झापा- बिर्तामोडस्थित न्युटन एजुकेसन फाउन्डेसनको होस्टलमा बस्दै आएकी एक बालिका होस्टल इन्चार्जबाटै यौनहिंसामा परेको खबर यसै साता बाहिरियो। प्रहरीले इन्चार्जलाई पक्राउ गरी अनुसन्धान थालेको छ।
दक्षिणी झापाको हल्दीबारी–७ की १० वर्षीया बालिका गत असोजमा नाताभित्रैका व्यक्तिबाट बलात्कृत भइन्। आफन्तको भरोसामा पछि लागेकी बालिका अन्ततः अकल्पनीय आक्रमणमा परिन्। पीडक भैरव सोरेनलाई प्रहरीले पक्राउ गर्यो।बाहुनडाँगी–१ का ७५ वर्षीय हर्कबहादुर दर्जीलाई जिल्ला अदालतले गत बुधबार पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ। उनलाई छिमेककी ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप छ। साउनमा भएको घटना लामो समय गुपचुप थियो। तर, पीडित बालिकाले आमालाई भनेपछि दर्जी कारबाही दायरामा तानिए।
झापामा महिलाहिंसामध्ये पनि यौनहिंसाले विकराल रूप लिँदै गएको यी घटनाले देखाउँछन्। पछिल्लो एक–डेढ वर्षमा जिल्लाका थुप्रै बालिका यौनहिंसाको सिकार बनेका छन्– कोही घरैमा, कोही छिमेकमा त कोही स्कुलमा।
'डेढ वर्ष अवधिमा भएका हिंसाका घटना हेर्दा जिल्लाका बालिका कतैबाट सुरक्षित नरहेको दृष्टान्त भेटिन्छ,' महिलाअधिकारका पक्षमा सक्रिय अधिवक्ता लक्ष्मी खनाल भन्छिन्, 'घर, स्कुल, छिमेक सबैतिर बालिका लुटिएका छन्। यस्तो अवस्था ज्यादै दुःखद र विकराल हो।' बालअधिकारका पक्षमा लामो समयदेखि जिल्लामा लडिरहेकी खनालका अनुसार १० वर्षमुनिका बालिका धेरै असुरक्षित छन्।
उनको भनाइ जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पनि सही ठहर्या्उँछ। अघिल्लो आर्थिक वर्षमा मात्रै यस्ता ६८ वटा मुद्दा प्रहरीले दर्ता गरेको थियो। चालू आवको साढे चारमहिने अवधिमा महिलाहिंसाका ४९ वटा जाहेरी परेका छन् जसमा सातवटा जबरजस्ती करणीका छन्। 'बालिकामाथि यौनहिंसा बढिरहेकै देखिन्छ,' महिला सेलप्रमुख प्रहरी सहायक निरीक्षक मिलनकुमारी राई भन्छिन्, 'अचेल पीडित घटनाबारे खुल्न थालेकाले पनि संख्या बढेको देखिएको हो।'
होस्टलको पीडा
स्कुलको जिम्मामा छाड्दा छोराछोरी सुरक्षित हुने विश्वास धेरै आमाबाबुलाई हुन्छ। त्यही विश्वासमा भारत, बैङ्लोर बस्ने एक दम्पतीले छोरीलाई जिल्लाकै एउटा नामी निजी स्कुलको होस्टलमा राखेका थिए। व्यावहारिकताका कारण टाढा रहनुपरे पनि छोरीको पढाइको चिन्ताले उनीहरूको स्नेहलाई जितेको थियो।
तर, बाबुआमा त्यस बेला छाँगाबाट खसेझैं भए, जब छोरीमाथि होस्टल इन्चार्जले नै लगातार यौनदुर्व्यवहार गरिरहेको खबर छोरीकै मुखबाट सुने। बिर्तामोडस्थित न्युटन एजुकेसन फाउन्डेसनको छात्रा होस्टलका इन्चार्ज सुप्रियो दासले विभिन्न बहानामा आफ्नै विद्यार्थीमाथि दुर्व्यवहार गर्ने, बलात्कार प्रयास गर्ने गरेको रहस्य खुल्यो। 'स्कुलमा छाड्दा सबै हिसाबले ढुक्क हुन्छ भन्ने थियो,' बालिकाका नातेदार भन्दैथिए 'तर, स्कुलमै यस्तो भएपछि अब के गर्ने?' पीडित परिवारले बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेको हो।
होस्टलप्रमुख रहेका भारतीय नागरिक दासले गरेको दुर्व्यवहार यो एउटा मात्रै थिएन। बालिका खुलेर बाहिर आएपछि अन्य पीडितले पनि आफ्नो व्यथा सुनाए। चार दिनअघि प्रहरीले दासलाई पक्राउ गर्यो । 'उनले विद्यार्थीमाथि यौनदुर्व्यवहार गर्ने गरेको पाइएको छ,' बिर्तामोड प्रहरीप्रमुख डिएसपी सञ्जय राउतले भने, 'थप अनुसन्धान भइरहेको छ।'
होस्टल प्रमुख दासले खुट्टा ढोगाउने, महिनाबारीका बेला पेट दुखेको औषधि माग्दा जाँच्ने बहानामा संवेदनशील अंग छुनेजस्ता क्रियाकलाप गर्ने गरेको आरोप पीडित विद्यार्थीले लगाएका छन्। दुर्व्यवहारबारे कसैलाई बताए एसएलसी दिने अवसरबाट वञ्चित गराइदिने धम्की उनले दिने गरेका थिए।
घटनापछि स्कुलतिर थुप्रै प्रश्न सोझिएका छन्। छात्रा होस्टलमा पुरुष प्रमुख किन? यतिन्जेल स्कुलले किन कुनै कारबाही गरेन? 'हामीले थाहा हुनासाथ आफैं प्रहरीमा बुझायौं,' प्रिन्सिपल हरि प्रसाईंले पनि लगत्तै पत्रकार सम्मेलन गरेर भने 'दोषीलाई कारबाही गर्न हामी सघाउन तयार छौं।'
गाउँ बढी असुरक्षित
पछिल्लो डेढवर्षे अवधिका घटनाक्रम हेर्दा गाउँघरका बालिका बढी यौनहिंसामा परेको तथ्यांक भेटिन्छ। घरमा अभिभावक नभएका, भएर पनि बालिकालाई एक्लै छाडेर काममा निस्केका, आमाबाबु वैदेशिक रोजगारीमा गएका बालिका बढी हिंसामा परेका छन्।
गत साउन ११ गते शान्तिनगरकी चारवर्षीया बालिका घरैमा खेलिरहेका बेला ७७ वर्षे वृद्धको आक्रमणमा परिन्। इन्सेक झापाका अनुसार स्थानीय योगनाथ खतिवडाले ती बालिकालाई मन्दिर लैजाने भन्दै घरबाट अलि टाढा लगेर बलात्कार प्रयास गरे। उनी अहिले पाँचवर्षे जेलसजाय काटिरहेका छन्। बालिकाकी आमा विदेशमा छिन्। जेठमा जुरोपानी–९ की १२ वर्षीया अस्मिता राजवंशी घरबाट हराएको तेस्रो दिन मृत फेला परिन्। अनुसन्धानक्रममा खुल्यो, उनको बलात्कारपछि हत्या भएको रहेछ। त्यसमा पनि स्थानीय युवा नै संलग्न भेटिए।
'ग्रामीण क्षेत्रमा यस्ता घटना बढी भएको पाइएको छ,' इन्सेक झापाका अर्जुन बस्नेत भन्छन्, 'झापाका घटना हेर्दा सीमान्तकृत समुदायका बालिका बढी पीडित छन्।' अहिले जिल्ला प्रहरीमार्फत मुद्दा अघि बढेका चारमध्ये दुई जलथल र दुईटा बाहुनडाँगीका छन्।
यस्ता घटना दिनप्रतिदिन बढ्दै जाँदा समाज चिन्तामा छ। प्रहरी पनि यसलाई मुख्य चुनौती ठानिरहेको छ। तर, जतिसुकै पहल गरे पनि घटना बर्सेनि बढिरहेकै छ। अधिकारकर्मी लक्ष्मी खनाल प्रहरी, दलका नेता तथा समाजको एउटा ठूलो पंक्तिले दोषीलाई सजाय दिलाउनेभन्दा पनि उन्मुक्तिको पक्षमा वकालत गरेका कारण दुरवस्था निम्तिएको बताउँछिन्। 'कथित सामाजिक प्रतिष्ठा, कुनै दलको कार्यकर्ता वा पहुँचदारको नातेदार भएका कारण दोषीले उन्मुक्ति पाएका प्रसंग धेरै छन्', उनले थपिन् 'यसले अपराधीको मनोबल बढाइरहेको छ।'