ज्योतिष शिव सेवा केन्द्रका संस्थापकले महामानव हुँ भन्दै ठगी गरेको आरोप
२२ पौष २०७८
•
३ मिनेट पाठ
ज्योतिष शिव सेवा केन्द्रका संस्थापकले महामानव हुँ भन्दै ठगी गरेको आरोप
आफूहरु ठगी भएको भन्दै पत्रकार सम्मेलन गर्दै पीडितहरु। तस्बिर: नागरिक
आफूमा दैवी शक्ति भएको, महामानव र इश्वरको रुपलगयात उपमा दिएर सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोक रहेर टिकाप्रसाद विश्वकर्मा र उनको ज्योतिष शिव सेवा केन्द्रले सयौं सर्वसाधारण जनतालाई ठगी गरिरहेको उनकै पूर्व चेला एवं भक्तजनहरुले आरोप लगाएका छन्।




विभिन्न समस्या लिएर पुगेका सर्वसाधारणहरुलाई भक्त बनाउने, भक्तमा विभिन्न देवी देवता उतारि दिने, देवी देवताहरुसँग भेट गराउनेलगायत बहानामा ठगी गरिरहेको विश्वकर्माका पूर्व भक्तजनहरुले आरोप लगाएका हुन्। उनीहरुले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै विश्वकर्मा र सेवा केन्द्रको पदाधिकारीहरुले मिलेर सर्वसवाधारणहरुलाई भ्रममा पारि ठगी गरिरहेको बताएका हुन्। ठगीबारे प्रहरी र सुनसरीको जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिएको तर प्रभावमा परेर कारबाही नगरेको उनीहरुले गुनासो गरेका छन्।

धरान ८ का सिताराम मल्लले राती कोशी नदी लगेर विभिन्न देवी देवताहरु उत्पन्न गरेर देखाइ दिएको कारण शुरुमा आफू पनि भक्त भएको तर विगत ९ महिनादेखि भने शंका लागेर गोप्यरुपमा अनुसन्धान गर्दै जाँदा विश्वकर्माले आफ्नै भाइ, भतिजाहरु प्रयोग गरेको थाहा पाएपछि विश्वास गर्न छोडेको बताए। मल्लका अनुसार विश्वकर्माले आफू सृष्टीकर्ता, विश्व ब्रह्माण्ड हुँ भन्ने गरेको र आफ्ना नयाँ भक्त बनेकाहरुलाई कोशी नदीमा लगेर देवलोकबाट आएको विभिन्न भगवानहरुसँग भेट गराइदिने गरेका छन्।

तर, त्यसरी कोशी नदीबाट निस्कने विभिन्न भगवानहरु भने विश्वकर्माका आफन्त, उनीसँग मिलेका व्यक्तिहरुले पैसामा किनेका मानिसहरु भएको आफूहरुले पत्ता लगाएको पनि उनले बताए। ‘कोशीमा राती लैजान्थ्यो, चामल छर्किदिन्थ्यो। अगाडि नजानु भनेर टाढैबाट देखाउथ्यो, देवी देवताहरु निकाल्थ्यो। हामीलाई खुशी लाग्थ्यो,’ उनले भने,‘पछि थाहा भयो, ती सबै उसको भाइ, भतिजा, आफन्तहरु रहेछन्। हामीलाई देखाउन समय मिलाएर खोलामा पहिल्यै पठाएको हुँदो रहेछ।’

आफूलाई महामानव बताउने टिकाप्रसाद विश्वकर्मा।
आत्मा शुद्धि गर्न भनेर भक्तजनहरुलाई ५ हजार पैसा लिन थालेको र २०/३० हजार रुपैयाँसम्म पनि उठाएर ठगी रहेको पीडितहरुले बताएका छन्। विश्वकर्माले देवलोक घुम्न जाने भन्दै सुन, चाँदी र पैसा उठाएर ३ महिनासम्म पुर्ख्यौली घर भोजपुरमा गएर बसेको पनि आफूहरुले पत्ता लगाएको अर्का पीडित पटेल सिंहले जानकारी दिए। ‘देवी देवताको नाममा पैसा लुट्ने काम भइरहेको छ, देवलोकको लागि सुन र पैसा चढाउनुपर्ने भन्दै ठगी गरिरहेको छ,’ उनले भने, ‘हामीलाई खोलामा लगेर कृष्ण, ब्रह्मा, राम निकालेर देखाउँथ्यो तर मान्छे पहिल्यै तयार पारेको हुँदो रहेछ।’ श्रीमती विरामी भएपछि उपचार गर्न गएको तर श्रीमती अझैं निको नभएको उनले बताए।

अर्का पीडित शान्ति लामिछानेले आफू पनि विरामी भएर जाँदा आफ्नो शरीरमा सरस्वतीको बास छ भन्दै विश्वास दिलाएको बताइन्। राती कोशीमा लगेर मसानहरु देखाएको भन्दै उनले विश्वासमा परेर आमाको गरगहनासमेत बेचेर १ कट्ठा जग्गा पनि किनिदिएको बताइन्। ‘मेरो श्रीमानको मृत्यु नजिक आयो भनेर डर देखायो, र आयु गाँस्नु पर्छ भनेर सुन, चाँदी र पैसा माग्यो,’ उनले भनिन्,‘मैले पनि विश्वासमा दिए, र श्रीमानको आयु ७८ वर्षसम्मको गाँसिदिएको छ, तर पछि थाहा भयो ठगी गरेको रहेछ।’

अर्का पीडित धनबहादुर दियालीले सुन, पैसा नदिए शिवजी खुशी हुँदैन, तिमीहरु मर्छौं भनेर ठगी गरेको बताए। पीडितहरुका अनुसार देशका विभिन्न ठाउँका सर्वसाधारणहरुलाई अनेक भ्रममा पारेर उठाएको पैसा सामाजिक काममा नभै परिवारलाई घर, जग्गा खरिद गरेका छन्। यसरी ठगी गर्नेमा विश्वकर्मा एक्ला भने होइनन्। ज्यातिष शिव सेवा केन्द्रका पदाधिकारीहरु पनि रहेको पीडितहरुको भनाइ छ। ठगीबारे प्रहरीमा उजुरी दिएपनि प्रहरीले कारबाही नगरेको पीडितहरुले बताए। जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी लिएर जाँदा स्थानीय तहलाई नै छानबिन गर्न पठाएको पीडित मल्लले बताए।

यो विषयमा सम्पर्क गर्दा विश्वकर्माले फोन रिसिभ गरेनन्। केन्द्रका सचिव भपेन्द्र खतिवडाले भने विश्वकर्मालाई आफूहरुले इश्वरको रुपमा मानेको र कसैलाई ठगी नगरेको बताए। ‘उहाँलाई हामीले ईश्वरको रुपमा मानेका छौं, उहाँमा दैवीशक्ति छ, र इश्वरले गर्नसक्ने सबै काम गर्न सक्नुहुन्छ,’ खतिवडाले भने,‘उहाँलाई ठगी गर्‍यो भन्नेहरु नै ठग हुन्। जोश जाँगर भइरहँदासम्म हुँदैन, तर जब चित्त बुझ्दैन तब ठगी हुन्छ।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस