माघ १ गतेलाई किरातीहरुले मान्दै आएकोयलम्बर सम्वतकाे नयाँ वर्षसुरुवात भएको दिनकोरुपमा मनाउने गरेका छन्। यसपाली माघ १ गते यलम्बर सम्वतकाे नयाँ बर्ष ५०८२ सुरु हुँदैछ। किराँत राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले यलम्बर सम्वत ५०८२ यलेदोङको अवसरमा सप्ताहव्यापीरुपमा विविध कार्यक्रमहरु आयोजना गरेर मनाउने भएको छ।
यायोक्खा सुनसरीले शुक्रबार बिहान धरान १० स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै यलम्बर सम्वत संरक्षण, सम्वद्र्धन र विकास गर्दै लैजाने उद्देश्यले विविध कार्यक्रम गर्ने जानकारी गराएको हो। यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले किरात राजा (हाङ) यलम्बरले सुरु गरेको मौलिक सम्बत्लाई संरक्षण गर्ने र सरकारबाट उक्त सम्बत्लाई मान्यता प्रदान गराउदै नेपालको राष्ट्र सम्बत्कोरुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
उनले भने,‘नेपालको इतिहासमा किरातीहरुले ३२ पुस्ता काठमाडाैंमा शासन गरेको पाइन्छ। पहिलो किराती राजा यलम्बर हुन्, उनले सुरु गरेको यो सम्बत् मौलिक हो, र यसलाई नेपाल सरकारबाट मान्यता दिएर स्थापित गराउने हाम्रो माग र उद्देश्य हो।’
यलम्बर सम्वत ५०८२ लाई स्वागत गर्ने क्रममा प्रचारात्मक कार्यक्रम अन्तर्गत पुष २१ गते थ्री अन थ्री महिला बास्केटवल प्रतियोगिता डिपो उच्च माविको बास्टेवल कोर्टमा आयोजना हुने प्रचार प्रसार उपसमितिका संयोजक विकास राईले जानकारी दिए। यस्तै, २३ गते यायोक्खा सुनसरी र नेपाल पत्रकार महासंघबीच धरान १५ स्थित बिग फुटसलमा फुटसल प्रतियोगिता हुनेछ।
यसैगरि, पुष २५ गतेदेखि २७ गतेसम्म सुनसरी भरिका किरात राईहरुको घर घरमा झण्डा राख्ने कार्यक्रम रहेको छ भने पुष २८ गतेदेखि माघ १ गतेसम्म साकेला साँस्कृतिक पार्क एवं सुनसरीका राईहरुको घरमा दीप प्रज्वलनको कार्यक्रम गरिने पनि यायोक्खा सुनसरीका सचिव नविन राईले जानकारी दिए।
यस्तै, पुष ३० गते धरानको भानुचोकमा यलम्बर साँझ ५०८२ आयोजना गरिने यायोक्खा सुनसरीले जनाएको छ। उक्त कार्यक्रममा चर्चित गायिका मेलिना राई, विल्सन विक्रम राई (तक्मे बुढा)को प्रस्तुती रहने पनि यायोक्खाको भनाई छ। कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई रहनेछन्।
यायोक्खाले माघ १ गते अर्थात माघे संक्रान्तिको अघिल्लो दिनलाई किराती नयाँ बर्षको आगमनको रुपमा यलम्बर साँझको आयोजना गरि मनाउने गरेको छ। राईहरुले यलम्बर सम्वत, लिम्बुहरुले यले तङ्वे, सुनुवार जातिले यले थोंचे र याक्खा जातिले यले सम्बत् भन्ने गर्छन्।