इलाम- झन्डै डेढ महिनाअघि मकवानपुरको बसामाडीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारले किरिया खर्च र क्षतिपूर्ति रकम पाएका छैनन्। दस जनाको ज्यान जाने गरी कात्तिक १५ मा भएको दुर्घटनामा इलामका ६ विद्यार्थीसहित आठजनाको ज्यान गएको थियो। चालकको चरम लापरवाहीले भएको दुर्घटनालाई 'कसैले जिम्मेवारी नलिएको' र 'राज्यले सम्बोधन नगरेको' भन्दै पीडित आक्रोश पोखिरहेका छन्।
दुर्घटना गराउने चालकलाई चित्तबुझ्दो सजाय नसुनाइएको, बस सञ्चालकमाथि कारबाही नभएको, घाइतेको उपचारमा चासो नदिइएको र मृतकका परिवारलाई वास्ता नगरिएको पीडितको दुःखेसो छ। ज्यान गुमाउने आठैजनाका अभिभावकले स्थानीय प्रशासनमार्फत माथिल्लो निकायमा राखेका विभिन्न मागको सम्बोधन नभएको औंल्याउँदै पीडितले 'राज्य जवाफदेही नहुँदा मर्माहत भएको' गुनासो गरिरहेका छन्।
स्नातक अध्ययरत छोरी गुमाएका र अर्की छोरीको घाइते अवस्था सहेका इलाम नगरपालिका–४ का चक्र कार्कीले माग गरेको दुई लाख रुपैयाँबारे कुनै निकायले चित्तबुझ्दो जवाफ दिएको छैन। 'घाइतेको उपचार गर्न, मृतकको शव ल्याउन, अन्त्येष्टि गर्न र किरिया बार्न खर्च भएको रकमको बिल भरपाई बुझाए पनि एक रुपैयाँ पाइएको छैन,' कार्कीले बुधबार नागरिकलाई भने, 'सन्तान गुमाइसकेपछि पनि निरीह छौं।'
थोरै रकम माग गर्ने पीडितले पनि उस्तै अवस्था सहनुपरेको छ। दुर्घटनामा उच्च शिक्षा अध्ययनरत छोरो गुमाएका इलाम नगरपालिका–८ का माधव भट्टराईले 'शव ल्याएबापत खर्च भएको' २२ हजार रुपैयाँ माग गरे पनि नपाएको बताए। 'डेढ महिना बित्न लाग्दासमेत किरिया खर्च र क्षतिपूर्ति नदिइनु बिडम्बना हो,' उनले भने, 'दुर्घटनाका दोषीलाई चित्तबुझ्दो कारबाही त भएन भएन, राज्यले हामीलाई सान्त्वना पनि दिएन।'
घाइते समीरबाबु कट्टेलको उपचारमा हेरचाह गरिरहेकी दिदी सरला कट्टेलले भन्छिन्, 'हामी अझै चितवनकै मेडिकल कलेजमा उपचाररत छौं। दोषी र राज्य दुवैले पीडितलाई बेवास्ता गरेका छन्, यो चित्त नबुझ्ने कुरा हो।'
संगठित रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रालयस्तरमा राखेका माग सम्बोधन नगरिनुलाई पीडितले 'अल्मल्याउने खेल' भनेका छन्। दुर्घटनाको १५ दिनपछि कात्तिक ३० गते 'राहत, क्षतिपूर्ति, बिमा र कारबाही' बारे प्रशासनलाई बुझाएको ज्ञापनपत्रको सुनुवाइ नभएको उनीहरुको गुनासो छ। 'दुर्घटनापीडितलाई न्याय दिलाउन सरकार असक्षम देखिएको छ,' भट्टराई भन्छन्, 'यस्तो अवस्था आउनु नराम्रो कुरा हो।'
ज्ञापनपत्रमा सरकारको तर्फबाट राहत तथा क्षतिपूर्ति, बस सञ्चालकद्वारा घाइतेको उपचार, दुर्घटना गराउने बस सञ्चालकबाट क्षतिपूर्ति, दोषी चालकलाई कडा कारबाही र दुर्घटना न्यूनीकरण गर्न कानुन संशोधनलगायत माग राखिएको थियो। प्रधानमन्त्री कार्यालयमा समेत पठाएका ती मागको अहिलेसम्म सम्बोधन नहुँदा पीडितको गुनासो बढेको छ।
प्रशासन कार्यालयका अनुसार, पीडितका सबै माग माथिल्ला निकायमा तुरुन्तै पठाइए पनि कार्यान्वयन हुन सकेका छैनन्। मृतक आठमध्ये ६ जनाको परिवारका तर्फबाट मकवानपुर जिल्ला प्रशासन कार्यालयमा पनि कागजात पठाइएको कार्यालयका नायब सुब्बा केशर महतले बताए। 'पीडितको अवस्था र दुर्घटनाको प्रकृति बुझ्दा सबै माग जायज देखिन्छन्,' महत भन्छन्, 'किरिया खर्चसमेत नदिइनु साह्रै दुःखलाग्दो हो।'
दसैं–तिहार मनाएर इलामबाट राजधानी फर्किंदै गरेका झन्डै तीन दर्जन यात्रु बोकेको ना५ख ४८४१ नम्बरको 'मेट्रो डिलक्स' विराटनगरतर्फ आइरहेको ना४ख ५४४८ नम्बरको 'शुभश्री डिलक्स' सँग जुध्दा बसामाडीमा दुर्घटना भएको थियो। तनावमा रहेर मदिरा सेवन गरेका शुभश्री चालक राकेश तामाङको सनकका कारण दुर्घटना भएको थियो। चालक पक्राउ परे पनि सजाय सुनाइएको छैन।