काठमाडौं- खाल्डाखुल्डी टालटुल पारिए, सडक चिल्याइए, बत्ती फेरिए। किनारा र बीच लेनमा रुखबिरुवा र फूल रोपिए, दुबो गाडिए। सौर्यबत्तीले झलझलाकार बनाइए चोक–चोक र सडक। दिनरात सरसफाइ अभियान चलाइए, धुलो टिप्ने र नियमित पानीले धुने व्यवस्था मिलाइए मुख्य सडक। बुट्टेदार मण्डला र फूलका गमला सजाइए।
सार्क आउने दिन बिहानसम्म निरन्तर सरकारी निकाय र सर्वसाधारणको मिहिनेतले दुलहीझैं सिँगारियो राजधानी उपत्यका।
१८ औं सार्क शिखर सम्मेलनमा छिमेकी पाहुनालाई स्वागत गर्न यसरी सिँगारिएको उपत्यका भोलिका दिनमा यस्तै चिटिक्क रहला त?
यो आमजिज्ञासा चिर्दै सरकारले सार्कको शृंगारसहित सहरको सुन्दरता कायमै राख्ने आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई शुक्रबारै निर्देशन दिएको छ।
दुईदिने सम्मेलन सकिएको भोलिपल्ट शुक्रबार मुख्यसचिव लीलामणि पौडेलले सरोकारवाला निकायका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार सार्क सम्मेलनको तयारीबारे समीक्षा गर्न डाकिएको छलफलमा काठमाडौं महानगरपालिका, सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, विद्युत प्राधिकरण लगायतलाई निकायका प्रमुखलाई उनले सार्कका क्रममा बनाइएका संरचना जोगाउन र अधुरा काम सम्पन्न गर्न अह्राए।
बैठकमा सहभागीका अनुसार अनामनगर हुँदै बबरमहल निस्कने धोबीखोला करिडोर चाँडै कालोपत्रे गर्न पनि उनले निर्देशन दिएका थिए। मुख्यसचिव पौडेलले तीनकुने क्षेत्रमा बाँकी डिभाइडर निर्माण सक्न निर्देशन दिए।
सडक हरियाली संरक्षण गर्न, फुटपाथमै फोहर छुट्ट्याउन मिल्ने गरी डस्टबिन राख्न, भित्तामा प्रचार सामग्री टाँस्ने वा पोत्ने कार्य रोक्न, यत्रतत्र छरपस्ट तार व्यवस्थित गर्न मुख्यसचिव पौडेलले महानगरपालिकालाई निर्देशन दिए।
एयरपोर्टस्थित आयल निगम डिपोअगाडिको गिटी–बालुवा व्यवस्थित गर्न, काठमाडौं जिल्ला अदालतअगाडिको पार्किङ हटाएर फुटपाथ अवरोधरहित बनाउन, सिनामंगलबाट पुरानो बानेश्वर हुँदै बागबजार निस्कने सडक निर्माण सक्न, हिँड्दा अफ्ठ्यारो हुने ठाउँका गमला व्यवस्थापन गर्न र बिरुवामा नियमित पानी हाल्ने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको थियो।
'बैठकले सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निर्क्याेल निकाल्यो,' सुवेदीले नागरिकसँग भने, 'यसबारे सबैले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्न मुख्यसचिवज्यूले निर्देशन दिनुभयो।'
सार्कका लागि काठमाडौं महानगरपालिकाले गमला व्यवस्थापन, ट्राफिक आइल्यान्ड निर्माण, माइतीघर मण्डला पुनर्निर्माणलगायत तयारी गरेको थियो। पौडेले आफूले बनाएका संरचना जोगाउन महानगरलाई निर्देशन दिए भने सडक विभागलाई बाँकी सडक पिच गर्न अह्राए। माइतीघर–तीनकुने सडकमा वृक्षरोपण गरेको काठमाडौं उपत्यका विकास प्राधिकरणलाई उनले त्यसैको व्यवस्थापन गर्ने जिम्मा लगाए।
फुटपाथ व्यवस्थापन पनि प्राधिकरणलाई नै सुम्पिएको सुवेदीले जानकारी दिए। 'ज–जसले निर्माण गरेका हुन्, तिनीहरूले आफ्नो कामको सुरक्षा गर्नुपर्छ,' पौडेललाई उद्धृत गर्दै सुवेदीले भने, 'पुरानो कामलाई निरन्तरता तथा नयाँ काम पनि नियमित तवरले थाल्नुपर्छ।'
सभागृह र ग्यालरी बैठक व्यवस्थित गर्न समिति
सार्क सम्मेलनस्थल राष्ट्रिय सभागृह र सिंहदरबारको ग्यालरी बैठक व्यवस्थापन गर्न दुई बैठकले दुई बेग्लाबेग्लै समिति बनाएको छ। काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सभा–सम्मेलन गर्न उपयुक्त भौतिक पूर्वाधार र सहरी सौन्दर्यीकरण बढाउन सम्बन्धित निकायका पदाधिकारी सम्मिलित समिति गठन गरिएको हो।
'सम्मेलनले मुख्य कार्यक्रमस्थलका रूपमा राष्ट्रिय सभागृहमा करोडौंका सम्पत्ति जोडिएको छ,' सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीले बैठकमा भनेका थिए, 'यसको व्यवस्थापन विशेष किसिमले गर्नुपर्ने देखिन्छ।'
सार्क सम्मेलनको सफलताले काठमाडौंलाई 'कन्फरेन्स सहर' का रूपमा विकास गर्न सकिने आँट विकास भएको पौडेलले बताए। जिम्मेवारी प्राप्त गर्ने निकाय वा व्यक्तिलाई जवाफदेही बनाउनुपर्नेमा उनको जोड थियो। बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव सुवेदीले भित्री सहरको विकासमा तत्काल काम थालिनुपर्ने बताए। सम्मेलन तयारीका क्रममा लक्ष्यभन्दा ५ किलोमिटर सडक निर्माण गरिएको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिए।
काठमाडौं महानगरपालिका आर्थिक व्यवस्थापन विभाग प्रमुख बद्रीबहादुर खड्काले सहरी सौन्दर्यका लागि लामो प्रयत्नपछि हटाइएका होडिङबोर्ड फेरि थपिन सक्ने भएकाले यसलाई पूर्ण रूपमा हटाउन ध्यान दिनुपर्ने बैठकमा ध्यानाकृष्ट गराएका थिए।
'फोहर टिपनटापन निरन्तर'
काठमाडौं महानगरपालिकाले नियमित फोहर संकलनबाहेक टिपनटापनलाई पनि निरन्तरता दिने भएको छ। सार्क सम्मेलनका बेला महानगरपालिकाले दैनिक फोहर टिपनटापन कार्यक्रम ल्याएको थियो।
शुक्रबार वातावरण व्यवस्थापन विभागमा सबै वडाका सुपरभाइजर, नाइके र निजी संघसंस्थाका प्रतिनिधिसँगको सार्क सम्मेलन समीक्षा बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा वातावरण व्यवस्थापन विभाग प्रमुख शान्ताराम पोख्ररेलले सम्मेलन क्रममा भएको सरसफाइले अन्तर्राष्ट्रिय जगतमा राम्रो प्रभाव परेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन निर्देशन दिएका थिए।
महानगरपालिकाले सार्क अवधिभर सडकमा फोहर फाल्ने ३ सयभन्दा बढी व्यक्ति तथा संस्थालाई स्थलगत अनुगमन क्रममा जरिवाना गरेको थियो।