अर्जुन दास हत्या प्रकरणः आफन्तले शव बुभेका छैनन्
११ पौष २०७८
•
३ मिनेट पाठ
अर्जुन दास हत्या प्रकरणः
आफन्तले शव बुभेका छैनन्
जानकी गाउँपालिका वडा नम्बर ९, अमरावतीका २५ वर्षिय अर्जुन दासलाई बिभत्स तरिकाले हत्या गर्नुको रहस्य अझै सम्म खुल्न सकेको छैन । हत्यामा संलग्न पक्राउ नपरेकाले उनको बिभत्स ढंगले हत्या हुनुको कारण खुल्न नसकेको प्रहरीको भनाई छ । हत्यामा संलग्नलाई पक्राउ नगरिएको भन्दै अर्जुृनको शव आफन्तले अझै बुझेका छैनन् । उनको शव टिकापुर अस्पतालमा राखिएको छ । मृतकका आफन्तले ५ जनाको नाममा किटानी जाहेरी दर्ता गराएको छ ।




कैलाली जिल्लाका प्रहरी उपरिक्षक बिश्व अधिकारीले अर्जुनको बिभत्स हत्या गरिनुको वास्तविक कारण अझै पत्ता लाग्न नसकेको बताएका छन । ‘हत्यामा संलग्न पक्राउ परेमात्र उनको यती बिभत्स ढंगले हत्या हुनुको रहस्य खुल्ने छ’उनले भने । हत्यामा संलग्नको पहिचान भैसकेपनि भारत तिर भागेकाले पक्राउ गर्न ढिलाई भएको र छिटोभन्दा छिटो उनीहरुलाई प्रहरीले पक्राउ गर्ने उनले बताए । ५ जनाको नाममा मृतककी पत्नी र वुवाले किटानी उजुरी दिएको पनि उनले बताए । किटानी उजुरी दिइएका मध्य १ जना प्रहरीले पक्राउ गरेको छ । मृतककी पत्नीको मेसेन्जरमा अडियो रेकर्ड पठाउने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको हो । हत्यामा उनको संलग्नता रहे वा नरहेको बारेमा प्रहरी अनुसन्धान अझै निष्र्कषमा पुग्न सकेको छैन । उनले आफू बच्नका लागि अडियो रेकर्ड गरेर अर्जुनकी पत्नीलाई पठाएको प्रहरीलाई बयान दिएका छन् ।  

उनकी पत्नी धनादेवीको म्यासेन्जरमा एउटा अडियोको म्यासेज पठाइएको थियो । घाँटी अलग र शरिर अलग छ भनेर मनोजले फोन सम्वादका क्रममा भनेको अडियो रेकर्ड उनलाई पठाइएको थियो ।  

पुस २ गते साँझ घरबाटै अर्जनुलाई युवाहरुले घरवाटै लगेर गएका थिए । साँझबाट परिवारसँग सम्पर्कविहीन भएका अर्जुनको शनिबार दिउँसो साढे ३ बजेतिर नग्न अवस्थामा शरिर रुखमा बाँधिएको र टाउको भुइँमा फालिएको बिभत्स अवस्थामा शव फेला परेको थियो । युवकलाई नियन्त्रणमा लिएर नाङ्गो बनाई डोरीले रुखमा हात र घाँटी बाँधेर खुकुरी प्रहार गरी टाउको छिनालिएको घटनास्थलको प्रकृति देखिएको प्रहरी बताउँछ । अडियोमा ‘बक्स’ को कुरा उल्लेख भएकाले त्यो बक्स के थियो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्याको कारण हुन सक्ने ‘बक्स’ के हो भनेर प्रहरीले अनुसन्धान गरिरहेको र अहिले सम्म त्यो भनिएको बक्स के भनेर पत्ता लाग्न नसकेकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन । ‘लागु औषध, चोरी गरेर ल्याएको मोवाईहरु वा भारतवाट चोरी गरेर ल्याएको नगद तथा गरगहना के को बक्स थियो, जुन बिषयलाई लिएर यती बिभत्स ढंगले हत्या भयो अनुसन्धान भैरहेको छ, अझै खुृल्न सकेको छैन’उनले भने,‘हत्यामा संलग्न युवाहरु लागु औषध प्रयोगकर्ता पनि हुन ।’  

बिहान ३ बजेतिर हत्या गरिएको प्रहरीको भनाई छ । दिउसो साढे ३ बजेतिर घटनाको जानकारी पाएकोले त्यसको एक घण्टा अगावै उनीहरु सिमानाका बाट भारततिर भागिसकेको प्रहरी उपरिक्षक अधिकारीले बताए । अडियोमा बेंगलोर जान नेपालगंजको सिमा जोडिएको रुपैडिहा रहेको भनेको सुनिन्छ तर त्यो फोन गर्ने वेला हत्याराहरु कैलालीमै रहेको कल डिटेलवाट खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन । उनीहरु कैलालीको नाका भएर भारत फरार भएको उनले बताए । प्रहरीको ध्यान मोड्न आफूहरु रुपैडिहाबाट वंगलोर जान भनेर उनीहरुले भनेको बताइएको छ ।

प्रहरीले अहिले सम्म हत्यारा पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन् । भने हत्याको बिरोधमा प्रदर्शन गरेका छन । प्रहरी उपरिक्षक अधिकारी आईतवार टिकापुर पुगेर हत्यारा पक्राउ गर्ने बिश्वास दिलाउदै पिडत आफन्तलाई शव बुझ्न आग्रह गरेका छन । ‘हत्यामा संलग्नलाई छिटो भन्दा छिटो पक्राउ गरेर कारवाहीमा दायरमा ल्याउने छौं भनेर पिडित आफन्तलाई शव बुझ्न आग्रह गरेको छँु, सोमवार बिहान सम्म बुझ्नु हुने छ’उनले भने । पक्राउ परिनसकेकाले पहिचान भैसकेका हत्यामा संलग्न भएकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस