गैरजिम्मेवार कार्यालय प्रमुखलाई जिल्ला प्रशासनको स्पष्टीकरण
०८ पौष २०७८
•
३ मिनेट पाठ
गैरजिम्मेवार कार्यालय प्रमुखलाई जिल्ला 
प्रशासनको स्पष्टीकरण
जुम्ला चन्दननाथ नगरपालिका १० स्थित आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख देवेन्द्र ठाकुरलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले स्पष्टीकरण सोधेको छ। दशैँ बिदामा घर गएका ठाकुर दुई महिनासम्म बेखबर बनेको, कर्मचारी व्यवस्थापनका चासो नदिएको र आयुर्वेद स्वास्थ्य केन्द्रमा आवश्यक औषधि खरिद गर्न नसकेकाले सेवाग्राहीले सास्ती बेहोर्नुपरिरहेको भन्दै स्थलगत अनुगमन गरेर प्रशासन कार्यालय जुम्लाले स्पष्टीकरण सोधेको हो।




स्थानीय प्रशासनले कार्यालय प्रमुख ठाकरको काम कारवाहीबारे छड्के अनुगमन गरी स्पष्टीकरण दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलागाईले जानकारी दिए। उनले भने,‘कार्यालय व्यवस्थापन निकै अस्तव्यस्त देखियो। कर्मचारी व्यवस्थापनदेखि विकास निर्माणका काम हुन नसकेको देखियो। यो राम्रो विषय होइन। त्यसैले प्रशासनले स्पष्टीकरण सोधेको हो।’

कार्यालय प्रमुख ठाकुरको गैरजिम्मेवारीका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको पाँच महिनासम्म पुँजीगत खर्च शून्य रहेको छ। पाँच महिनाको कर्मचारीको सेवासुविधा तलबबाहेक अन्य पुँजीगत खर्च हुन सकेको छैन। कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैंमा घर गएर दुई महिना बिनाजानकारी बाहिर बसेका थिए । पुस महिनाको पहिलो साता मात्रै उनी कार्यालय फर्किएका हुन।

लामो समय कार्यालय प्रमुख गायब हुँदा कामकाज प्रभावित बनेको कर्मचारी बताउँछन्। कार्यालय प्रमुख ठाकुरले अन्य कर्मचारीलाई जिम्मेवारी दिएनन। आफू पनि समयमै आएनन्। कर्मचारी गोरबहादुर रावतले भने, ‘अहिले आयुर्वेद स्वास्थ्य केन्द्र समस्याग्रस्त छ। आर्थिक वर्षको पाँच महिना कटिसक्दा कार्यालयको पुँजीगत काम मर्मतसम्भार, डिपिआर निर्माण, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन्।

कार्यालय प्रमुख ठाकुरले आफू बिरामी भएर घर बसेको बताएका छन्। उनले निमित्त प्रमुखको  जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको जनाए। तर, कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको र जिम्मेवारी नदिएकै कारण अहिलेसम्म काम प्रभावित भएको स्पष्ट पारे। उनले भने, ‘अहिलेसम्म कसैलाई पनि निमित्त नदिँदा सबै काम प्रभावित भएको हो। निमित्तको जिम्मेवारी दिएको भए कुनै समस्या आउने थिएन। यो समस्याको जड कार्यालय प्रमुख ठाकुर नै हो।’

जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्राहीको भिड नै लाग्छ। दैनिक १० देखि १५ जना सेवाग्राही आउछन्। तर, औषधि अभावले रित्तो हात फर्काउनु परिरहेको छ। गोरबहादुरले थपे, ‘खातामा पैसा छ तर औषधि खरिद गर्ने काम अघि बढेको छैन।  सेवाग्राही औषधि लिनबाट वञ्चित भएका छन्।’

कार्यालय प्रमुख ठाकुरले सन्तोषजनक काम नगरेको भन्दै कर्मचारी बीच विवाद भएको थियो। कर्मचारी कार्यालय प्रुमखको नाममा उजुरी दिन जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेका थिए।

कार्यालय प्रमुखले सबै पेस्की आफ्नो नाममा लिने तर काम नगर्ने, करार कर्मचारीको जागिर खान्छु भनेर धम्की दिने भएकाले कार्यालय प्रमुख र कर्मचारीको झगडा जिल्ला प्रशासनमा पुगेको थियो। तर, यो वर्ष भने पाँच महिना हाकिम नभएको खबर पाएपछि स्थानीय प्रशासनले छड्के गरेर हाजिरमा रातो चिन्ह लगाएको छ।

गत वर्ष आयुर्वेद स्वास्थ्य केन्द्र जनस्वास्थ्य कार्यालयसँग गाभिएको थियो।अहिले छुट्टै संरचना बनेको छ। गत वर्षकै करीब दुई लाख रुपैयाँ कार्यालय प्रमुख ठाकुरको नाममा बेरुजु रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाका अनुसार ठाकुरको नाममा दुई लाख रुपैयाँ लिए पनि जडीबुटी खरिद नगरेको देखिएको छ।

यसका लागि छानविन समिति गठन गरिएको थियो। समितिले निष्कर्ष विरुवा खरिद नगरेकाले बेरुजु राखिदिएको थियो। ठाकुरको कामप्रति कर्णाली सरकार पनि असन्तुष्ट छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत चिकित्सा शाखा प्रमुख लक्ष्मीनारायाण तिवारीका अनुसार कार्यालय प्रमुख देवेन्द्र ठाकुरको काम सन्तोषजनक छैन। उनले समस्या सामाधानका लागि पहल भइरहेको बताए।

प्रमुख ठाकुर मंसिर १ गतेबाट आफ्नो सरुवा भइसकेको बताउँछन्। उनको आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटमा कामकाज गर्न कर्णाली प्रदेश सामाजिक विकास कार्यालयले खटाएको छ। गत आर्थिक वर्षमा पनि काम गर्न नसकेर १२ लाख फ्रिज भएको थियो। सानो रकम त्यही पनि काम गर्न नसकिने कर्मचारीलाई कारवाही गर्ने मन्त्रालयले जनाएको छ।
अर्को समाचार
रुकुम घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन
२४ जेष्ठ २०७७
•
१ मिनेट पाठ
रुकुम घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन
रुकुम घटनाबारे स्थलगत अनुगमनका क्रममा रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगा पुगेको मानवअधिकार–पत्रकार टोली । तस्बिरः विनोद/नागरिक
रुकुम पचिश्मको चौरजहारी–८, सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा ६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा मानवअधिकार तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन सुरु गरेको छ । मानवअधिकार तथा शान्ति समाजको नेतृत्वमा मानवअधिकार र पत्रकारको टोली शुक्रबार रुकुम पश्चिम र जाजरकोटको स्थलगत अध्ययन अनुगनमा निस्केको हो ।




उक्त टोलीले शनिबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीसँग घटनाका बारेमा जानकारी लिएको छ । उक्त टोलीलाई डिएसपी केसीले चौरजहारी घटनाका आरोपी २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी गराएका छन् । अझै दुईजना फरार रहेको र उनीहरूको खोजी भइरहेको समेत टोलीलाई जानकारी गराए । घटना संवेदनशील भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायसँग भेट गरी गहन अध्ययन र अनुगमनपश्चात् नागरिकस्तरको प्रतिवेदन प्रस्तुत गरिने मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिए ।

टोलीले हिरासतमा रहेका आरोपीलाई समेत भेटघाट गरेको उनले बताए । उक्त टोलीमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, अधिवक्ता शिव गौडेल, पत्रकार माधव नेपाल र विनोद परियार सहभागी छन् ।

शनिबार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरेको थियो । टोली घटनास्थल चौरजहारी–८ सोती र पीडितपक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले जानकारी दिए ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस