काठमाडौं-काठमाडौं महानगरपालिका वडा ३५ स्थित जडिबुटीमा मुहानको पानी त्यसै खेर गइरहेको छ। सरोकारवालालाई पटकपटक गुहार्दासमेत एक वर्षदेखि पानी संरक्षण र सञ्चय गर्न नसकिएको स्थानीयको गुनासो छ।स्थानीयका अनुसार सय वर्षभन्दा पुरानो कालीओपी ढुंगेधारालाई स्थानान्तरण गरेर तीनकुने–सूर्यविनायक सडक बने पनि उचित व्यवस्था नहुँदा पानीको सदुपयोग गर्न सकेको छैन। ‘सडक बन्ने भनेपछि यहाँको मूललाई व्यवस्थित हुन्छ कि भनेर आस गरेको त अहिलेसम्म केही भएन,' स्थानीय तथा बुद्धपूर्णिमा उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर कार्कीले भने, ‘सभासद, वडा र सडक विभागसम्म धाउँदासमेत केही भएन।'
अहिले स्थानान्तरण भएको क्षेत्रमा पानी भुइँमै बगेर खेर गइरहेको छ। कतिपयले कटौराले भरेर लगे पनि पानीको उचित प्रयोग हुन सकेको छैन। केही पर स्थानान्तरण भएको क्षेत्रमा बाहेक बीचमै पानी खेर गइरहेको स्थानीय दीपक सिलवालले जानकारी दिए। ‘खानेपानी जति अहिले देखिन्छ, त्यतिमात्र होइन कतिपय पानी भित्रै खेर गइरहेको छ,' उनले भने, ‘पुरानो अवस्थामा पुरानो कोटेश्वर गाविसका करिब ६ सय घरधुरीले यसको प्रयोग गर्थे।'
सडक विस्तार हुने भयो भनेर स्थानीय खुसी रहे पनि पानीको स्रोत खेर जाँदा अहिले ३५ वडाका नरेफाँट, जडिबुटी र त्रिदेवी मार्ग लगायतका बासिन्दालाई असर परेको उनले बताए। सोही क्षेत्रमा रहेको काठमाडौं उपत्यकाका खानेपानी लिमिटेड (केयुकेएल) को भूमिगत खानेपानीले दिएको सानो पाइपमा खानेपानी भर्न लामो समय लाइन लागेर स्थानीयले पानी लैजाने उनले बताए।
केयुकेएलले दिने पानी लिन रातिराति गट्ठाघर, कौशलटार, तीनकुने, सिनामंगलदेखि गाडी लिएर आउने गरेको उनले बताए। ‘यदि ढुंगेधाराको पानी भर्न लायक भए केयुकेएलको पानीमा खासै भर पर्नु पर्दैन,' उनले भने, ‘अझ मूलको पानी एकीकृत हुन नसक्दा पानी सानो छ।' सो क्षेत्रमा भाडामा बस्ने तथा घरवाला पनि पानीको जोहोका लागि दैनिक सो क्षेत्रमा जाने गरे पनि पानीको सदुपयोग नभएको उनले बताए।
‘बरु ट्याङ्की बनाएर पानीको व्यवस्था भए हुन्थ्यो,' समितिका उपाध्यक्ष कृष्ण खड्काले नागरिकसँग भने, ‘कतिपयले कटौराले गाग्रीमा पानी हालेर लाने गरे पनि प्रायजसो पानी खेर जाने गरेको छ।'
सडकमा रहेको नाली जाम हुँदा मुनि रहेको खानेपानीको मंगालबाट दुषित पानी छिर्ने गरेको पनि खड्काले बताए। ‘यत्रो सडकको कुनामा रहेको नालीमा फोहर जम्दा पानी आउँदाको भल सिधै सडकमा जाने गरेको र मंगालबाट खानेपानीको पाइपमा छिर्ने गरेको छ,' उनले भने, ‘त्यो खानेपानीलाई स्रोतदेखि नै विशेष व्यवस्था गरेर लान जरुरी भइसकेको छ।'
सरोकारवालाले ट्याङ्की बनाइदिए उपभोक्ता समितिले वितरण गर्न सक्ने उनीहरुको भनाइ छ। खानेपानीको हाहाकार रहेको सो क्षेत्रमा पानी सदुपयोग भए सर्वसाधारणलाई सहज हुने भन्दै उपभोक्ता समिति लागिरहेको खड्काले बताए। ‘कतै पानी नभएर सर्वसाधारण अस्वस्थ पानी पिउँछन्,' उनले भने, ‘तर यहाँ भने भएको पानी खेर गइरहेको छ।'