मेची राजमार्गमा रोकिएन सडक अतिक्रमण
२३ मंसिर २०७१
•
७ मिनेट पाठ
मेची राजमार्गमा रोकिएन सडक अतिक्रमण
इलाम- बढ्दो सवारी दुर्घटना रोक्न सरोकारवालाले देशैभर विभिन्न उपाय अपनाइरहँदा सडक अतिक्रमण गर्नेक्रम भने रोकिएको छैन। २ सय ८० किलोमिटर लामो मेची राजमार्गका डेढ दर्जनभन्दा धेरै स्थानमा जनसाधारणले जानी–जानी सडक अतिक्रमण गरेका छन्।  कतिपय स्थानमा बनाइएका पक्की संरचना हटाउनु साटो 'बनाउन पाउनुपर्ने' माग राख्दै सार्वजनिक सम्पत्तिमाथि अधिकार जमाउने काम भइरहेको छ। 
झापाको चारआलीदेखि ताप्लेजुङको फुङलिङ जोडिने मेची राजमार्ग दायाँ–बायाँका प्रायः सबैजसो बजार सडक अतिक्रमण गरी विस्तार भएका छन्। बुधबारे, कुटिडाँडा, हर्कटे, फिक्कल, तिनघरे, राजदुवाली, गोलाखर्क, चुरेघाँटी, बिव्ल्याँटे, पुवाखोला, नेपालटार, बाघखोर, राँके, पौवाभञ्ज्याङ, कान्छीदोकान, जोरसाल, जोरपोखरी, गोपेटार, कावेलीलगायतका बजारका दर्जनौं संरचना अतिक्रमण गरी बनाइएका छन्। 
सवारीसाधन सञ्चालनमा प्रत्यक्ष बाधक बनेका त्यस्ता संरचना हटाउन पूर्वाञ्चल डिभिजन सडक कार्यालयले गर्दै आएको प्रयास सफल भएको छैन। सडक मिचेर संरचना बनाएका जनसाधारण 'हट्न नमान्ने' पक्षमा छन् भने उनीहरुलाई संरक्षण गर्न केही राजनीतिक दलकै अगुवा सक्रिय छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न त्यस्ता संरचना हटाएर सडक फराकिलो पार्नुपर्ने यातायात व्यवसायीको पहिल्यैदेखिको माग छ। 
'दुर्घटनाको एउटा कारण सडक अतिक्रमण पनि मुख्य हो' पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बा भन्छन्, 'सडकको दाया“–बाया“ १५ मिटर छोड्नुपर्ने नियम उल्लंघन भएको छ, त्यसो गर्नु भनेको दुर्घटना निम्त्याउनु हो।' संघले यसै साता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीसमक्ष बुझाएको ज्ञापन पत्रमा 'अतिक्रमित घर टहरा तुरुन्तै भत्काई सात मिटरसम्म संरचना बनाउन नदिइनुपर्ने' माग गरेको छ। 
दुर्घटना रोक्न यातायात व्यवसायीको उक्त माग जायज देखिन्छ। किनभने, गत फागुन २६ गते सा“झ झापाबाट इलामतर्फ आउ“दै गरेको को १ ज १५५२ नम्बरको बोलेरो राजदुवालीमा ब्रेकफेल हु“दा अतिक्रमण गरी बनाइएको घुम्ती पसलमा ठोक्किएको थियो। पसलमै रहेका ५१ बर्षीया रनमाया थापा र उनकी २६ बर्षीया छोरी टिका गम्भीर घाइते भएका थिए। उपचारक्रममा आमा रनमायाको भोलिपल्टै धरानमा मृत्यु भएको थियो। 
सडकमै ट“साएर पसल थाप्दा र घर टहरा बनाउ“दा ढुक्कले सवारी चलाउन नपाइने चालकहरु बताउ“छन्। मेची राजमार्गमा लामो समयदेखि सवारी चलाउ“दै आएका पासाङ शेर्पा भन्छन्, 'चालकले जहिले पनि खाली ठाउ“ खोज्दै अघि बढ्नुपर्छ, तर अतिक्रमण भएका ठाउ“मा खाली ठाउ“ कम हुन्छ र दुर्घटना हुने डर हुन्छ।' मेची राजमार्गस“ग जोडिएका कतिपय बजारमा हाटसमेत लाग्ने हु“दा चालकलाई ढुक्कले गुड्न समस्या छ। 
'बे्रकफेल भएको गाडी हुत्ति“दै पार्किङमा राखेको मोटरसाइकलमा ठोक्कियो र घुम्ती लडाउ“दै माइखोलामा झर्यो ,' स्थानीय प्रकाश थापा सम्भि्कन्छन्, 'पुलको मुखमै बनाइएको घुम्तीमा बस्ने महिलाले दुर्घटनाका कारण ज्यान गुमाउनुपर्योा।' राजदुवालीमा सडकमै जोडिएका घुम्ती र खाटे पसल अझै देखिन्छन्। सुन्तला, खुर्सानी, अम्बा, स्याउ आदि बेच्न सडकमै पसल थाप्नेक्रम ग्रामीण बजारमा यत्रतत्र देख्न पाइन्छ। 
बढ्दो अतिक्रमण रोक्न पूर्वाञ्चल डिभिजन सडक कार्यालयले गर्दै आएका प्रयास प्रभावकारी हुन सकेका छैनन्। कार्यालयका इञ्जिनियर अनुजलाल कर्ण सडक दाया“–बाया“को १५ मिटर खाली गराउनुअघि नापी शाखा कार्यालयले जग्गा नापजा“च गर्ने सम्झौता कार्यान्वयन नभएको बताउ“छन्। उनी भन्छन्, 'मालपोत र नापी शाखाले तदारुकता नदेखाएसम्म हामी एक्लैले केही गर्न सक्दैनौं, उनीहरुस“ग राम्रो समन्वय भएको छैन।'
राज्यका नियम कानुन पालनामा सहयोगी बन्नुपर्ने राजनीतिक दलभित्रै सडक अतिक्रमण रोक्नेबारे मतभेद देखिन्छ। सरोकारवालाले अतिक्रमित घर टहरा हटाउन प्रक्रिया थाल्दा नेपाली कांग्रेस जिल्ला कार्य समितिले विरोध गरेको थियो। अतिक्रमित बजारवासीको मन जित्न कांग्रेसले '१५ को सट्टा ७ मिटर मात्रै लागू हुनुपर्ने' माग राख्दै सडक डिभिजन कार्यालयको कदमलाई विरोध गरेको थियो। यसप्रति अरु दल विरोधी छन्।
सडक किनारमा काठका गोलिया थुपारिनु अर्को जटिल समस्या छ। पहाडी वनजंगलबाट निकालिएका गोलिया तराईका स–मिल र भेनियर उद्योग लैजानुअघि ट्रक र ट्र्याक्टरमा लोड गर्न सडक किनारमा थुपार्ने पुरानो चलन यथावतै छ। यसबारे चौतर्फी गुनासो आएपछि राष्ट्रिय वन पैदावर व्यवसायी संघले 'सडक अतिक्रमण गरी गोलिया नराख्न' दिएको निर्देशन कार्यान्वयन भएको छैन। संघले पुनः त्यसो नगर्न भर्खरै अपिल गरेको छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस