काठमाडौं– व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले तीन प्रमुख धार्मिक स्थलमा संकलन हुने चन्दा, दान तथा दक्षिणा जस्ता भेटीघाटी व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ।सोमबार लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोष र बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पदाधिकारीसँग छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। समितिका सभापति प्रभु साहले आर्थिक पक्षलाई चुस्तदुरुस्त राख्न सरकारलाई निर्देशित गरिएको जनाए।
‘यी क्षेत्रमा हुने आम्दानीको उपयोग गर्नका लागि कार्ययोजना निर्माण गर्नु जरुरी छ,' उनले भने, ‘यी धार्मिक क्षेत्र देशका महŒवपूर्ण पर्यटकीय क्षेत्र हुन्।'
यसबाहेक तीनै क्षेत्रमा काम गर्ने समितिहरु एकआपसमा बाझिएकाले यसको सुधार गर्न सरकारलाई निर्देशन दिएको छ, बैठकले। ‘यी क्षेत्रमा काम गर्ने विभिन्न समितिबीच काम गर्ने क्षेत्र सम्बन्धमा बाझिने देखिएको छ,' उनले भने, ‘त्यसैले सबैले समन्वयकारी ढंगले अगाडि बढ्ने वातावरण तयार गर्नुपर्छ।'
सोमबार बसेको समिति बैठकमा जनकपुर मन्दिरका नाममा रहेको सार्वजनिक जग्गा राजनीतिक दलकै कार्यकर्ताबाट हडप्ने काम पनि रोक्नुपर्ने परिषद अध्यक्ष रामकुमार शर्माले बताए। ‘जनकपुरलाई पनि विकास कोषका रुपमा विकास गर्नुपर्ने र यसको छुट्टै ऐन बनाउनुपर्छ।'
बैठकमा जनकपुर क्षेत्र विकासको कामलाई प्रभावकारी बनाउन बृहत्तर जनकपुर क्षेत्र विकास ऐनमा सुधार गर्नुपर्ने माग उठेको छ। बैठकले जनकपुर–अयोध्या जोड्ने जानकी सर्किट र लुम्बिनी–गया जोड्ने बौद्ध सर्किट जस्ता देशभित्र र बाहिर धार्मिक सर्किटहरु बनाउनुपर्ने निष्कर्ष निकालेको थियो।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव मोहनप्रसाद सापकोटाले समन्वय नहुँदा यस्ता समस्या आएको बताए। प्राकृतिकसहित धार्मिक पर्यटन विस्तारमा सरकार लागिरहेको उनले दाबी गरे। समितिका सदस्य राजन भट्टराईले तीनै राष्ट्रिय गौरवका आयोजना भएकाले दीर्घकालीन विकास निर्माणको योजना बनाउनुपर्ने बताए। त्यस्तै, सदस्य अभिषेकप्रताप शाहले धार्मिक क्षेत्रमा राम्रो शौचालयको व्यवस्थापन हुनुपर्ने बताए।
उनले भारतको तिरुपति बालाजीजस्तै पशुपतिनाथ मन्दिर क्षेत्रमा व्यवस्थित विकासको खाँचो रहेको बताए। ‘राजनीतिक नेताहरुले नै सार्वजनिक जग्गा हडप्न थालेको कुरा निन्दनीय छ,' सदस्य देवराज दाहालले बैठकमा भने, ‘समितिले यसबारे विशेष निर्देशन जारी गर्नुपर्छ। समयसीमा तोकेर अतिक्रमण रोक्न लगाउनुपर्छ।'
सदस्य पुष्कर आचार्यले लुम्बिनीमा व्यवस्थित होटल नरहेको बताए। ‘म जाँदा होटल कहाँ छ भनेर सोध्ने अवस्था आयो,' उनले भने, ‘त्यहाँ जाने धेरै नेपाली नै हुन्। हामीलाई यति दुःख छ भने विदेशीलाई के होला?'
जनकपुरको बृहत्तर विकास गर्न छुट्टै ऐनको खाँचो रहेको उनले बताए। ‘पशुपति क्षेत्र विकास कोषले मन्दिरको आम्दानी सार्वजनिक गर्न थालेपछि पनि सरकारसँग पैसा किन मागिरहेको छ?' उनले भने, ‘यत्तिका बजेट मन्दिरबाटै आम्दानी भएपछि विकासको काम थाल्नुपर्योि।'
कोषका सदस्यसचिव गोविन्द टण्डनले सरकारको स्वामित्वका लागि लगानी गर्नुपर्ने बताए। ‘सरकारी सम्पत्ति भएकाले यो जरुरी छ,' उनले भने, ‘सरकारले दिने अधिकतम रकम विकास निर्माणका लागि हो। भेटी पनि मन्दिर संरक्षणमा लगानी गर्ने तयारी भइरहेको छ।'