बेलैमा भत्ता नबाँड्दा २३ लाख गुम्यो
१४ मंसिर २०७१
•
५ मिनेट पाठ
बेलैमा भत्ता नबाँड्दा २३ लाख गुम्यो
पोखरा-एउटा गाविस सचिवले ३५ दिनमा कति मान्छेलाई भेट्न सक्छ? मान्छे भेटेरमात्रै पुग्ने भए दिनमा १०० का दरले पनि ३५ सयलाई भेट्न सम्भव हुन्थ्यो होला। तर, कार्यालयका सबै काम गरिकन १२ सयलाई भेटेर उनीहरुलाई भत्ता बुझाई कागजमा सही गराउने काम ३५ दिनमा सक्न कठिनै हो। भरतपोखरी गाविसका सचिव गुरुदत्त पौडेलले त्यही कठिनाई पूरा गर्न नसक्दा सिंगो गाविसले सरकारले दिने २२ लाख ७० हजार रुपैयाँ अनुदान गुमाएको छ।बेलामा भत्ता बाँड्न नसकेपछि न्यूनतम सर्त मापन र कार्य सम्पादन मूल्यांकन (एमसिपिएम) मा उक्त गाविस असफल सूचीमा पुगेको थियो। त्यही आधारमा आर्थिक वर्ष २०७१/७२ का लागि सरकारले पठाएको अनुदान घटेर आएको कास्की जिविसका योजना अधिकृत कीर्तन अधिकारीले जानकारी दिए। ‘जम्मा १० दिन ढिला भएकै आधारमा २३ लाख रुपैयाँ जति घटाइयो,' भरतपोखरी गाविसका तत्कालीन सचिव गुरुदत्त पौडेलले नागरिकसँग भने। उनी अहिले निर्मलपोखरी गाविस सरुवा भइसकेका छन्।
पोहोर भरतपोखरीले सरकारबाट गाविस अनुदान भनेर ३७ लाख ७० हजार रुपैयाँ पाएको थियो। यसपालिका लागि भने १५ लाख रुपैयाँमात्रै आएको छ। उक्त रकम एउटा गाविसलाई सरकारले उपलब्ध गराउने न्यूनतम अनुदान हो। सामाजिक सुरक्षा भत्ता बेलामा बाँड्नुपर्ने, गाविसका कार्य सम्पादन रिपोर्टहरु बेलामा बुझाउनुपर्ने र हरेक वर्षको पुसभित्र गाउँ परिषद बैठक सम्पन्न गर्नुपर्नेलगायत निर्देशन गाविसहरुलाई छ। ती लगायत ११ बुँदा बेलामा पालना नगरे एमसिपिएममा फेल गराइन्छ। र, अनुदान काटिन्छ। ११ मध्ये एक बुँदा पूरा नभए पनि अनुदान काटिने गरेको छ।
गाविस सचिव पौडेल सामाजिक सुरक्षा भत्ता सरकारले भनेको ३५ दिनभित्र बाँड्न कुनै हालतमा सफल नहुने बताउँछन्। त्यति अव्यवहारिक भएर निर्देशन दिने र त्यही आधारमा कार्यसम्पादनमा फेल गराई सिंगै गाविसलाई अनुदान कटौती गराउनु अन्याय भएको उनले बताए। ‘भत्ता पाउने जति सबै गाउँमा छैनन्, कोही पोखरा, कोही लेखनाथ त कोही मधेसमा छन्,' उनले भने, ‘तिनलाई कसरी ३५ दिनभित्र बुझाउन सकिन्छ?' उनले आफ्नो गाविसबाट सामाजिक सुरक्षा भत्ता पाउने कतिपय व्यक्ति युकेमा रहेको बताए। ‘सबैलाई घरघरै पुर्‍याउन जान सकिन्न,' उनले भने, ‘घर गएर दिनुपर्छ, वारिसेलाई दिन पाइन्छ भन्छ सरकार। अनि हामीले कसरी काम गर्ने?'
लिन आउने जतिलाई मात्रै दिएर नआउनेको रकम फिर्ता गर्दा गाउँलेको अपजस पाइने र ढिला गर्दा सरकारले अनुदान कटौती गर्ने हुँदा आफूहरु दोहोरो चेपुवामा परेको गाविस सचिव पौडेलले गुनासो गरे। ‘यो भत्ता बाँड्ने काम जति टाउको दुखाइ त अरु केही पनि छैन,' उनले भने, ‘यो बाँड्नु नपर्ने भए तलब घट्ने सर्त पनि मञ्जुर हुन्थ्यो।' यही भत्ताका कारण गाविस सचिवहरुले थुप्रै अपजस र बदनामी खेप्नुपरेको पनि उनले दुखेसो पोखे। १५ हजार जनसंख्या रहेको भरतपोखरीमा जेष्ठ नागरिक, अपांग, विधवा र दलितका बालबच्चा शीर्षकमा सामाजिक सुरक्षा भत्ता पाउने १ हजार २ सयको हाराहारीमा रहेको पौडेलले बताए। भरतपोखरी कास्कीमा सबैभन्दा दोस्रो बढी जनसंख्या भएको गाविस हो। सबैभन्दा बढी जनसंख्या भएपनि सानो भूगोलको हेम्जा गाविसले भने ४६ लाख रुपैयाँ पाउँदै आएको छ।
यो वर्ष भरतपोखरीसहित कास्कीका ३ गाविसको अनुदान सरकारले कटौती गरेको जानकारी जिविसका लेखापाल विष्णु शर्माले जानकारी दिए। कास्कीकोट र थुम्कीको पनि अनुदान काटिएको छ। कास्कीकोट गाविसले ६ लाख ७० हजार रुपैयाँ गुमाएको छ भने थुम्कीलाई १५ लाखमा कत्ति पनि बढेर आएन।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस