चितवन– मकवानपुरको सिस्नेरी–३ थिङ्ग डाँडामा सोमबार दिउँसो टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
रौतहटबाट १० यात्रुसहित काठमाडौं जाँदै गरेको ना१ज २७६६ नम्बरको सुमो दिउँसो तीन बजे डाँडाबाट दुई सय मिटर तल खसेको थियो। तीन पुरुषको शव घटनास्थलमा फेला परेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक थापाले जनाए। मृतकमध्ये रौतहट कनकपुर ५ बस्ने वर्ष ४० का सूर्य कुसुवार र २५ वर्षका भीम कुसुवारको मात्रै सनाखत भएको छ। चालकसहित सात यात्रुलाई उपचारका लागि काठमाडौं फर्पिङ लगिएको डिएसपी थापाले बताए।
घाइतेमा चालक बारा बनौरा ३ का क्षेत्रबहादुर मोक्तान, रौतहट सिमरी–५ का अन्जन माझी, हेमबहादुर माझी, गीता माझी र सुरेश नाम गरेका व्यक्ति रहेको थापाले जनाए। मृतक एकको सनाखत हुन सकेको छैन। विपरीत दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा सुमो सडकबाट खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट प्रहरी नायब निरीक्षक देवेन्द्र रानाको नेतृत्वमा गएको टोलीले घाइतेको उद्धार गरेको थियो। इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको कारण र मृतकको सनाखतका लागि काम गरिरहेको डिएसपी थापाले बताए।