पोखरा- सडकमा सवारीसाधनको ठक्करबाट घाइते हुँदा सवारीधनीले नै उपचार गरिदिनुपर्छ। यही नियम पालना गर्न लामो दुरीका यात्रुबाहक बसदेखि ट्रक, ट्यांकर र माइक्रोबस समेतले यातायात व्यवसायी समितिमार्फत कोषै खडा गरेका छन्। निजी सवारीधनीले पनि व्यक्तिगत रूपमै खर्च व्यहोर्ने चलन छ।
तर, दुर्घटना हुँदा पीडितलाई न्यायको पहल गर्ने निकाय प्रहरीकै गाडीको ठक्करबाट घाइते भएका दुई युवा उपचार नपाएर बितारा परेका छन्।
जिल्ला शिक्षा कार्यालयमा विद्यार्थी आन्दोलन मत्थर पार्न खटिएका प्रहरी बोकेर कुदेको भ्यान मंसिर ११ गते पोखरा–२, नदीपुरमा दुर्घटना परेको थियो। महेन्द्रपुलतिरबाट गइरहेको भ्यानले बगरबाट नदीपुर भिसीमार्गतिर छिर्न आँटेको ग७प ४९८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो, जसमा हुमबहादुर गाहामगर र कमल थापामगर घाइते भएका छन्।
गाडीको ठक्करले दुवैको देब्रेखुट्टा भाँच्चिएको छ। थापाको हात पनि भाँच्चिएको छ। उनीहरू दुवैलाई प्रहरीले मणिपाल अस्पताल भर्ना गरिदिएको थियो। उपचार क्रममा लाग्ने खर्च भने बेहोरेको छैन। प्रहरीले खर्च नदिएको र आफूसँग पनि आर्थिक अभाव भएकाले उनीहरू उपचार नगरी पाँच दिन अस्पतालकै बेडमा छटपटिइरहे।
प्रहरीले मणिपाललाई अनुरोध गरेर निशुल्क उपचार मिलाउने आश्वासन दिए पनि पूरा नभएपछि उनीहरू मंगलबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सरेका छन्। त्यहाँ पनि बुधबारसम्म उनीहरूको अप्रेसन भएन।
पहिले मणिपालमा उपचार गराउने आश्वासन दिएको प्रहरीले अब सरकारी स्वामित्वको क्षेत्रीय अस्पतालमा निःशुल्क उपचार व्यवस्था मिलाउने प्रयास गरिएको बताएको छ। हुमबहादुर र कमल त्यही आश्वासनका भरमा अस्पतालमा बसिरहेका छन्।
कास्की प्रहरी प्रमुख वसन्त लामा आफूहरूसँग त्यस्तो घटनामा घाइतेको उपचार गराउन कोष नहुने बताउँछन्। ‘दोष जसको भए पनि हामी उपचारको व्यवस्था मिलाउँदैछौं,' उनले बुधबार नागरिकसँग भने।
स्याङ्जा, पक्वादीका २३ वर्षीय हुमबहादुर र राङभाङका २० वर्षीय कमल नदीपुरमा नजिकै बस्छन्। कमल पृथ्वीनारायण क्याम्पसमा स्नातक तह पढ्दैछन् भने हुमले मोबाइल मर्मतको तालिम लिइरहेका छन्। ‘प्रहरीलाई दोष लगाएर उपचार नगरी बस्न मन त थिएन,' कमलका पिता तुलबहादुर थापाले भने।
मणिपालमा भएको प्रारम्भिक उपचार र एक्सरे रिपोर्टअनुसार घाइते दुवैको मेजर अप्रेसन गर्नुपर्छ। अप्रेसन गरेर खुट्टामा स्टिलको रड राख्नुपर्ने चिकित्सकले सुझाएका छन्। एउटै रडको १५ हजार र अप्रेसनको छुट्टै खर्च लाग्ने हुँदा आर्थिक अभावमा उनीहरू उपचारविहीन भएका हुन्। ‘चिनेजानेका इष्टमित्रलाई सहयोगको अपिल गर्न थालेको छु,' हुमबहादुरले भने।