काठमाडौं- बुटवल फाइनान्स लिमिटेडको कार्यकारी अध्यक्ष हुँदा ३१ करोड अनियमितता गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका देवेन्द्रप्रसाद ध्वजू सोमबार बिहान पक्राउ परे। लामो प्रयासपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई ललितपुरको मानभवनमा पक्रेर महाराजगन्जस्थित ब्युरो कार्यालयमा ल्यायो। केहीबेरमै पुनरावेदन अदालत पाटनका एक कर्मचारी अदालतबाट जारी भएको पत्र बोकेर आए, जसमा उनलाई पक्राउ नगर्न आदेश दिइएको थियो।कार्यकारी अध्यक्षको रूपमा 'संस्थाको साधन र स्रोत दुरुपयोग गरी निक्षेपकर्ताको हितविपरीत कार्य गरेको' नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको पत्रअनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। जानकारस्रोतका अनुसार चार महिनाअगाडि ध्वजुले बैंकिङ कसुर गरेको ठहर गर्दै राष्ट्र बैंकको सञ्चालक समितिले उनीमाथि कारबाही गर्ने निर्णय गरेको थियो। उनको खाताको विवरणमा ठूलो परिमाणको आर्थिक कारोबार देखिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार कारबाही गर्न राष्ट्र बैंकले प्रहरीलाई पत्राचार गरेको थियो।
व्युरोले राष्ट्र बैंकको सोही पत्रका आधारमा चार महिनादेखि ध्वजुको खोजी गरे पनि उनी फेला परेका थिएनन्। सोमबार फेला परेका उनलाई पुनरावेदन अदालतको वाणिज्य इजलासमा पेस गरी न्यायिक हिरासतमा राखेपछि मात्रै अनुसन्धान प्रक्रिया अगाडि बढ्न सक्थ्यो। तर, सोही अदालतबाट ‘ध्वजुले अदालतमा दिएको निवेदनको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु' भन्ने व्यहोराको पत्र आएपछि व्युरोका अधिकारी अन्योलमा परे।
७३ करोड अपचलन गरेको अभियोगमा राष्ट्र बैंकबाट कारबाहीको निर्णय भएअनुसार व्युरोले खोजी गरेका व्यक्ति पक्राउ पर्नुअगाडि नै पुनरावेदन अदालतबाट ‘नपक्रन' आदेश आउँदा एक महिनादेखिको अनुसन्धान प्रक्रिया अन्योलमा परेको छ।
०००
७३ करोड ९२ लाख अनियमितता गरेको ठहर गर्दै राष्ट्र बैंक सञ्चालक समितिले कारबाही सिफारिस गरेका पिपल्स फाइनान्स लिमिटेडका अध्यक्ष छविलाल भुसाल पनि फेला परेका छैनन्। अनुसन्धानका लागि व्युरो प्रहरी उनको खोजीमै थियो। असोज १ गते अदालतले पक्राउ नगर्न पत्र पठाएपछि उनको खोजी रोकिएको छ।
जानकार स्रोतका अनुसार राष्ट्र बैंकको विवरणअनुसार भुसाल आफैंले कर्जा निकालेर उपभोग गरेको, नक्कली ऋणी बनाएर नयाँ कर्जा निकाली पुरानो कर्जा चुक्ता गरेको लगायत ६४ वटा कर्जा अपचलन गरेको ठहर गर्दै बैंकले बैंकिङ कसुरमा अनुसन्धान र कारबाही अगाडि बढाउन व्युरोमा पत्राचार गरेको थियो।
बैंकले उनले अपचलन गरेको रकमको बिगो नै ७३ करोड ९२ लाख कायम गरेको थियो। राष्ट्र बैंकको पत्रलगत्तै उनको खोजीमा प्रहरी टोली सक्रिय नहुँदै पाटन अदालतमा आफूलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गर्न खोजेकाले रोकी पाउँ भन्दै उनले दिएको निवेदनमा टेकेर अदालतले असोज १ गते उनलाई ‘पक्राउ नगर्न' आदेश दियो। उनको अनुसन्धान प्रक्रिया रोकियो।
भुसालको अनुसन्धान प्रक्रिया अवरुद्ध भएपछि प्रहरीको चुतुर्या इँले ध्वजुको अनुसन्धान प्रक्रिया भने रोकिएन। पक्राउलगत्तै अदालतबाट आएको पत्र व्युरोमा दर्ता भइसकेको थिएन।
सो पत्र दर्ता नहुँदै प्रहरी उनीमाथिको आरोपसहितको प्रारम्भिक अभियोग पत्र लिएर अदालत पुग्यो र हिरासतमा राख्न म्याद माग्यो। अदालतबाट पक्राउ नगर्न आदेश गए पनि सम्बन्धित कार्यालयले पत्र नबुझिसकेको आधारमा टेक्दै सोमबार ध्वजुलाई १० दिन हिरासतमा राख्ने अनुमति दिइएपछि प्रहरी प्रफुल्ल भएर कार्यालय फर्किए। ब्युरोले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया सुरु गरेको छ।
ध्वजुको पक्राउबारे व्युरोका प्रवक्ता पीताम्बर अधिकारीले जारी गरेको विज्ञप्तिमा 'विभिन्न व्यक्ति तथा कम्पनीको नाममा कर्जा प्रवाह गर्दा धितो राखिएको सम्पत्तिको अधिक मूल्यांकन गरेको, ऋणीको मिलोमतोमा कम्पनीको कोष र कर्जा दुरुपयोग गरेको, एकै समूहका व्यक्तिलाई अधिक ऋण प्रवाह गरी संस्थाको साधन र स्रोत दुरुपयोग गरी निक्षेपकर्ताको हितविपरीत कार्य गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको' उल्लेख छ।
'कार्यकारी अध्यक्षको पदको प्रभाव र आफ्ना नजिकका नातेदारको प्रभावका आधारमा अधिकार दुरुपयोग गरी खास प्रयोजनबिना कर्जा प्रदान गरी वित्तीय संस्थाको हित प्रतिकूल हुनेगरी ३२ करोड ४९ लाख ४९ हजार हानि–नोक्सानी पुर्यानएको अभियोगमा अनुसन्धान सुरु गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
ध्वजु बुटवल फाइनान्स लिमिटेडको कार्यकारी अध्यक्ष हुँदा ३२ करोड ४९ लाख रुपैयाँ अनियमितता गरेको राष्ट्र बैंकले ठहर गरेको थियो। हाल सो फाइनान्स अस्तित्वमा छैन। बुटवल, एल्पिक एभरेस्ट र सिएमबी फाइनान्स गाभिएर अहिले सिनर्जी फाइनान्स सञ्चालनमा छ।
राष्ट्र बैंकको विवरणअनुसार कर्जा समितिमा संयोजकसमेत रहेका ध्वजुले मधुसुदन सिलवाल समूहलाई गलत र झुटो वित्तीय विवरण पेस गर्दा छानबिन नगरी कर्जा प्रवाह गरेको, कृत्रिम व्यवसायलाई ऋण प्रवाह गरेको, गलत आम्दानीको विवरणलाई आधार बनाएर ऋण दिएको र नातेदारलाई अनधिकृत रुपमा ऋण दिएर वचतकर्ताको रकम जोखिममा पारेको निष्कर्ष निकालेको थियो।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०६९ अनुसार सञ्चालक समितिका अध्यक्ष सञ्चालक समितिबाहेक अन्य समिति र उपसमितिमा बस्न पाउँदैनन्। तर, ध्वजु प्रारम्भदेखि नै बैंकको कर्जा समितिको संयोजक थिए। प्रतिवेदनअनुसार कर्जा समितिमा उनले आफ्ना नातेदार राजेशकिरण श्रेष्ठलाई समेत राखेका थिए।
'समितिमा बहुमतको आधारमा ध्वजुले कर्जाको सिफारिस गरी कार्यसमितिमार्फत निर्णय गराउँदै आएको खुल्यो,' प्रतिवेदनमा उल्लेख छ, 'कर्जा समितिबाट सिफारिस भएका कर्जाहरू आफू र नजिकका नातेदार सञ्चालक रहेको सञ्चालक समितिमा पेस गरेर यर्थाथताको विश्लेषण नगरी कर्जाप्रवाह गरेको खुल्यो।'
प्रतिवेदन अनुसार २०६८ जेठ २९ देखि असार ५ गतेसम्म राष्ट्र बैंकले गरेको स्थलगत अनुगमनमा सो अवधिमा फाइनान्सले १४ करोड ९१ लाख कर्जा प्रवाह भएकोमा ध्वजुले विभिन्न व्यक्तिको नाममा सो रकम निकालेर आफैंले प्रयोग गरेको खुलेपछि बैंकले कारबाही अगाडि बढाएको थियो।
जानकार अधिकारीका अनुसार आपराधिक घटनामा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले खोजी गरेको व्यक्ति पक्राउबाट जोगिन अदालत पुग्दा यसअगाडि कानुनी प्रक्रियाबाहेक पक्राउ नगर्न आदेश आउने गर्थ्यो। पछिल्लो समय ठूला वित्तीय अपराधको अनुसन्धान प्रक्रिया प्रारम्भ नहुँदै पक्राउ नै नगर्न अदालतबाट आदेश आउने क्रम बढेको छ।
'पहिला गैरकानुनी रुपमा पक्राउ नगर्नु भन्ने आदेश आउँथ्यो,' एक जानकार प्रहरी अधिकारीले भने, 'पछिल्लो समय पक्राउ नै नगर्नु भन्ने आदेश आउँदा ठूला वित्तीय अपराधको अनुसन्धान प्रक्रिया नै प्रभावित भइरहेको छ।'