काठमाडौं— राष्ट्रिय प्रकृति संरक्षण कोषले अन्नपूर्ण संरक्षण क्षेत्रको जग्गा निजी जलविद्युत कम्पनीलाई सरकारको सहमतिबिनै भोगचलन गर्न दिएको खुलेको छ। पछिल्लोपटक दुई वर्षका लागि अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मा पाएको कोषले ४२ मेगावाट क्षमताको निर्माणाधीन मिस्ट्रीखोला जलविद्युत कम्पनीलाई संरक्षण क्षेत्रको जग्गा १० वर्षका लागि भोगचलन अनुमति दिएको हो।सामान्यतया संरक्षित क्षेत्रको जग्गा कसैलाई भोगचलन गर्न दिनुपरे मन्त्रिपरिषदबाटै निर्णय गराउनुपर्छ। कोषका सदस्यसचिव गोविन्द गजुरेलले अध्यक्षको हैसियतमा उक्त निर्णय लिँदा वन मन्त्रालयसँग समेत अनुमति लिएका छैनन् । कोषका अध्यक्ष स्वयं वनमन्त्री रहने व्यवस्था छ।
'सरकारसँग कुनै पनि सहमति नलिई कोषले एकतर्फी रूपमा जग्गा दिएको पाइयो,' मन्त्रालयस्रोतले भन्यो, 'नियमावलीअनुसारै दिएको भए पनि वन मन्त्रालयसँग अनिवार्य सहमति लिनुपथ्र्याे।' स्रोतका अनुसार उक्त जग्गा १० वर्षका लागि दिइए पनि कम्तीमा थप २५ वर्षका लागि सोही कम्पनीलाई भोगचलन गर्न दिन सरकार बाध्य हुनेछ । जलविद्युत लाइसेन्सको अवधि ३५ वर्षको हुन्छ, आयोजना सुरु भइसकेपछि जग्गा दिन्नँ भन्ने अवस्था रहँदैन।
अन्नपूर्ण संरक्षण क्षेत्रको म्याग्दी न्यारच्याङ गाविसमा निर्माणधीन ४२ मेगावाट क्षमताको उक्त आयोजनालाई ०६९ चैत ७ मा भएको जग्गाको भोगाधिकार दिने निर्णयमा कोषका कार्यकारी अधिकृत गंगाजंग थापाको हस्ताक्षर छ।
वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले कुनै पनि सार्वजनिक जग्गाको भोगाधिकार दिने अधिकार मन्त्रिपरिषदमा मात्र रहेको जानकारी दिए। 'कोषले मन्त्रालयलाई समेत कुनै जानकारी नदिई संरक्षण क्षेत्रको जग्गा निजी कम्पनीलाई भोगाधिकार दिएको पाइयो,' उनले नागरिकसँग भने, 'अहिलेसम्म कुनै पनि आयोजनालाई मन्त्रिपरिषद निर्णयबेगर जग्गा दिइएको छैन।'
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त योजनाप्रमुख शेरसिंह ठगुन्नाले कोषले जग्गा दिने निर्णयमा बद्मासी गरेको देखिएकाले सरकारको सहमति लिएको प्रमाण पेस गर्न ताकेता गरिरहेको बताए। 'सरकारको सहमतिबेगर भोगाधिकार दिइएको जग्गाका बोटबिरुवासमेत आफूखुसी काटिएको पाइएको छ,' ठगुन्नाले भने, 'अहिलेसम्म सरकारको अनुमति लिएको कुनै प्रमाण हामीलाई प्राप्त भएको छैन।'
विभागले यस प्रकरणमा कोषको निर्णय बदर गर्न मन्त्रालयलाई सिफारिस गरिसकेको छ । कोषले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ को नियम ३९ अनुसार संरक्षण क्षेत्रभित्रको जलस्रोत उपयोग गर्ने सम्बन्धमा अनुमति दिनुपूर्व वन मन्त्रालयको सहमति लिनुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेको भन्दै विभागले नियमावलीविपरीत काम बदर गर्न मन्त्रालयलाई गत कात्तिक ४ गते सिफारिस गरेको थियो ।
'कोषसँग यो विषयमा १५ दिनको समय दिएर जवाफ मागेका छौं, त्यसैको प्रतीक्षामा छौं,' मन्त्रालयका प्रवक्ता आचार्यले भने।
कोषका सूचना अधिकृत नुमराज खनालले भने जग्गा भोगचलन गर्न दिने निर्णय नियमसंगत भएको दाबी गरे । 'जलविद्युत निर्माणको अनुमति सरकारले नै दिएको हो,' उनले नागरिकसँग भने, 'हामीले त नियममा उल्लेख भएअनुसार जग्गाको भोगाधिकार मात्र दिएका हौं ।' कोषले संरक्षण क्षेत्र व्यवस्थापन नियमावलीको नियम २१ र २२ प्रयोग गरेर उक्त निर्णय गरेको खनालले जनाए ।
नियम २१ र २२ मा 'कुनै पनि व्यक्ति वा संस्थाले होटल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा सञ्चालन गर्न चाहेमा जग्गाको भोगाधिकार दिनसक्ने' उल्लेख भए पनि सार्वजनिक जग्गा भोगचलनको अधिकार दिने निर्णय मन्त्रिपरिषदबाटै हुने प्रचलन छ ।
त्यसमा पनि दुई वर्षका लागि अन्नपूर्ण संरक्षण व्यवस्थापन जिम्मा पाएको कोषले १० वर्षका लागि भोगाधिकार दिनु अर्थपूर्ण रहेको मन्त्रालय स्रोत बताउँछ ।
कोषले आयोजना निर्माणस्थलका का"चा, ठाडा रुख कटान गरी उपयोग गर्न दिँदासमेत सरकारको स्वीकृति नलिएको स्रोतको भनाइ छ । 'जग्गा त दिइयो–दिइयो, त्यसभित्रका रुखसमेत मनलागी ढंगले काटिएको छ,' स्रोतले भन्यो ।
सरकारले कोषलाई जम्मा २२ वर्ष ६ महिनाका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन जिम्मा दिएको छ । पहिलो र दोस्रोपटक १०÷१० वर्ष, त्यसपछि ६ महिना र पछिल्लोपटक २ वर्षका लागि व्यवस्थापन जिम्मेवारी पाएकोमा पछिल्लो म्याद आउँदो माघ ८ मै सकिँदैछ ।
यसैगरी, कोषले नियमविपरीत प्रतिबन्धित जडीबुटी संकलनको अनुमति दिनुका साथै अधिकार क्षेत्र नाघेर विभिन्न संस्थास"ग आर्थिक कारोबारसमेत गरेको पाइएको छ ।
आयोजनाप्रमुख सत्यनारायण साहले ०७० जेठ ७ गते दोलखाका मीनबहादुर श्रेष्ठलाई १ हजार किलो झ्याउ २१ दिनभित्र काठमाडौं लैजान छोडपुर्जी दिएका हुन् । विभागले प्रतिबन्धित वनपैदावर निकासी गर्ने छोडपुर्जी दिने कोषका कर्मचारीलाई निलम्बनमा राखेर कारबाही गर्न मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।
विभागस्रोतका अनुसार कोषले अधिकार क्षेत्र नाघेर आर्थिक कारोबारसमेत गरिरहेको छ । कोषका सदस्यसचिव गजुरेलले अध्यक्षकै अधिकार प्रयोग गरी नियमविपरीत नेपाल प्रशासनिक प्रतिष्ठानस"ग ०७१ वैशाख १२ गते १ करोड २२ लाख ३७ हजार रुपैयाँको सम्झौता गरेका थिए ।
कोष ऐन, २०३९ को दफा ६ (५) मा आफ्नो कर्तव्य सुचारु रूपले पालना नगर्ने सदस्यलाई अध्यक्षबाट जुनसुकै बेला हटाउन सक्नेसम्मको अधिकार कोषको अध्यक्षमा रहेको हु"दा वनमन्त्रीले आफ्नो अधिकार प्रयोग गरी उचित निर्णय लिन विभागले मन्त्रालयलाई सिफारिस पनि गरेको छ । साथै, कोषका सबै आर्थिक कारोबार व्यवस्थित गर्न मन्त्रीलाई निर्देशन दिनसमेत सुझाइएको छ ।
मन्त्रालयले भने कुनै कारबाही प्रक्रिया अघि नबढाएको स्रोतको गुनासो छ ।
कोषले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रैको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालनका लागि जग्गाको भोगाधिकार उपलब्ध गराउने तयारी पनि गरेको स्रोतले बतायो । 'स्थानीय तहबाट प्राप्त सूचनाका आधारमा कुनै रायसुझावै नलिई अर्को आयोजनालाई पनि जग्गा बा"ड्ने प्रपञ्च गरेको पाइएको छ,' स्रोतले भन्यो ।
सन् १९८२ मा स्थापना भई १९८३ मा आफ्नै ऐनबाट गठन भएको कोषले मनास्लु, अन्नपूर्ण र गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन गर्दै आएको छ । यसले सरकारका अन्य संरक्षित क्षेत्रमा जैविक विविधता संरक्षण, दिगो विकास, ग्रामीण पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण, जलवायु परिवर्तन र स्वच्छ ऊर्जाका क्षेत्रमा काम गरिरहेको छ ।
कोषका निर्णयबारे विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले थप अनुसन्धान गरिरहेको स्रोतले जनायो।