पोखरा–व्यक्तिले हडप्ने प्रयास गरेको पोखरा टुँडिखेलको ६३ रोपनी जग्गा जिल्ला अदालत कास्कीले सार्वजनिक ठहर गरिदिएको छ । मुख्य न्यायाधीश रामप्रसाद वलीको एकल इजलासले शुक्रबार यस्तो ठहर्याको हो। अरबैं मूल्य पर्ने र सार्वजनिक रुपमा भोगचलन हुँदै आएको टुँडिखेल स्थानीय गोपालभूषण पराजुलीले आफ्नो स्वामित्वमा पार्ने प्रयास गरेका थिए।
२०१० सालदेखि सार्वजनिक उक्त जग्गाको स्वामित्व गोपालको हुने फैसला सर्वाेच्च अदालतले २०६२ सालमा गरेको थियो। त्यसविरुद्ध स्थानीय नागरिक अगुवाहरुले जिल्ला अदालतमा २०६९ मंसिर १७ गते मुद्दा हालेका थिए।
सर्वाेच्चले २०६२ सालमा गोपालभूषण पराजुलीको एकल हक कायम गरी त्यहाँको बहाल भराइपाउनुपर्ने फैसला गरिदिएको थियो । त्यसकै आधारमा गोपालले पोखराको चल्तीको बजारको टुँडिखेलसमेत आफ्नो नाममा मालपोतमा दर्ता गर्न प्रयास गरेका थिए । त्यही प्रयास थाहा पाएपछि स्थानीयहरुले सर्वाेच्चको फैसला बदर माग गर्दै जिल्ला अदालत गुहारेका हुन् ।
मुलुकी ऐनको अदालती व्यवस्था ८६ अनुसार आफ्नोसमेत हक जाने गरी भएको फैसलाविरुद्ध मुद्दा दर्ता गर्न पाइन्छ । सार्वजनिक हक हुने जग्गा व्यक्तिको स्वामित्वमा पर्न जाँदा बाँकी नागरिकहरुको अधिकार गुमेको भन्दै नागरिक समाज पोखरा—१ का अगुवाहरुले मुद्दा हालेका थिए ।
विक्रम संवत १८७७ मा तत्कालीन राजाबाट रत्नाखर पराजुलीले बिर्तामा पाएको भए पनि ६३ रोपनी जमिन २०१० देखि सार्वजनिक नै रहेको भन्दा टुँडिखेल व्यक्तिको स्वामित्वको हुन नसक्ने ठहर न्यायाधीश वलीले गरेका हुन् । रत्नाखरका सन्तानहरुले पाएको पोखराको उत्तरी क्षेत्रका बिर्तामध्ये ६३ रोपनी तत्कालीन पोखरा अदालतले पनि २०१० सालमै सार्वजनिक बनाएको न्यायाधीशले आफ्नो फैसलामा उल्लेख गरेका छन् ।
कित्ता नम्बर ५९१ र ३३८ मा रहेको उक्त जग्गाको बाली कसले खाने भनेर रत्नाखरका सन्तानहरुबीच झगडा भएको थियो । त्यही झगडाका क्रममा परेको मुद्दामा तत्कालीन अदालतले मठमन्दिर र साधुसन्तको आश्रम रहने, हाटबजार लाग्ने, गाउँलेको सन्धिसर्पन हुने स्थान र टुँडिखेल हुने गरी विवाद टुंग्याएको थियो ।
माया गुरुङ नेतृत्वका स्थानीय नागरिक अगुवाहरुले गोपालभूषण पराजुली लगायत १८ जनाविरुद्ध मुद्दा हालेका थिए । तर गोपालबाहेकका प्रतिवादीहरुले भने जग्गा सार्वजनिक नै होस् भन्ने चाहेको जानकारी गुरुङले दिइन् । 'उहाँहरु त टुँडिखेल आफ्नोमात्रै होइन सबैको होस् भन्ने पक्षमा हुनुहुन्छ,' उनले भनिन्, 'तर पनि उही बाबुबाजेको सन्तान भएको र हकाधिकार खोज्नसक्ने भएकाले उहाँहरुविरुद्ध पनि मुद्दा हालेका थियौं ।' माया गुरुङसँगसँगै, जसबहादुर गुरुङ, कल्पना पराजुली, धर्मसिंह गुरुङ, काजीमान गुरुङ, हुमबहादुर रानाभाट, चन्द्रप्रसाद तामाङ, तारानाथ पौडेल, तिलबहादुर श्रेष्ठ, चक्रपाणि सुवेदी र भरतमान गुरुङले टुँडिखेलको जग्गा सार्वजनिक बनाउन मुद्दा हालेका थिए ।
उनीहरुले सर्वाेच्चको फैसला बदर माग गर्दै मुद्दा हालेको जानकारी कास्की अदालतका स्रेस्तेदार दीनबन्धु बरालले जानकारी दिए ।
यसअघि कास्की अदालतले गरेको मुचुल्का पनि उक्त जमिन सार्वजनिक नै रहेको जानकारी स्थानीय बासिन्दाले दिएका थिए । २०३२ सालको नापीले पनि उक्त जग्गाको धनीको नाम उल्लेख गरेको थिएन ।
कित्ता नम्बर ५९१ को जग्गामा २०१० सालमा क्रिस्चियन मिसनरीहरुले साइनिङ अस्पताल स्थापना गरेका थिए । त्यसको भाडा आफ्नो परिवारले उठाउँदै आएको आधारमा गोपालभूषणले अस्पतालले त्यतिखेर चर्चेको र सँगैको टुँडिखेल पनि आफ्नो स्वामित्वको भएको दाबी गरेका हुन् ।
टुँडिखेलको जग्गा व्यक्तिको नभई सार्वजनिक हुनुपर्छ भन्नेको पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ र अधिवक्ताद्वय ज्ञानेश्वर पराजुली एवं हरिप्रसाद सुवेदीले बहस गरेका थिए ।
सर्वाेच्चले २०६२ मा गोपालको पक्षमा फैसला भएपछि उनले घडेरीका रुपमा बेच्ने गरी प्लटिङ (डेभलपर्स) कम्पनीलाई ठेक्का लगाएका थिए । त्यो थाहा पाएपछि पोखराको नागरिक समाजका अगुवाद्वय टेकनाथ बराल र विश्वप्रकाश लामिछाने नेतृत्व टोलीले स्थानीय युवाहरुलाई जागृत गर्दै टुँडिखेलमा राष्ट्रिय झण्डासहितको स्तम्भ बनाएका थिए । २ सय वर्षभन्दा बढी समयदेखिको सार्वजनिक जमिन व्यक्तिको हुन नदिन स्थानीय नागरिक समाज र अन्य प्रतिवादीबाहेकका पराजुलीहरुले पहल कदमी गर्दा राष्ट्रको सम्पति व्यक्तिको हुन नपाएको लामिछानेले प्रतिक्रिया दिए ।