहिले नियमित पानी आइरहेको छ।
बालमैत्री ५ धारा बनेका छन्। सानो देखि ठुलो सबै बालबालिकाले सहजै रुपमा पानी पिउन पाउँछन्। हिमा ३ का दिलिप शाहीले अहिले खानेपानीको समस्याले विद्यालय नआउने समस्या समाधान भएको छ।
उनले भने,‘अहिले सानो बालबालिका देखि ठुला किशोर किशोरी सबै उमेर समुहको अनुकुल पर्ने गरि धारा बनेका छन्। पानी पिउन धारोमै झुण्डिनु पर्ने अवस्था रहेन। धारो बनेपछि नियिमत स्कुलमा आउने विद्यार्थीको संख्यामा ह्वात्तै बृद्धि भएको छ। धारो संगै शौचालय समेत मर्मत भएको छ।
निमित्त प्रधानाध्यापक निमबहादुर केसी प्लान इन्टरनेशनल र क्याड नेपालले विद्यालयमा धारा र शौचालय मर्मत गर्दा निकै सहज भएको बताउँछन्। उनले भने,‘धारो बनाउदा खानेपानीको लागि मात्र सुख छैन। सरसफाइ र तरकारी जन्य खेतिपातीका लागि पनि निकै सहज भएको छ। ’
गत भदौ महिनामा धारो बनेको थियो। विद्यालयमा ६ सय ९० विद्यार्थी छन्। पहिले महिनावारी भएको बेला हिमा ३ द्यार गाउँदेखि काठको पुल तरेर आउनु हुदैन भन्ने मान्यता थियो। अहिले झोलुङगे पुल बन्दा सहज बनेको छ। सानो लगानीले ठुलो काम गरेको छ। विद्यालयमा सरसफाइ क्रियाकलाप गर्न सहज छ।
बालमैत्री धारो बनेपछि विद्यालयमा बालबालिका उत्साहित छन्। पानी खादा झुण्डिएर पिउँथे। असुरक्षित थियो। पानी धमिलो भएकोले फिल्टर राखिएको थियो। तर त्यो हरेक कक्षमा संभव थिएन। प्रधानाध्यापक केसीले भने,‘अहिले खानेपानी समस्याको ठुलो समाधान भएको छ। धारामा साबुन पानी राखिएको छ।