काठमाडौं- न्युरोडस्थित ताम्राकार भवनअगाडि काठमाडौं महानगरपालिका असई बालकुमार कँडेल एक युवतीको स्कुटर झिक्ने अवस्थामा थिए। बुझ्दै जाँदा, ती महिलाले नसकेपछि साथ दिएको उनले स्विकारे। ती महिलालाई सोध्दा २० मिनेटअघि पार्किङ गरेको जवाफ आयो। '२० मिनेटअघि यहाँ एउटा काम परेर आयौं,' दुई महिलामध्ये एक युवतीले भनिन्, 'यति छिटो फर्कंदा पनि स्कुटर झिक्नै गाह्रो भो।'
सडकमै तीन लेन पार्किङ भइरहेको सो क्षेत्रमा पार्किङ भने एक लेनमात्र गर्ने भन्दै महानगरपालिकाले रेखांकित गरेको थियो। रेखा देख्न निकै मुस्किल छ। खै रेखा भन्दा उनले निहुरी पर्दै जवाफ दिए, 'यतै थियो।'
यो थियो काठमाडौंको मुटु मानिने न्युरोडको एक दृश्य। अहिले यहाँजस्तै अन्य क्षेत्रमा पनि यस्तै अवस्था आउने गरेको छ। महानगरपालिकाले थालेको 'अल्पकालीन निःशुल्क पार्किङ' ले भित्री सहरको पार्किङ एक वर्षदेखि नियन्त्रणबाहिर छ। चालकले जथाभाबी पार्किङ गरिदिँदा व्यवस्थापनको अभावमा भित्री सार्वजनिक गल्ली गन्जागोल देखिन्छन्।
प्युखा, न्युरोड, झोंछे, महाबौद्ध, जमल, भोटाहिटी, खिचापोखरी, संकटा, सुन्धारा, पिपलबोट, लगायत स्थान र पुराना चोकमा मोटरसाइकल पार्किङ गर्नेको होड नै चलेको छ। निश्चित दुरीसहित पार्किङ गर्ने भन्दै महानगरपालिकाले व्यवस्था गरे पनि अहिले ती दुरी रेखाबिना देखिन्छन्।
भित्री सहरका यी क्षेत्रसँगै पुस १ देखि नयाँबानेश्वर, कोटेश्वर, एयरपोर्ट, बौद्ध, चाबहिल, महाराजगन्ज, सामाखुसी, दरबारमार्ग, कमलादी, पुतलीसडक, नक्साल, कलंकी क्षेत्रमा पनि पार्किङ निःशुल्क छ।
यसको उचित व्यवस्थापन हुन नसक्दा सवारी धनी, होटल व्यवसायी, पैदलयात्री मर्कामा परेका छन् भने अत्यधिक सवारीका कारण केही मात्रामा खटिएका व्यवस्थापकले पनि भ्याउन सकेका छैनन्।
'होटलअगाडि बाइक पार्किङ गरेर चियाकफी पिउन छिर्नेहरु निस्कँदा आफ्नो बाइक कहाँ पुग्छ, थाहै हुँदैन,' झोंछेस्थित जेसी पेनी रेस्टुरेन्टका सञ्चालक वीरेन्द्र श्रेष्ठले भने, 'आफ्नो बाइक राख्न अन्यले घिसारेर अव्यवथित बनाइदिन्छन्।'
रोडमै पार्किङ हुँदा सडक जाम पनि खेप्नुपर्ने अवस्था आएको उनले सुनाए। 'कतिपय महिलाले पार्किङ गरेर रेस्टुरेन्टबाहिर निस्कँदा बाइक बीचभागबाट निकाल्न पनि सक्दैनन्,' उनले भने, 'यहीँका केटा (रेस्टुरेन्ट कर्मचारी) लगाएर निकाल्दिनुपर्छ।'
भित्री सहरका ऐतिहासिक चोकहरु पनि अहिले बाइक पार्किङको शिकार हुने गरेको स्थानीयको भनाइ छ। 'बाहिर पार्किङ हुँदा आफ्नो बाइक निकाल्ने ठाउँसमेत हुँदैन,' वसन्तपुर नजिकै ग्याच्छेःमुग गल्ली नजिकका श्याम मानन्धरले भने, 'मान्छे हिँडेर मन्दिर जाने ठाउँ पनि हुँदैन। त्यसमाथि कसको बाइक हो, थाहै हुँदैन।'
महानगरपालिकाले निःशुल्क बनाउने भनेर दुईचार दिन प्रहरी खटायो तर अहिले खासै प्रहरीले काम नगरेको उनले गुनासो गरे। 'बरु पैसा तिर्दा त मान्छेहरुको बाइक व्यवस्थित त हुन्थ्यो,' उनले भने, 'यो त तमासा जस्तै भयो। सवारी व्यवस्थित नै देखिँदैन।'
काठमाडौं दरबार परिसरका डबली आडमा पनि अहिले पार्किङ भएका छन्। उनका अनुसार साँझको समय दरबार क्षेत्रमा अत्यधिक पार्किङ हुने गरेको छ। 'विश्व सम्पदामा सूचीकृतको अवस्था त यस्तो छ, अन्य ठाउँको त गनिसाध्य छैन,' उनले भने, 'सम्पदा क्षेत्रभन्दा पनि पार्किङ क्षेत्र जस्तो भएको छ, काठमाडौं दरबार क्षेत्र।'
यसबाहेक पार्किङ व्यवस्थापनमा खटिने नगरप्रहरी पनि निकै न्यून देखिन्छन्। न्युरोड ताम्राकार भवनअगाडि भेटिएका नगर प्रहरी असई कँडेलले चाहेजस्तो जनशक्ति नपुगेको बताए। 'पहिले एउटै गल्लीमा ४/५ जनाको संख्यामा बस्थे,' उनले भने, 'अहिले त्यस्ते अवस्था छैन। एकछिन ध्यान नपुगे सवारी जाम भैहाल्छ।' निजी भवनमा पार्किङ शुल्क बढी हुँदा सडकमै पार्किङ बढेको उनले बताए।
महानगरपालिकाले २०६९ फागुन ७ गते ९ वटा क्षेत्रगत समूहमा सशुल्क पार्किङ ठेक्का खोलेको भन्दै केही पार्किङ व्यवसायीले नै सर्वोच्च अदालतमा मुद्दा हालिदिएका थिए। त्यसपछि अदालतले 'तत्काल लागु नगर' भन्दै अन्तरिम आदेश दिएपछि महानगरपालिकामा पार्किङमा व्यवसायीको पहँुच रह्यो। तर महानगरपालिकाले नयाँ टेन्डरमा जाने ढोका बन्द भएको र अत्यधिक कम रकममा सडकमै पार्किङ शुल्क असुलेको भन्दै मुद्दा फैसला नभएसम्म अल्पकालीन निःशुल्क पार्किङ लागु गरेको थियो।
महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलका अनुसार पार्किङमा नियमित अनुगमन हुन नसक्दा अव्यवस्थित हुनसक्ने उनले स्विकारे। 'मुद्दा अझै विचाराधीन अवस्थामा रहेका कारण तत्काल केही गर्न सक्ने अवस्था छैन,' उनले भने, 'मुद्दा कुर्नुबाहेकको विकल्पबारे पनि महानगरपालिकाले प्रयास थालिरहेको छ।' सवारीधनीलाई तोकिएको स्थानमा सवारी पार्क गर्ने बानी बसाल्न र अर्को व्यवस्था नहुँदासम्म न्यूनतम पूर्वाधार तयार गर्न पनि यस्तो व्यवस्था महानगरपालिकाले गरेको थियो।
पार्किङबाट वार्षिक करिब ५६ लाख राजस्व उठ्ने महानगरको तथ्यांक छ। २०५२ सालमा पहिलो पटक महानगरपालिकाले सशुल्क पार्किङ सुरु गरेको थियो।