जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई लाख ५२ हजार नगदसहित भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनालाई पक्राउ गरेको छ। भेरी नगरपालिका–४ गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १३ जनालाई आइतबार विहान ३ बजेतिर पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार घर्तीसहित भेरी नगपालिका–४ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस भेरी नगरपालिकाका नगरसभापति शशी बुढा, वडा–सचिव प्रचण्डजंग शाह रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ का विकास विक, छेडागाड नगरपालिका–१३ का कर्ण खड्का, छेडागाड–५ का प्रकाशमान सिंह, भेरी नगरपालिका–८ का जीवन खत्री, वडा नं. ४ का सन्तोष श्रेष्ठ, निराजन भँडेल, विकास विसी, बालकृष्ण बुढाथोकीलगायत पक्राउ परेका छन्।
पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।