काठमाडौं- व्यवस्थापिका संसदको वातावरण समितिले वैज्ञानिक वन व्यवस्थापन लागु भएका सबै जिल्लामा वन कटानी तत्काल रोक्न दिएको निर्देशनको सर्वत्र विरोध भएको छ। नेपाल कानुन समाजले बुधबार वन नीति मस्यौदामा सरोकारवाला संस्थाको रायसुझाव लिन आयोजना गरेको कार्यक्रममा वन नीति विज्ञ डा. विनोद भट्टले समितिले परम्परागत निर्देशन दिएको भन्दै टिप्पणी गरे।
'समितिले रुख काट्न पाइँदैन भनेर उर्दी जारी गरेछ। रुखको पनि एउटा आयु हुन्छ। एउटा उमेरमा गएर काटनुपर्छ,' उनले भने, 'त्यो समय रुख काटिएन भने त्यो त्यत्तिकै खेर जान्छ।'
सरकारले वैज्ञानिक वन कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेका बेला समितिले तत्काललाई उक्त कार्य रोक्न निर्देशन दिएको हो। समितिले वैज्ञानिक वन व्यवस्थापन लागु भएको कैलालीको बाह्रवन साझेदारी वनको स्थलगत अध्ययन गरेर आएपछि उक्त निर्देशन दिएको हो। मनपरी र अव्यवस्थित ढंगले रुख काटिएको भन्दै प्रारम्भिक प्रतिवेदनका आधारमा समितिले सोमबार उक्त निर्णय गरेको थियो।
कार्यक्रममा सहभागी वातावरण समितिका सभापति जनकराज चौधरीले स्थलगत अध्ययन क्रममा सबै किसिमका रुख काटिएको र त्यसले स्थानीय तहमा कुनै पनि रोजगारी सिर्जना नभएकाले समिति यो निर्णयमा पुगेको बताए।
'यो निर्देशन दीर्घकालीन होइन। व्यवस्थापनका लागि निर्देशिका तयार गरेर व्यवस्थित गर्न जरुरी छ। यसरी गइयो भने समिति आफ्नो निर्देशन फिर्ता लिन पनि तयार हुनसक्छ,' उनले भने। यसैबीच, साझेदारी वन उपभोक्ता महासंघ नेपाल (एकोफन)ले विज्ञप्ति जारी गर्दै समितिको निर्णयले तराई मधेसका वन उपभोक्ताको वन अधिकारमा चोट पुगेको जनाएको छ। 'तत्काल यो निर्णय फिर्ता लिई साझेदारीमार्फत वैज्ञानिक वन व्यवस्थापन प्रणाली अघि बढाउन महासंघ सबैमा अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
एकोफनले ७५ लाख वन उपभोक्ताको केही मात्रामा भए पनि काठदाउरा प्राप्त गर्नुका साथै वन व्यवस्थापनमा पहु“च र नियन्त्रण बढाउन सफल भइरहेका बेला सरोकारवालास“ग परामर्श नगरी समितिले एकतर्फी निर्णय गरेको जनाएको छ। 'वैज्ञानिक वन व्यवस्थापन प्रणालीबारे यथार्थ बुझाइको अभावमै समितिले कार्यक्रम लागु भएका र योजना बनाइएका सबै कार्यक्रम रद्द गर्न वन मन्त्रालयलाई निर्देशन दिएको छ,' एकोफनले विज्ञप्तिमा भनेको छ।
यसैगरी, वन वातावरण श्रमिक संघ नेपालले विज्ञप्ति जारी गर्दै श्रम अधिकारलाई समेत कुण्ठित गर्ने गरी दिइएको निर्देशन र निर्णयको विरोध गरेको छ। संघका अध्यक्ष योगेन्द्र विजय दाहालले निर्णय फिर्ता लिन समितिलाई आग्रह गरेका छन्।
सरकारले ०६७/६८ देखि रुपन्देहीबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरेको हो। वनलाई राष्ट्रिय आम्दानी र जीविकोपार्जनको स्रोत बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। कपिलवस्तु, रुपन्देही र मोरङका साझेदारी वनबाट यो कार्यक्रम लागु गरिएको हो।