चितवन- विकट भनेर चिनिँदै आएको जिल्लाको माडी क्षेत्रले भर्खरै नयाँ परिचय पाएको छ, नगरपालिकाका रूपमा। नयाँ परिचय पाए पनि यस क्षेत्रको विकटता भने उस्तै छ। पर्याप्त स्रोतसाधन र पूर्वाधारबिनै सरकारले नगरपालिका घोषणा गरेको हो। यहाँ सडक, सञ्चार र बिजुलीको विकटता उस्तै छ ।
सरकारी घोषणाले माडीका अगुवालाई उत्साहित बनाए पनि सर्वसाधारण भने बिनासुविधा करको चपेटामा मात्रै परिने आशंकाले बेखुसी छन्।
माडीमा पर्ने साबिकका चार गाविसमध्ये अयोध्यापुरीमा १० हजार ६ सय ९३, बघौडामा १० हजार ९ सय ५, गर्दीमा ९ हजार २ सय ४१ र कल्याणपुरमा ६ हजार ८ सय ३८ जनसंख्या छ। यस क्षेत्रमा तार टाँग्ने काम सकिए पनि बिजुली र ल्यान्डलाइन टेलिफोन छैन। भरतपुर–ठोरी २३ किमिबाहेक अरू कुनै सडक कालोपत्रे छैन। 'सरसर्ती हेर्दा नगरपालिका घोषणा गर्न हतार गरेजस्तो देखिन्छ,' साबिकको अयोध्यापुरी गाविसका पूर्वअध्यक्ष नारदमणि पौडेलले भने, 'घोषणा नै भइसकेपछि अब पूर्वाधार जुटाउनतिर लाग्नुको विकल्प छैन।'
कतिपय भने नगरपालिका घोषणा गर्न पूर्वाधार महŒवपूर्ण नरहेको बताउँछन्। '२०३५ सालमा नगरपालिका घोषित हुँदा भरतपुरको अवस्था माडीभन्दा पनि नाजुक थियो,' नेपाली कांग्रेस चितवनका जिल्ला कार्यसमिति सदस्य एवं माडी, बघौडाका बासिन्दा शोभाखर चापागाईंले भने। नगरपालिका घोषणापछि आफ्नो जग्गाको मूल्यांकन बढ्ने आस गर्नेहरू पनि थुप्रै छन्।
बघौडाको रमाइलो डाँडा निमाविका प्रधानाध्यापक ऋषिराम काफ्ले भने स्थानीयमा कर बढी तिर्नुपर्ने त्रास रहेको बताउँछन्। 'तर, घोषणा भइसकेपछि विकास पनि त्यही किसिमले पक्कै बढ्ला। करबारे सर्वसाधारणमा रहेका आशंका तत्काल निवारण हुनुपर्छ,' उनले भने।
बघौडाका बासिन्दा तथा चितवनका पूर्वसांसद तीर्थ भुसाल नगरपालिका घोषणापछि विकास रफ्तार बढ्नेमा विश्वस्त छन्। 'बिजुली दुई महिनाभित्रै बल्ने अवस्था छ। अरू विकासनिर्माणका काम पनि भइरहेकै छन्,' उनले भने।
बघौडा अस्पतालका अध्यक्ष तथा सोमेश्वर सामुदायिक वन समितिका अध्यक्ष देवीलाल पौडेल भने नगरपालिका उपयुक्त समयमा घोषणा भएको ठान्छन्। भन्छन्, '१५ शऒ्ढयाको अस्पताल छ। बैंक छन्, बजार छन्। सडक सञ्जाल छ। घोषणा उपयुक्त बेलामा भएको छ।' अब यस क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नुपर्ने उनले औंल्याए। नगरपालिका घोषणापछि माडीमा आउने सरकारी अनुदान पनि बढ्ने भएकाले समस्या नहुने स्थानीय अगुवाको भनाइ छ।
तथ्यांकले भने यस क्षेत्रमा आधारभूत आवश्यकताको अवस्था एकदमै नाजुक रहेको देखाउँछ। अयोध्यापुरीका १ हजार ५३ घरधुरी नछोपेको इनार र कुवाको पानी खान्छन्। बघौडाका १ हजार ४ सय ३३ र गर्दीका १ हजार ५ सय ७८ परिवार ट्युबवेल र पम्पको पानी खान्छन्। कल्याणपुरका ८२५ घरधुरीले नछोपेको इनार र कुवाको पानी खाने गरेको तथ्यांक छ।
खाना पकाउने इन्धनमा अयोध्यापुरीका २ हजार २ सय ३०, बघौडाका २ हजार ७४, गर्दीका १ हजार ७ सय ७० र कल्याणपुरका १ हजार १ सय ३० घरधुरी जंगलबाट दाउरा ल्याउन बाध्य छन्।
रेडियो, टिभी, केबुल टिभी, कम्प्युटर, इन्टरनेट, फोन, मोबाइल फोन, मोटर, मोटरसाइकल, साइकलजस्ता कुनै पनि साधन नभएका घर यस क्षेत्रमा ९ सय ४ वटा छन्। सोलार बत्तीको उपभोगमा चाहिँ माडी नमुना देखिएको छ।
नोट : माडीको मुख्य बजार बसन्तपुर बजारको फोटो पनि छ।