जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०८१/८२ को एक वर्षे अवधिमा ७ थान वैवाहिक अंगीकृत र ८ थान गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार आव २०८१/८२ को पुस, माघ र चैतमा २–२ तथा फागुनमा १ थान वैवाहिक अंगीकृत नागरिकता प्रदान भएको छ।
यस्तै साउनमा ३, पुसमा २ तथा माघ, बैशाख र असारमा १–१ थान गरी एक आर्थिक वर्षभरिमा कुल ८ थान गैर आवासीय नेपाली नागरिकता प्रदान भएको खड्काले जानकारी दिइन् ।
प्रशासन कार्यालयले आव २०८१/८२ भरीमा वंशजका आधारमा कुल ३ हजार ४ सय ८९ थान नागरिकता वितरण गरेको जनाएको छ । वंशजका आधारमा नागरिकता लिनेमा पुरुष भन्दा महिला बढी छन् । सहायक प्रजिअ खड्काका अनुसार वंशजका आधारमा १ हजार ७ सय ७८ जना महिला र १ हजार ७ सय ११ जना पुरुषले नागरिकता लिएका छन् । आव २०८१/८२ भरीमा कुल ३ हजार ५ सय ४ थान नागरिकता जारी भएको छ ।
नागरिकताको प्रतिलिपि लिनेमा भने महिला भन्दा पुरुष बढी छन् । सहायक प्रजिअ खड्काका अनुसार कुल २ हजार ६ सय १५ थान नागरिकता प्रतिलिपि जारी भएकोमा १ हजार ५ सय ६६ पुरुष र १ हजार ४९ जना महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् ।