पोखरा- यसै पनि राजधानीको तुलनामा सस्तो पार्किङ शुल्क पोखरामा फेरि घटेको छ। दिनभरि मोटरसाइकल पार्किङ गर्दा १० रुपैयाँ लाग्दै आएकोमा अब ७ रुपैयाँ तिरे पुग्ने भएको छ। काठमाडौंमा भने प्रत्येक ठाउँमा घन्टैपिच्छे १० रुपैयाँ तिर्नुपर्छ। पोखरामा एक दिनमा एकपटक तिरेपछि उपमहानगर क्षेत्रभरि दोहोर्याटएर तिर्नुपर्दैन।पार्किङ शुल्क घटे पनि नगरपालिकाको आम्दानी भने बढ्ने भएको छ। यसअघि २४ महिनाको ६४ लाख रुपैयाँमा ठेक्का लागेको पार्किङ यसपालि भने २० महिनाकै १ करोड १७ लाखमा गएको छ। यस हिसाबले नगरपालिकाले महिनाकै ३ लाख १९ हजार रुपैयाँ बढी आम्दानी गर्ने भएको छ। ‘२४ महिनाको ६४ लाखमा दिँदा महिनाको २ लाख ६६ हजारको दर परेको थियो,' नगरपालिकाका लेखा अधिकृत शिवहरि शर्माले भने, ‘अहिले महिनाको ५ लाख ८५ हजार रुपैया“ परेको छ।'
खुला टेन्डर आह्वान गरेर दिँदा नगरपालिकाको आम्दानी बढ्ने गरी ठेक्का लागेको शर्माले बताए। ‘दोस्रो र पहिलो हुनेबीच नै ३२ लाख रुपैयाँको अन्तर भएको थियो,' उनले भने, ‘खुला टेन्डरको फाइदा भनेकै यही हो।' हालै पोखरा उपमहानगरपालिकाले नाइस नेपाल कन्स्ट्रक्सनसँग पार्किङको नयाँ ठेक्का सम्झौता गरेको हो। कन्स्ट्रक्सनले २०६३ असार मसान्तसम्मका लागि पार्किङ व्यवस्थापनको जिम्मेवारी पाएको छ। १ करोड १७ लाख रुपैयाँमा सम्झौता भएको छ। सम्झौता २०७३ असार मसान्तसम्मका लागि हो। यसअघि नगरपालिकाले वार्षिक ३२ लाख रुपैयाँ बुझाउने सर्तमा मनबहादुर नेपालीलाई पार्किङ शुल्क उठाउने ठेक्का दिएको थियो। यसपालि मोटरसाइकलको पार्किङ शुल्क घटाउँदासमेत ठेक्का रकम बढेको छ।
नाइस नेपालले चल्तीका व्यापारिक केन्द्र महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक लगायत सहरका मुख्य चोक र पर्यटकीय स्थलमा पार्किङ शुल्क उठाउने अनुमति पाएको छ। धार्मिकस्थलमा भने उपमहानगपालिकाले पार्किङ शुल्क नउठाउने जनाएको छ। तर धार्मिक क्षेत्रमा मठमन्दिरकै तर्फबाट पार्किङ उठाउने चलन छ।
बस, ट्रक र मिनिबसको २५ र ट्याक्सी, भ्यान, माइक्रोबसको २०, पावर टिलर/ट्र्याक्टरको १०, निजी जिप र कारको १५ र मोटरसाइकल तथा स्कुटरको ७ रुपैयाँ तोकिएको छ। कूटनीतिक नियोगका सवारी साधन, पोखरा उपमहानगरपालिकाका कर्मचारी, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स तथा पत्रकारका सवारीलाई भने शुल्क नलिने सम्झौता भएको छ। अपांगता भएका व्यक्तिले चढ्ने साधनका लागि पार्किङस्थल आरक्षित गर्नुपर्ने सम्झौता भएको जानकारी नाइस नेपालका सञ्चालक प्रेमबहादुर कार्कीले दिए। उनले जथाभावी सडकमा हुने पार्किङलाई व्यवस्थित गरिने पनि बताए। गएको पुसमा सम्पन्न नगरपरिषदले पार्किङ शुल्क घटाउने र केही ठाउँमा कत्ति पनि नलिने प्रस्ताव पारित गरेको थियो।
पोखरा न्युरोडको दुवै किनारामा पार्किङ हुँदा अव्यवस्थित भएको व्यवसायीले गुनासो गर्दै आएका छन्। उक्त सडकमा पार्किङका लागि हरेक व्यावसायिक भवनले भूमिगत पार्किङस्थल बनाउनुपर्ने नियम नगरपालिकाले केही वर्षअघि ल्याएको थियो। तर, विरोधकै कारण त्यो नियम अहिले ऐच्छिक बनेको छ। गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा अहिलेसम्म सबैभन्दा बढी मोटरसाइकल दर्ता भएको यातायातका सूचना अधिकृत बालकृष्ण भण्डारीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म उक्त कार्यालयमा १ लाख ६ हजार मोटरसाइकल दर्ता छन्।