ट्रान्सफर्मर जल्दा घरमै लाग्ला करेन्ट
२९ मंसिर २०७१
•
८ मिनेट पाठ
ट्रान्सफर्मर जल्दा घरमै लाग्ला करेन्ट
काठमाडौं-घटना १ : २०७१ मंसिर २७ गते। रामेछाम, दोरम्बामा चट्याङ परी ११ हजार भोल्ट क्षमताको मुख्य प्रसारण लाइन चुँडेर वितरण लाइनमा जोडियो। उच्च भोल्टेजको बिजुली घरघरमा प्रवाह हुँदा तीन जनाको मृत्यु भयो, छ जना घाइते भए। त्यसै दिन कल्लेरी–३, धादिङमा सामुदायिक विद्युतीकरणबाट लगिएको लाइनमा हाइभोल्टेज बिजुली प्रवाह हुँदा १९ जना स्थानीय घाइते भए। सातको अवस्था चिन्ताजनक छ।घटना २ : २०७१ जेठ १५ गते। धादिङमा ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको काठको पोल हुरीले भाँच्चिदा खेतमा काम गरिरहेकी एक किशोरीको मृत्यु भयो, केही घाइते भए।
घटना ३ : २०७० असोज ७ गते। सिन्धुपाल्चोकको मानेश्वरमा ११ हजार भोल्ट प्रसारण लाइनको काठको पोल भाँचिएर वितरण लाइनमा जोडियो। घरघरमा यसले उच्च गतिको बिजुली प्रवाह हुँदा दुई जनाको मृत्यु भयो।
करेन्ट लागेर मृत्यु भएका र नेपाल विद्युत प्राधिकरणको जानकारीमा आएका केही घटना हुन् यी। वर्षभरि यस्ता घटनामा कतिको मृत्यु हुन्छ भन्ने सबै विवरण प्राधिकरणले राख्दैन। यस्तो मृत्युलाई प्राधिकरणले ‘भवितव्य' बताउने गरेको छ।
प्राधिकरणले दाबी गरेझैं यस्ता केही घटना भवितव्य नै भए पनि अधिकांश संस्थाकै कमजोरी र लापरबाहीले हुने गरेको प्राधिकरणकै कर्मचारी स्विकार्छन्। कतिपय दुर्घटना भने जनचेतनाको कमीले पनि हुने गरेका छन्।
‘ठूलो पानी पर्दा वा चट्याङ पर्दा ट्रान्सफर्मर जल्ने र तार चुँडिने गर्छ। यस्तो समयमा जडित मेनस्विच वा स्विचबोर्ड छुनु हुँदैन, करेन्ट लाग्छ,' प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले सोमबार नागरिकसँग भने।
रामेछापको दोरम्बामा आइतबार बिहान भएको घटना स्थानीय बासिन्दामा चेतनाको कमीले भएको पनि पाण्डेय बताउँछन्। ‘यस घटनामा स्थानीयले दोषी देखाए पनि प्राधिकरण दोषी छैन,' उनले सोमबार नागरिकसँग भने, ‘हावा–हुरी र पानी परेकाले ११ हजार भोल्ट लाइनमा चट्याङ परेर तार चुँडियो र त्यसैबाट घरघरमा उच्च भोल्टेजको बिजुली प्रवाह भयो।'
उनका अनुसार हावा–हुरी वा ठूलो पानी पर्दा बिजुलीका पोल ढल्न सक्छन्, चट्याङको दबाबले तार चुँडिन पनि सक्छ। यसले सर्वसाधारण दुर्घटनामा पर्ने गरेका छन्। दुर्घटनाबाट मानवीय क्षति नहोस् भनेर क्षेत्रीय तथा वितरण केन्द्रमार्फत वर्षको दुईपटक जनचेतना कार्यक्रम गर्ने गरिएको पाण्डेयले बताए।
पुराना पोल भाँचिएर र कमसल इन्सुलेटर (तार) चुँडेर हुने दुर्घटनामा भने प्राधिकरणले कमी ल्याउन सकेको छैन। ग्रामीण तथा पहाडी क्षेत्रमा अधिकांश पोल अभावले काठका पुराना पोलमार्फत विद्युतीकरण गरिएको छ। बर्खा बेला यस्ता पोल भाँचिएर दुर्घटना हुने गरेको केही इन्जिनियरले बताए। पोल अभावको विषय पटक–पटक केन्द्रलाई जानकारी गराउँदासमेत बेवास्ता हुने गरेको उनीहरूको गुनासो छ।
नांगो तारबाट हुकिङ गरेर बिजुली चोरी गर्दा, उच्च गतिको करेन्ट फालेर खोलामा माछा मार्दा वा प्राधिकरणले गर्ने विद्युतीकरणमा स्थानीय आफैं संलग्न हुँदा पनि करेन्ट लागेर हुने मृत्युका घटना दोहोरिने गरेको काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख रामेश्वरप्रसाद कलवारले बताए। 
‘कतिपय पहाडी क्षेत्रमा प्राधिकरणले तोकिएको समयमा पोल गाड्ने वा तार तान्ने काम गर्न सक्दैन,' उनले भने, ‘प्राधिकरणलाई जानकारी नै नदिइ स्थानीय आफैं यस्ता काममा संलग्न हुन्छन्।'
स्थानीयले गरेको काम गुणस्तरीय नहुँदा जुनकुनै समय दुर्घटना हुन सक्ने उनले प्रस्ट्याए। उनका अनुसार उच्च भोल्टेजको बिजुली प्रवाह हुँदा वा ट्रान्सफर्मरमा आगोको झिल्का निस्कँदा घरघरमा साविकभन्दा चर्को बत्ती बल्छ। यस्तो समय खाली हातले स्विचबोर्ड, भित्ता वा मिटरमा छुँदा करेन्ट लाग्छ र ज्यान जान सक्छ। यस्तो समय सबै सचेत हुनुपर्ने उनले बताए।
विद्युत ऐन, २०४९ अनुसार ११ हजार भोल्ट क्षमताको प्रसारण लाइनमुनि नौ/नौ मिटर जग्गा छोडेर घर निर्माण गर्नुपर्छ। अधिकांश स्थानीयले यो पालना गर्दैनन् र दुर्घटनाको सिकार बन्छन्। प्रसारण लाइनमुनि पर्ने गरी घर बनाउँदासमेत दुर्घटना हुने प्राधिकरण अधिकारी बताउँछन्। तोकिएको मापदण्ड पूरा गर्न सके वा दुर्घटनाबारे सचेत भए करेन्ट लागेर हुने मृत्यु वा मानवीय क्षतिमा कमी आउने कलवारले दाबी गरे।
प्राधिकरणले करेन्ट लागेर मृत्यु हुने घटनामा स्थानीयलाई बढी जिम्मेवार देखाएर पन्छिन भने मिल्दैन। ग्रामीण तथा पहाडी क्षेत्रमा गरिने विद्युतीकरण क्रममा पोल गाड्ने, तार तान्ने, घरघरमा वायरिङ गरेर मिटर राख्ने काममा ढिलाइ गर्न नहुने वितरण केन्द्रकै कर्मचारीको भनाइ छ। ‘स्थानीयको आफ्नै प्रयासमा हुने वायरिङ कम गुणस्तरको हुन्छ र यसबाट पनि दुर्घनटना हुन्छ,' प्रमुख कलवारले बताए।
ग्रामीण विद्युतीकरणको जिम्मा पाएका विद्युत सहकारी संस्थाले प्रभावकारी रूपमा विद्युतीकरण नगर्दा वा कमसल उपकरण जडान गर्दा पनि करेन्ट लागेर सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ।
आफ्नो कामको दायित्व कम गर्न यस्ता संस्थामा जिम्मेवारी पन्छाउने प्राधिकरणले उनीहरूले गर्ने कामको समयसमय अनुमगन गर्नुपर्ने सरोकारवाला बताउँछन्। ‘सर्वसारणलाई सचेत गराउने जिम्मा ती सहकारी संस्थाको पनि हो,' एक व्यसायीले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस