मानव बेचबिखनको जोखिममा परेका नौ जनालाई माइती नेपाल परामर्श तथा पुनर्स्थापना गृह इटहरीले इ-रिक्सा र सिलाई कटाई मेसिन प्रदान गरेको छ। जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाउन मंगलबार एक कार्यक्रम गरि माइती नेपालले इ–रिक्सा र सिलाई कटाई मेसिन प्रदान गरेको हो।
माइती नेपालले ३० औं समूह अन्तर्गत समाजमा गएर पुनर्स्थापित भई सहजै काम गरेर गरि खान सक्ने बनाउनका लागि इ-रिक्सा र सिलाई कटाई मेसिन प्रदान गरेको हो। माइती नेपाल इटहरी प्रमुख सुनिता कार्कीका अनुसार जोखिममा परेका र उद्धार गरिएकालाई छोटो अवधिको सीप सिकाएर समाजमा पुनर्स्थापना गर्ने गरेको छ।
महिला हकहितका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको माइती नेपालले समस्यामा परेका महिला लागि स्वरोजगारीमा जोड दिँदै आएको छ। इ-रिक्सा र सिलाई कटाई मेसिन वितरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइरालाले अब बेचबिखनको जोखिममा परेका र उद्धार गरेका चेलीबेटीलाई आत्मनिर्भर बनाउनुका साथै आत्मरक्षाका लागि मनोबल उच्च पार्ने कार्य गर्नुपर्नेमा जोड दिए। ‘जोखिममा परेका र उद्धार गरेकासँगै स्कुलमा अध्ययन गर्ने किशोरीलाई पनि आत्मरक्षाका कार्यक्रम अघि सार्नु उत्तम हुनेछ,’ उनले भने।
मानव बेचबिखन तथा ओसारपसार नेपालको ठूलो सामाजिक समस्या हो। विभिन्न प्रलोभन दिएर आकर्षक तलबको लोभ देखाइ विदेशमा लगेर फसाउने वा बेचबिखन गर्ने कामलाई मानव तस्करी भनिन्छ। पछिल्लो समय धार्मिक कार्य, विवाह गर्ने, रोजगारी लगाई दिने, सीमावर्ती बजारमा किनमेल गर्न लाने बाहनामा महिला तथा युवतीलाई बेचबिखन गर्ने गरेकाले सचेत हुनुपर्ने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए। चेलीबेटी तथा मानव बेचबिखन कार्य नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य गरेर अघि बढ्नुपर्ने इटहरी उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख सुशीला कार्कीले बताइन्।
विशेषगरी छोटो समयमा अपरिचित व्यक्तिलाई विश्वास गर्ने, सम्बन्ध जोड्ने, नियमित सम्पर्कमा बस्ने र राम्रो जागिर दिने, प्रेम तथा विवाह गर्ने बहानामा युवती तथा महिलालाई सीमा क्षेत्रबाट भारत लाने गरेको माइती नेपाल इटहरी शाखा प्रमुख कार्कीले बताइन्।
चेलीबेटी बेच्ने गिरोह नेपालमा सक्रिय रहेको हुँदा समाजमा हेपिएका, पिछडिएका, अशिक्षिक, घरेलु हिंसामा परेकालाई दलालमार्फत यौन क्रियाकलापमा तथा आपराधिक क्रियाकलापमा संलग्न गराउन, शारीरिक अङ्गहरु बिक्री गर्ने उद्देश्यले लग्ने गरेको पाइएको छ।