काठमाडौं— जंगलमा वार्षिक ५० हजार क्युविक फिट काठ कुहिरहेको छ, जबकि वार्षिक ३० करोड रुपैयाँ बराबरको करिब एक लाख क्युविक फिट कमसल काठ आयात हुन्छ। यही देखेर सरकारले चार वर्षअघि झन्डै १७ करोड रुपैयाँ खर्च गरेर 'वैज्ञानिक वन व्यवस्थापन पद्घति' सुरु गर्यो। स्वदेशका वनमा खेर गएका रुख काट्न र नयाँ बिरुवा हुर्काउन यो पद्घति अघि बढाइएको थियो। पूर्ण रूपले लागू भए यसबाट ९ देखि १२ करोड क्युविक काठ उत्पादन हुने र वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने अध्ययनले देखाएको छ।तर, व्यवस्थापिका संसदको वातावरण समितिले वनका बूढा र खराब रुख नकाट्न उर्दी जारी गरेपछि सरकारले धेरै अध्ययन र समय खर्चेर ल्याएको वन व्यवस्थापन पद्घतिमा एकाएक 'ब्रेक' लागेको छ।
समितिले यही मंसिर १५ गते कैलालीको बाह्रवन लगायत देशभरि वन व्यवस्थापनका नाममा भइरहेको कटान बन्द गर्न वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिएको हो । मन्त्रालयले मातहतका विभाग र कार्यालयलाई पत्राचार गरिसकेको छ।
वनविज्ञ डा. विनोद भट्ट भने समितिको निर्णयले वन फडानी र तस्करीलाई बढावा दिने बताउँछन् । 'यहाँ कागले कान लग्यो भनेर काग पछि दगुर्ने काम भएको छ,' उनले आइतबार भने, 'देशको स्रोत खेर फालेर परनिर्भर बनाउने निर्णय गरिएको छ।'
वैज्ञानिक वन व्यवस्थापनमा पा"च वर्षको अनुभव हासिल गरिसकेका प्राविधिक विजयराज सुवेदी पनि स्थानीय वन सदुपयोग नगरी करौडौंको काठ आयात गर्ने नीतिमा सहीछाप लगाउनु 'लाजमर्दो' भएको बताउँछन् । 'लामो समयको मेहनत र गृहकार्यबाट सुरु हुन लागेको वैज्ञानिक व्यवस्थापनलाई हचुवा भरमा रोक्ने काम भयो,' उनले भने, 'यो निर्णय राष्ट्रिय हितविपरीत छ ।'
समितिले भ्रमण टोलीले वैज्ञानिक व्यवस्थापन लागू भएको कैलालीमा मनपरी रुख काटिएको कारण देखाउँदै देशभर वन कटानीमा रोक लगाएको हो । 'हातको कुनै औंलामा चोट लाग्यो भने औंलाको उपचार गर्ने कि हातै काटेर फाल्ने ?' नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका अध्यक्ष कपिल अधिकारीले नागरिकस"ग भने, 'राष्ट्रिय समृद्धिलाई घात पार्ने निर्णय गरिएको छ ।'
उनले विदेशी काठ आयातकर्तास"गको मिलोमतोमा यस्तो निर्णय भएको हुनसक्ने आरोप लगाए । 'बर्सेनि हजारौं क्युविक काठ कुहिरहेको छ, हाम्रा नीतिनिर्माता यस्तो निर्णय गर्छन्,' अधिकारीले भने ।
उनका अनुसार आधा दर्जनभन्दा बढी मुलुकबाट काठका गोलिया र ठूल्ठुला चिरान काठ भित्रिरहेका छन् । अमेरिका, म्यानमार, नाइजेरिया, अस्टे«लिया, जर्मन, दक्षिण अफ्रिका लगायत मुलुकबाट काठ आयात भइरहेको छ । यीमध्ये म्यानमार र अमेरिकाबाट सल्लो प्रजातिभित्र पर्ने काठ आइरहेका छन् ।
प्राविधिक सुवेदी समितिले ठहर गरेको कारण मान्न तयार छैनन् । 'कैलालीमा वैज्ञानिक वन व्यवस्थापन पद्घतिअनुसार योजनाबद्घ तरिकाले काठ काटिएको छ,' उनले भने, 'बूढा र खराब रुख मात्र काटिएका छन् ।'
सुवेदीको अध्ययनले पनि सुदूर र मध्य नेपालमा खोटे सल्लो र तराईका वनका साल धोद्रो भइसकेको देखाएको छ । त्यसको बजार मूल्य लगभग शून्य छ । यतिमात्र होइन, ती रुखले हुर्किंदै गरेका अन्य बोटबिरुवालाई समेत अवरोध पु¥याइरहेको सुवेदी बताउँछन् ।
उनका अनुसार बजारमा छदेखि सात करोड क्युविक फिट काठको माग छ । राष्ट्रिय र निजी वनबाट गरेर करिब साढे दुई करोड क्युविक काठ मात्र उत्पादन भइरहेको छ । बा"की काठको बजार आयातीत काठले ओगटेको छ । 'यो पद्घति लागू भयो भने वनभित्र मात्र बर्सेनि ८२ हजार मानिस र बाहिर वार्षिक १२ लाख सर्वसाधारणले रोजगार पाउ"छन्,' आइतबार नेपाल वन प्राविधिक संघद्वारा आयोजित अन्तक्र्रियामा सुवेदीले भने ।
यो पद्घतिअनुसार कुनै पनि सामाजिक, आर्थिक र वातावरणीय पक्षको अध्ययन गरिन्छ । सुशासन र सहभागिता, फाइदा÷घाटा र यसको वातावरणीय महŒवको अध्ययनपछि वनलाई प्लटिङ गरेर काट्नुपर्ने रुख 'मार्किङ' गरिन्छ । यही आधारमा रुख कटान हुन्छ । रुख काट्ने मात्र नभई नया" बिरुवा लगाउने र प्राकृतिक रूपमै हुर्काएर अर्कोपटक काट्न तयार गरिने हुँदा यसलाई वन सम्वद्र्घन प्रणाली पनि भनिन्छ । नेपाल वन प्राविधिक संघका अध्यक्ष तथा प्राध्यापक डा. अभयकुमार दासले समितिले वनको दीगो विकास र राष्ट्रको समृद्घिमा समेत असर पर्ने गरी निर्णय गरिएको बताए ।
सरकारले यो पद्घति एकाएक ल्याएको होइन । चार वर्ष अघिदेखि नमूनाका रुपमा यो कार्यक्रम सुरु भएको हो । २०३३ को वन नीति, ०४५ को गुरुयोजना र ०५७ को तराई तथा भित्री मधेसको चक्लावन व्यवस्थापन नीति, ०४९ को वन ऐन र ०५४ को नियमावली तथा वन कार्ययोजनामा यो पद्घतिको आवश्यकता खुलाइएको छ । उल्लिखित ऐन, नियम, नीति र योजनामा टेकेर वन मन्त्रालयले २०६७÷६८ देखि रुपन्देहीबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरेको हो ।
कपिलवस्तु, रुपन्देही र मोरङका साझेदारी वनबाट यो कार्यक्रम लागू गरिएको छ । वन विभागले ९० हजार ५ सय ५४ हेक्टर वनमा यो पद्घति कार्यान्वयन गर्न योजना बनाइसकेको छ । यस अन्र्तगत ८० वर्षका सालका रुख, ४५ वर्षको सल्लो, ४० वर्षको सिसौ र २५ वर्षको खयरलाई बूढा रुखको श्रेणीमा राखिन्छ ।
'असी वर्ष पुगेको मान्छेलाई जति औषधि गरे पनि लामो समय बचाउन सक्दैनौं । रुख पनि त्यस्तै हो,' कार्यपत्र प्रस्तुतिका क्रममा सुवेदीले भने, 'एउटा उमेरमा पुगेपछि यो पनि रोग लागेर मक्किन्छ र खेर जान्छ । नेपालका वनका रुख पनि धेरै वर्षदेखि यसैगरी खेर गइरहेका छन् ।'
हाल जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन पेरुको राजधानी लिमा पुगेको वातावरण समितिका सभापति जनकराज चौधरीले केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा स्थलगत अध्ययनका क्रममा सबै किसिमका रुख काटिएको र त्यसले स्थानीय तहमा कुनै पनि रोजगार सिर्जना नभएकाले समिति यो निर्णयमा पुगेको बताएका थिए ।
'यो निर्देशन दीर्घकालीन होइन । व्यवस्थापनका लागि निर्देशिका तयार गरेर व्यवस्थित गर्न जरुरी छ । यसरी गइयो भने समिति आफ्नो निर्देशन फिर्ता लिन पनि तयार हुनसक्छ,' उनले भनेका थिए । यो निर्णयको साझेदारी वन उपभोक्ता महासंघ नेपाल (एकोफन) ले पनि विरोध गरेको छ ।