भत्किएको तीन दशकपछि पुर्ननिर्माण हुँदै रानीदरबार
२१ पौष २०७८
•
२ मिनेट पाठ
भत्किएको तीन दशकपछि पुर्ननिर्माण हुँदै रानीदरबार
भत्किएको झन्डै तीन दशकपछि सिन्धुलीगढीस्थित रानीदरबार बन्न थालेको छ। तत्कालिन विद्रोही समूह माओवादीले राज्यविरुद्ध आन्दोलन सुरु गरेसँगै सिन्धुलीगढीको संरक्षण हुन छाडेपछि दरबार भग्नावषेश भएको थियो।

२०५२ सालमा माओवादीले सिन्धुलीगढीबाटै आन्दोलन सुरु गरेसँगै त्यहाँ सुरक्षाकर्मी बस्न छाडेपछि रानीदरबार संरक्षणको अभावमा भग्नावशेष भएको हो। ऐतिहासिक सिन्धुलीगढीमा निर्माणाधीन रहेको रानीदरबार पुरानै शैलीमा निर्माण धमाधम भइरहेको छ। झन्डै ५० प्रतिशत दरबार निर्माणको कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ।

बागमती प्रदेशको पर्यटन विकास आयोजनाको चार करोड ३८ लाख ९९ हजार लागतमा निर्माण भइरहेको रानीदरबारको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। पर्यटन विकास आयोजना प्रमुख विष्णु भण्डारीका अनुसार आउँदो असार मसान्तसम्म निर्माणको काम सक्ने गरि ठेक्का लगाइएको हो।  

‘निर्माणको काम तिब्र गतिमा भइरहेको छ, समयमै काम सक्ने गरि निर्माण कम्पनी लागेको जानकारी आएको छ’, उनले भने, ‘यदि समयमा निर्माण नसकिए नियमअनुसार म्याद थप गर्ने प्रावधान हुन्छ।’  

२०७७ पुस २१ गते सम्झौता भएको उक्त सिन्धुलीगढीस्थित रानीदरबार पुर्ननिर्माण कार्य २०७९ जेठ १६ गते निर्माण सम्पन्न गर्ने गरि तुल्सी÷एरिया जेभीले निर्माणको जिम्मा पाएको हो। रानीदरबार पुरानै शैलिमा निर्माण भइरहेको यहाँको कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए। ‘पहिला जस्तो थियो दरबार उस्तै बन्ने देखिएको छ’, उनले भने, ‘दरबार निर्माणसँगै पर्यटकहरु बढ्ने निश्चित छ।’

२०४५ सालकै भूकम्पबाट भत्किएको रानीदरबार शसस्त्र द्वन्द्वसँगै तहसनहस भएको थियो। ‘द्वन्द्वको प्रभावमा परेको दरबारको संरक्षण नहुँदा पुराना डिजाइनमा बनेका इट्टा काठ समेत चोरी भइ दरबारको निशाना नै मेटिने अवस्थामा पुगिसकेको थियो’, एक स्थानियले भने, ‘पुन दरबार निर्माण भइरहँदा पुरानै झल्को सिन्धुलीगढीले दिन थालेको छ।’

दरबारमात्रै नभएर सिन्धुलीगढीमा ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय समेत निर्माण भइसकेकाले पर्यटकहरु दैनिक बढ्न थालेको कमलामाई नगरपालिकाले जनाएको छ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी अवलोकन भ्रमणका लागि आउने आन्तरकि तथा बाह्य पर्यटकहरु बढ्दै गएका छन्। पर्यटक प्रवेश शुल्कबाट  एकैदिन एकलाख १२ हजार रुपैयाँसम्म राजस्व संकलन हुने गरेको खत्रीको भनाइ छ।

सिन्धुलीगढीमा युद्ध संग्रालयको निर्माणभएसँगै अवलोकनका गर्न नेपालको राजधानी काठमाडौं, रामेछाप, दोलखा, काभ्रेका साथै पूर्वी नेपाल र मध्ये तराईका जिल्लाहरुबाट हजारौं पर्यटकहरु आइपुग्ने गरेका छन्।

नेपाली सेनाको करिब ८ करोड रुपैयाँको लागत सहयोगमा गत साउनमा युद्ध संग्रहालय निर्माण भएपछि  सिन्धुलीगढी अवलोकनका लागि आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ।
अर्को समाचार
गोर्खा वारियर : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा
१३ माघ २०८०
•
२ मिनेट पाठ
गोर्खा वारियर : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा
वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन्। अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन्। तर पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।

आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ। नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा रहेको चलचित्र निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताए।

‘मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु। सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन। यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु। तयारी त एक दशकअगाडिदेखिकै हो’, निर्देशक चाम्सले भने, ‘हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न संग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ। यो चलचित्रले हाम्रो वीरता देखाउनुका साथै विश्वमा नेपाली चलचित्रको महत्व दर्शाउने छ।’

चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एनड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली चलचित्रकर्मीका लागि गौरवको विषय रहेको निर्देशक चाम्सले बताए। ‘गोर्खालीका विषयमा चलचित्र बनेको भन्ने थाहा पाएपछि हामीले पाएको सम्मान र तारिफलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ’, उनले भने।  

अब नेपाली चलचित्रकर्मीले वीरता र इतिहासको कथालाई पर्दामा ल्याउन ढिलाइ गर्न नहुनेमा निर्देशक चाम्सले जोड दिए। यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैं पूर्वगोर्खा सैनिक हुन्। उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षासमेत लिए।

‘मैले युद्धका क्रममा भोगेका भोगाइ नै यसमा प्रस्तुत गरेको छु। चलचित्र हेरेका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु। पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ’, अभिनेता चाम्सले भने। चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्। –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस