साईन रेसुगां बैक जीतपुर शाखाका प्रमुख अनुराग पाण्डेको सवारी दुर्घटनामा मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको बाणगंगा नगरपालिका ४ दरखास्तमा उनको दुर्घटनामा मृत्यु भएको हो।
बाणगंगा नगरपालिका १ पिपराका पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार बससंग ठोक्कर खान पुगेको थियो। पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए।
कारमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन्। पाण्डे कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष समेत रहेका थिए। कारमा सवार घाइते अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ। उनीहरु दुवै जनाको अहिले बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटना मंगलबार राति १० बजेको आसपासमा भएको थियो।